प्रदेश १ प्रदेशसभामा विविधता : परम्परागत पहिरनमा सजिएका महिला सांसद (फोटो फिचर)
सोमबार, ११ पुष, २०७९,
न्यूज विराट
विराटनगर । प्रदेश १ का नवनिर्वाचित चार जना प्रदेश सांसदहरूले आफ्नो जातीय तथा परम्परागत पहिरनमा सझिएर पद तथा गोपनीयताको शपथ लिएका छन् ।
एमालेकी सांसद मीना श्रेष्ठ, माओवादी केन्द्रकी सम्झना तामाङ्ग, पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनु लङ्वा लिम्बुले र जनता समाजवादी पार्टीकी सांसद निर्मला राई आफ्नो जातीय तथा परम्परागत पहिरनमा शपथ लिएकी हुन् ।
उनीहरूको जातिय पहिरनले सदनमा समावेशी र विविधता झल्किएको छ । सांसदहरूको आफ्नो जातीय पोसाकसहितको दृश्यले प्रदेश सभामा परिसरमा रौनक थियो । केही राष्ट्रिय पोसाक दौरा सुरुवाल त कोही आफ्नै जातीय भेषभूषा र संस्कृति झल्कने पहिरनमा सजिएका थिए ।
प्रदेशसभामा नवनिर्वाचित सदस्यहरूले पनि शपथ लिँदा बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मूलक हो भन्ने सत्यलाई पुष्टि गर्ने गरी आ–आफ्नै मौलिक पोसाकमा सजिएर आए । पोसाक मात्रै होइन हरेक सदस्यका हाउभाउ, बोलचाल र गतिविधिले प्रदेश सभा भवन परिसरका दृश्य रोचक देखिए ।
फरक फरक पार्टीबाट निर्वाचन जितेर आएको भए पनि प्रदेशसभा भवनभित्र प्रवेश गरेपछि नयाँ र पुरानाबीचको चिनजान गरेको माहौल झनै अर्थपूर्ण थियो । केही सांसद भने रमाइलो मान्दै बैठक कक्षदेखि प्रदेशसभा परिसरमा मै सेल्फी र फोटो खिच्न व्यस्त भए ।
प्रदेशका ६ जना प्रदेश सांसदले मातृभाषामा पद तथा गोपनीयताको शपथ लिए । मातृभाषामा शपथ लिनेहरूमा प्रदेश सांसदमा पाँचथर १(२) बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनुलङ्वा लिम्बुले मातृभाषा यक्थुङ÷ लिम्बु भाषामा शपथ लिएका छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) का पाचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ् १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बुले मातृभाषा यक्थुङ÷ लिम्बु भाषामा शपथ लिएका हुन् । कांग्रेसकी सुनिता गच्छदार चौधरीले थारू भाषामा शपथ लिएकी हुन् ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन् । उनीहरूलाई प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले प्रदेश सांसदहरूलाई शपथ ग्रहण गराए ।
जनकपुरधाम, १० वैशाख-लक डाउन सुरु भएको १ महिना पुगेपनि जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरण शुरु गरेको छैन । प्रदेश २ सरकारले उपलब्ध गराएको राहतबापतको रकमसमेत खर्च नगरेकोमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कडा आलोचना भइरहेको छ...
एजेन्सी, २३ माघ । भारतकी चर्चित गायिका लता मंगेशकरको निधन भएको छ । कोरोना संक्रमण भएपछि अस्पतालमा उपचाररत रहेकी लताको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनको ९२ वर्षको उमेरमा निधन भएको हो । सन् २००१...
भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीको नयाँ मदिरा बेचबिखन सम्बन्धी नीतिमा चलखेल गरेकाे आराेप लगाउँदै मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो । ईडीको टोली बिहीबार साँझ ७...
विराटनगर । नेपाल नर्सिङ संघ मोरङले सोमबार अन्तर्राष्ट्रिय नर्सिङ दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। विराटनगरमा सोमबार विविद्य कार्यक्रम आयोजना गरी नर्सिङ दिवस मनाएको हो ।कोशी अस्पतालबाट सुरु भएको प्रभातफेरीले सिडिओ अफिस चोक, गोल्छा चोक,...
विराटनगर, १ जेठ । प्रदेश १ मा शनिबार ५९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका...
विराटनगर । चाडपर्व नजिकिदै जाँदा मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । चाडपर्व हुन सक्ने चोरी, लुटपाटलगायत विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेको हो । दसैँ, तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर...
काठमाडौं, ८ कात्तिक-जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाबको परीक्षणमा आफूहरुलाई कोरोना पोजिटिभ देखिएको भट्टराईले जानकारी दिए ।...
विराटनगर, १ भदौ-विराटनगर भन्सारमा कार्यरत ४ कर्मचारीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । ३० कर्मचारीमध्ये ४ जनालाई कोरोना संक्रमण भएको विराटनगर भन्सार...