नवनिर्वाचित प्रदेश १ सांसदले लिए शपथ

 न्यूज विराट
नवनिर्वाचित प्रदेश १ सांसदले लिए शपथ

विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले ९२ जना प्रदेश सांसदहरूलाई सोमबार शपथ ग्रहण गराएका हुन् ।

प्रदेश १ का ६ जना प्रदेश सांसदले मातृभाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डलले शपथ ग्रहण गराए ।

मातृभाषामा सपद लिनेहरूमा प्रदेश सांसदमा पाँचथर १(२) बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनुलङ्वा लिम्बुले मातृभाषा यक्थुङ÷ लिम्बु भाषामा शपथ लिएका छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) का पाचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ् १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बुले मातृभाषा यक्थुङ÷ लिम्बु भाषामा शपथ लिएका हुन् । कांग्रेसकी सुनिता गच्छदार चौधरीले थारू भाषामा शपथ लिएकी हुन् ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

गेटवेल अस्पतालमा ठुलो आन्द्राको सफल शल्यक्रिया

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको गेटवेल हस्पिटलमा एक जना बिरामीको ठुलो आन्द्राको सफल शल्यक्रिया भएको छ । सप्तरीको ३७ बर्सिया कौसलीया देवी चौधरीको गेटवेल अस्पतालमा सफल शल्यक्रिया भएको हो । पेट साह्रै दुखाइ भएपछि...

विराटनगरमा मिल्स भेट्रान्स फुटबलः मर्निङ भेट्रान्स क्वाटरफाइनलमा

विराटनगर/विराटनगर जुटमिलको खेलमैदानमा जारी नगर स्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगितामा मर्निङ भेट्रान्स क्लब क्वारटफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विहान भएको पहिलो खेलमा तालिम केन्द्र विराटनगरलाई ४–१ गोलले हराउँदै मनिङ भेट्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो...

विराटनगरमा फागुन २२ गतेदेखि महिला क्रिकेट हुने

विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो “इक्युवालिटि कप क्रिकेट २०२४” को आयोजना हुने भएको छ । आज विराटनगरमा आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।...

प्रदेश १ को बजेट अधिवेशन आजदेखि

विराटनगर, २४ जेठ । प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो २ बजेका लागि प्रदेशको बजेट अधिवेशन आह्वान गरिएको छ । सत्तारुढ नेकपा (एमाले) को असन्तुष्ट पक्षले असहयोग गर्ने आशंकाका बीच...

कोशीमा खसेको ट्रक एकदिनपछि निकालियो

विराटनगर । सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक एकदिनपछि निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो ।...

बेलबारी ९ नं. वडा कार्यालयले गर्यो जग्गादातालाई सम्मान

विराटनगर, १४ असार । बेलबारी नगरपालिका वार्ड नं ९ कार्यालयले वाडभरिका विभिन्न सङ्घ संस्थालाई जग्गा दान गर्ने जग्गादाताहरूलाई सम्मान गरेको छ । वडा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरेर उनीहरूलाई सम्मान गरेको हो । बेलबारी...

लडेर १ जनाको मृत्यु

संखुवासभामा लडेर १ जनाको मृत्यु भएको छ । जिल्लाको धर्मदेवी नगरपालिका-६ का ५१ वर्षीय जंगबहादुर जिमीको घरबाट लडेर मृत्यु भएको हो । जिमी मंलबार आफ्नै घर अगाडि ढुंगा निकाल्ने क्रममा चिप्लिएर लडेका थिए । जिमीलाई...

फेरि थपिए २ जना कोरोना भाइरस संक्रमित

काठमाडौं, ३ जेठ-२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका २ जना संक्रमितमा महोत्तरीका ५२ वर्षीष पुरुष र काभ्रेका २६ वर्षीय पुरुष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्