स्पार्क हस्पिटलको वार्षिकोत्सवमा रक्तदान र स्वास्थ्य शिविर, १ सय बढी विरामीले गरे परीक्षण

 न्यूज विराट
स्पार्क हस्पिटलको वार्षिकोत्सवमा रक्तदान र स्वास्थ्य शिविर, १ सय बढी विरामीले गरे परीक्षण

विराटनगर । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले सातौँ वार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान र स्वास्थ्य शविर आयोजना गरेको छ । हस्पिटल परिसरमा आइतबार स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

स्वास्थ्य शिविरमा १ सय भन्दा बढी विरामीले स्वास्थ्य जाँच गरेका थिए भने ३८ जनाले रक्तदान गरेको हस्पिटलका अध्यक्ष रुपेश अधिकारीले जानकारी दिए ।

स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा प्यारालाइसिस, हड्डी खिइएको, नशा च्यापिएको, बाथ, युरिक एसिड बढेर हुने दुः खाई, घुँडा जोर्नीहरू दुख्ने, गर्दन, ढाड एवं कम्मर दुख्ने, डिस्क प्रोल्याप्स, शरीर पोल्ने, झमझमाउने, लाटो हुने, मुख बाङ्गिएको, स्पोर्टस् इन्जुरी, हड्डी भाँचिएपछि चाहिने रिह्याबिलिटेशन र अन्य हाड जोर्नी तथा नशासम्बन्धी रोगहरू विरामीले उपचार गरेका थिए ।

शिविरमा आएका बिरामीलाई आवश्यक औषधी पनि निःशुल्क वितरण गरेको थियो । दुर्गम क्षेत्र तथा ६० वर्ष माथिका बिरामीलाई २५ प्रतिशत छुट, शिविरमा जाँच गरिएका बिरामीलाई उपचारमा २० प्रतिशत छुटको व्यवस्था र भर्ना गर्नु पर्ने बिरामीलाई बेड तथा उपचारमा ३० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

चार जना पत्रकार पुरस्कृत

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । सहकारीको बाह्रौ स्थापना दिवसको अवसर पारेर बुधबार विराटनगरमा पत्रकारहरू प्रमोद प्रधान, नवराज कट्टेल, सन्तोष सिग्देल र रञ्जिता पोखरेललाई पुरस्कृत गरिएको हो...

मोरङमा ४५ सहित प्रदेश मा ९५ संक्रमित थपिए

विराटनगर, १४ भदौ–प्रदेश १ मा आइतबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज...

नेकोस कोशी प्रदेशको अध्यक्षमा उद्योगी राठी

विराटनगर । नेकोस राष्ट्रिय आईटीए तेक्वान्दो संघ कोशी प्रदेशको अध्यक्षमा उद्योगी अरुण राठीलाई निर्विरोध निर्वाचित भएका छन् ।नाकोसको विराटनगरमा मंगलबार भएको प्रथम सम्मेलनले राठीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा सन्तोषकुमार...

प्रहरीको संरक्षणमा झापामा स्याउ तस्करी, ५७१ कार्टुन तस्करीको ‘फुजि स्याउ’ बरामद

विराटनगर । झापाको सीमावर्ती नाकाबाट प्रहरीको संरक्षणमा तस्करी हुने गरेको पाइएको छ ।सीमा क्षेत्रमा तैनाथ सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा दक्षिणी झापाको कचनकवल नाकाबाट चाइनिज स्याउ भारत तस्करी भइरहेको घटना बाहिर आएको हो । सशस्त्र...

सेनाको पृतना दिपायलबाट कैलाली सर्‍यो

कैलाली, ३० वैशाख-नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय डोटीको दिपायल राजपुरबाट कैलाली सरेको छ । वि.सं २०६० सालमा तत्कालिन सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा उक्त सेनाको पृतना स्थापना भएको थियो । स्थापना भएको १७ वर्षमा उक्त...

जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान...

‘सत्ता देश र जनताको सेवाको साधन हो, यो कुरा आत्मसाथ नगर्ने राजनीतिक ठग हुन्’

काठमाडौं, ५ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायाणकाजी श्रेष्ठले राज्यसत्तालाई सबै थोक ठान्नु अपराध हुने बताएका छन् । माओको विचारलाई उद्धृत गर्दै उनले सत्ता देश र जनताको सेवाको साधान रहेको...

विराटनगरमा २१ सहित प्रदेश १ मा ९७ जनामा कोरोना संक्रमण

विराटनगर, १ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना संक्रमण भएको छ । ५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्