दुर्घटना रोक्न सवारीसाधनमा ‘रिफ्लेक्टर’ टास्ने अभियान ट्राफिक प्रहरीको तिव्र
शुक्रबार, ०८ पुष, २०७९,
न्यूज विराट
विराटनगर । चिसो बढेर तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियान तिव्र बनाएर अगाडि बढाएको छ ।
पूर्वाञ्चल टिपर व्यवसायी संघ सँगको सहकार्य तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ तथा ट्राफिक प्रहरी पोष्ट पुष्पलाल चौकको बिशेष पहलमा जाडोको समयमा लाग्ने हुस्सुका कारण हुन सक्ने दुर्घटनामा कमि ल्याउनका लागि स्टिँकर टाँस गर्नुका साथै नम्बर प्लेट स्पष्ट नभएका सवारीसाधनमा नम्बर लेख्ने अभियान तिव्र बनाएको हो ।
सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले अभियान अन्तर्गत बिभिन्न सवारी साधनका चालकहरुलाई भेला पारी दुर्घटना न्यूनिकरणमा चालकले खेल्न सक्ने भूमिका, चालकले अपनाउनुपर्ने सावधानिको बारेमा मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले प्रशिक्षण पनि दिने गरेका छन् ।
यसअघि विराटनगर महानगरपालिकाको घिनाघाट, पुष्पलाल चोक, तीनैपैनी, पानीट्यांकी लगायतका स्थानमा सवारीसाधनमा ‘रिफ्लेक्टर’ लगाउन सुरु गरिएको थियो । दुर्घटना न्यूनीकरणका लागि ठेला, रिक्सा, सीटी सफारी, साइकल, ट्याक्टर, टिपरलगायतका सवारीसाधनमा ‘रिफ्लेक्टर’ लगाउन थालिएको विराटनगरस्थित ट्राफिक प्रहरी पोस्ट पुष्पलाल चोकका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असइ) तुलामणि आचार्यले जानकारी दिए । उनका अनुसार हुस्सु लागेका बेला र रातको समयमा टल्किने ‘रिफ्लेक्टर’ सवारीसाधनमा टाँस्ने अभियान तिव्र रुपमा अगाडि बढाएको जानकारी दिए ।
‘हुस्सु लागेका बेला र रातको समयमा दुर्घटनाको जोखिम धेरै हुन्छ,’ असइ आचार्यले भने, ‘टल्किएर परबाटै प्रष्टसँग देखिने हुनाले सवारीसाधनमा ‘रिफ्लेक्टर’ राख्दा दुर्घटना न्यूनीकरणमा मद्धत पुग्छ।’ दुर्घटना रोक्न मौसम अनुसार ट्राफिक प्रहरीले विभिन्न उपाय अवलम्बन गर्ने गरेको उनले बताए।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक कार्कीले हुस्सु लागेका बेला सवारीसाधन सञ्चालनमा सहजता ल्याउन चालकलाई आवश्यक प्रशिक्षण दिन थालिएको बताए। ‘गाडीमा ‘फग लाइट’को व्यवस्था गर्न तथा हुस्सु लागेका बेला उक्त लाइट बालेर मात्रै सवारीसाधन चलाउन चालकलाई आग्रह गर्ने गरिएको छ,’ उनले भने, ‘बाटो काट्दा ‘साइड लाइट’को प्रयोगदेखि ट्राफिक नियमको पालनामा विशेष जोड दिएर प्रशिक्षण दिने गरिएको छ।’ साथै सवारी चेकजाँच तीव्र बनाएर ‘वाइपर’को प्रयोगमा समेत जोड दिने गरिएको कार्कीले बताए।
विराटनगर, असार १२-नागरिकता ऐनलाई शंसोधन गर्न बनेको विधेयकविरुद्ध जनता समाजवादी पार्टी मोरङले प्रदर्शन गर्ने भएको छ । नेता मो. कादीर र राजकुमार यादवको अध्यक्षमा शुक्रबार विराटनगरमा बसेको जसपा मोरङको बैठकले संशोधन ऐन विरुद्ध प्रलर्शन गर्ने...
विराटनगर, २३ वैशाख-उदयपुरका कोरोना संक्रमितमध्ये ६ जना निको भएका छन् । विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराएका उनीहरूलाई ३ पटक परीक्षण गर्दा रिपोर्ट लगातार नेगेटिभ आएको अस्पतालले जनाएको छ । ५ चैतमा उदयपुरको...
विराटनगर । नेपाल प्रहरीले अन्तर्वार्तामा पास गराउने भन्दै रकम असुली गर्नेहरुबाट सावधान रहन अनुरोध गरेको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । २६ गते प्रहरी जवान पदको विज्ञापन भई...
काठमाडौं, २ जेठ-राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले २ वर्षको अवधिमा उत्साहावर्धक उपलब्धि हासिल गरेको दाबी गरेकी छन् । 'सरकार २ वर्षको छोटो अवधिकामा उत्सहावर्दध उपलब्धि हाँसिल गर्न सफल भएको छ' उनले...
सुनसरी, १२ असोज । सुनसरीको देवानगंज गाउँपालिकामा स्यालको आतंक बढेको छ । पछिल्लो समय स्यालको आक्रमणबाट दर्जनौँ व्यक्ति र घर पालुवा जनावर घाइते भएका छन् । पालिकाका विभिन्न स्थानमा एकासी स्यालले खेतमा काम गरिरहेका किसान,...
काठमाडौं, १६ भदौ-कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा ११ जनाको निधन भएको छ । २४ घण्टाको अवधिमा ४ वर्षीया बालिकासहित ११ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी...
एजेन्सी, २३ कात्तिक-अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनले पहिलो पटक देशबासीका नाममा सम्बोधन गरेका छन् । बाइडेले आइतबार देशबासीलाई सम्बोधन गर्दै आफूलाई विश्वास गरेर निर्वाचित गराएकोमा खुसी व्यक्त गर्दै आफू तोड्ने नभएर अमेरिकीलाई जोड्ने राष्ट्रपति...
काठमाडौं, ११ वैशाख-लकडाउन सुरु भएपछिको २९ दिनमा भारतबाट ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत ११ चैतदेखि १० वैशाखसम्म ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको...