प्याब्सन विराट कपको फाइनलमा मदरल्याण्ड र डनबस्को स्कुल भिड्ने

 न्यूज विराट
प्याब्सन विराट कपको फाइनलमा मदरल्याण्ड र डनबस्को स्कुल भिड्ने

विराटनगर । विराटनगरमा रहेको मदरल्याण्ड एकाडेमी र डनबस्को स्कुल दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विराटनगरस्थित सहिद मैदानमा बिहीबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीले सेन्टजोसेफ स्कुललाई २–१ गोलले पराजित गरी मदरल्याण्ड फाइनलमा पुगेको हो ।

मदरल्याण्डका रोहन खड्काले खेलको १६ औं मिनेटमा गोली गरी टिमलाई अग्रता दिलाए । उनले गोल गरेको ६ मिनेट बित्न नपाउँदै सेन्टजोसेफ स्कुलका निसद सिटौलाले २१ औं मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए । पहिलो हाफसम्म १÷१ गोलको बराबारी भयो । दोस्रो हाफदेखि दबावमा राखेको मदरल्याण्डले खेलको २८ औं मिनेटमा सन्दिप अधिकारीले डिबक्स भित्रबाट वान भर्सेस वानको प्रहार जाली चुम्यो । उनले गरेको गोलले मदरल्याण्डलाई फाइनलमा पु¥यायो । प्रतियोगिताको म्यान अफ द म्याच मदरल्याण्डका सन्दिप अधिकारी घोषित भए ।

सोही दिन भएको दोस्रो सेमिफाइनल खेलमा डनबस्को स्कुलले अर्पण स्कुललाई २–१ गोलले पराजित गरी डनबस्को स्कुल फाइनलमा पुगेको हो । सुरूवातदेखि डनबस्को स्कुलले एकपक्षीय खेल पस्कियो । खेल सुरू भएको २८ औं मिनेटमा डनबस्को स्कुलका प्रशान्त खड्काले गोल गरी टिमलाई अग्रता दिलाए । पहिलो हाफसम्म १–० गोलले अग्रता लिएको डनबस्को स्कुलका तनुज राजवंशीले ३५ औं मिनेटमा दोब्बर बनाएर टिमको फाइनल यात्रा सुरक्षित गरे ।

खेलको ५४ औं मिनेटमा अपर्ण स्कुलका सुयोज अर्याललले सान्तवना गोल फर्काए । खेलको म्यान अफ द म्याच डनबस्को प्रशान्त खड्का म्यान अफ द म्याच घोषित भएका छन् ।

प्रतियोगिताको शुक्रबार दिउँसो तीन बजे हुने फाइनलमा मदरल्याण्ड र डनबस्को स्कुलबिच उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । प्याब्सन विराटनगरले आयोजना सुरु भएको प्रतियोगिता पुस १ देखि संचालन भएको प्रतियोगितामा विराटनगरका निजी विद्यालयका २८ वटा विद्यालयले भाग लिएकोे खेल संयोजक संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

सम्बन्धित समाचार

थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटी भङ्ग, ३३ सदस्यीय तदर्थ समिति गठन

काठमाडौं, १३ साउन-सरकारले आर्थिक अनियमितता र निर्धारित समयमा अधिवेशन नगरेको सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीलाई भङ्ग गरी ३३ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावअनुसार सोमबार...

नेपालमा कोरोनाबाट थप १ संक्रमितको मृत्यु

काठमाडौं, २५ साउन-पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ संक्रमितको मृत्यु भएको छ । ​पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत १ कोरोना संक्रमितको गएराति ११ः३५  बजे पोखरा-१९ लामाचौरका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । पोखरा स्वास्थ्य...

कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गर्ने ३ विरुद्ध ‘अभद्र व्यवहार मुद्दा’

पोखरा, २२ असार-पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेको अभियोगमा पक्राउ परेका ३ जनालाई प्रहरीले ‘अभद्र व्यवहार’ कसुरमा मुद्दा चलाउने भएको छ । पोखराको मझुवामा शव व्यवस्थापनका क्रममा प्रहरीलाई आक्रमण गरी चेक पोस्टमा समेत तोडफोड...

सीमा नाका बन्द गर्ने निर्णय रोक्न सर्वोच्चद्वारा अस्वीकार

नेपाली नागरिकलाई समेत स्वदेश फर्कन नमिल्ने गरी सीमा नाका बन्द तथा अन्तर्राष्ट्रिय उडान रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको...

निषेधाज्ञाको अवधिमा कर नतिर्नेलाई जरिवाना नगर्न सर्वोच्चको आदेश

काठमाडौं, असार १ निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगर्नेर्लाइ जरिवाना असुल नगर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । बन्दाबन्दी पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण...

रुसले फेरी बनायो कोरोनाको अर्को खोप

मस्को, ७ भदौ–रुसले कोरोना भाइरसविरुद्ध पहिलो खोप विकास गरेको रुसले पुनः दोस्रो खोप पनि बनाएको दाबी गरेको छ । रुसको दोस्रो खोपको परीक्षण सेप्टेम्बरमा पूरा हुने बताइएको छ । यो खोपको नाम एपिभ्याककोरोना राखिएको छ...

कोरोना जितेर घर फर्किइन् ६ वर्षीया बालिका

काठमाडौं, २२ जेठ-महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड-१९ लाई पराजित गरेर छ वर्षकी १ बालिका बुधबार घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि ३० वैशाखमा अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना...

बझाङमा भालु आतंक, आक्रमणबाट एक महिला गम्भीर घाइते

बझाङ, पुस ७–जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । आज दिउँसो १ बजेतिर जयपृथ्वी नगरपालिकाको कोइरालीखेतमा ४० वर्षकी सितादेवी रोकाया गम्भीर घाइते भएकी हुन् । उनको बझाङ जिल्ला अस्पतालमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्