प्याब्सन विराट कप, डनबस्को र अर्पण स्कुल सेमिफाइनलमा

 न्यूज विराट

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा दुई वटा स्कुल सेमिफाइनलमा पुगेका छन् ।

प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न भएको क्वाटरफाइनल खेलमा डनबस्को र अर्पण स्कुल सेमिफाइनलमा पुगेको हो ।

पहिलो खेलमा डनबस्को स्कुलले मोर्डन एरा स्कुललाई १–० गोलले हराउँदै डनबस्को स्कुल सेमिफाइनलमा पुगेको छ । जितको लागि डनबस्को स्कुलका विधान भण्डारीले गरेको निर्णायक गोलले सेमिफाइनल यात्रा सुरक्षीत बनाएको हो ।

सोही दिन भएको दोस्रो खेलमा अर्पण स्कुलले पूर्वाञ्चल विद्या सदनलाई २–० गोलले पराजित गरी अपर्ण स्कुल सेमिफाइनलमा पुगेको हो । जितको लागि अर्पणका अविशेक मगर र पर्वत घिमिरले १÷१ गोल गरेका थिए ।

बिहीबारदेखि सेमिफाइनल खेलहरू सुरु हुनेछ । पहिलो खेल सेन्टजोसेफ र मदरल्याण्ड स्कुल बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल डनबस्को रअर्पण स्कुल बिच हुने खेल संयोजक संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

सम्बन्धित समाचार

सरकारको आग्रहमा आज बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित, २ फागुनमा बस्ने

काठमाडौं, २६ माघ । आज (बुधबार)का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालयका अनुसार बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २ फागुनसम्मका लागि स्थगित गरिएको हो । आजको बैठकका लागि संसद सचिवालयले सम्भावित...

आज देशभर ७ सय ६८ जनाले जिते कोरोना

काठमाडौं, १६ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस (कोभिड- १९) संक्रमणमुक्त ७ सय ६८ जना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विधिन्न संस्थागत...

रानी मिनी महोत्सवमा बुधबार भोजपुरी गायक सुमित पन्डितको प्रस्तुती

विराटनगर । विराटनगरमा जारी रानी मिनी महोत्सवमा भोजपुरी गायक सुमित पन्डितको धमकेदार प्रस्तुती हुने भएको छ । भोली बधुबार साझमा भोजपुरी गायक पन्डितको प्रस्तुती रहने विक्की भगतले जानकारी दिए । गायक पन्डितको चर्चित भोजपुरी गीतहरु...

फेरी बढ्यो पेट्रोलिम पदार्थको मूल्य, पेट्रोल अब १२५ रुपैयाँ प्रतिलिटर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल/मट्टितेल र हवाई ईन्धन (आन्तरिक उडान) को साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो । मृल्यवृद्धिसँगै काठमाडौंका लागि...

‘तोहर चर्चा ट्रेन्डिग मे गीत.. ’ को छाँयाकन सकियो, लक्ष्मि पुजाको दिन रिलिज

विराटनगर । विराटनगरका संञ्चारकर्मी नविन कर्णले रचना गरेको मैथीलि भाषाको तोहर चर्चा ट्रेन्डिग मे गीत.. को म्यूजिक भिडियोको छाँयाकन सकिएको छ । डान्सिङ गीतको म्यूजिक भिडियो बिहीबार छाँयाकन सकिएको हो । मैथिली अनलाइनको प्रस्तुतिमा निमार्ण...

राजपा र समाजवादीकाे संविधान संशोधन विधेयक संसदमा दर्ता

काठमाडाैं, १९ जेठ-राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । संविधान संशोधन विधेयक लिएर राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादवलगायत नेताहरू संसद सचिवालय सिंहदरबार पुगेका...

थप २७४ जनामा काेराेना संक्रमण पुष्टि, २२७ जना निकाे भए

काठमाडौं, १५ साउन-पछिल्लो २४ घण्टाको अवधिमा २ सय ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) काे संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा...

रथयात्रामा उछृंखल गतिविधि र पाकेटमारमा संलग्न भएको आरोपमा १२३ जना पक्राउ

विराटनगर । विराटनगरमा मंगलबार निस्किएको ं ९३ औं संस्करणको राधाकष्ण रथयात्रामा उछृंखल गतिविधि र चोरीमा संलग्न भएको आरोपमा प्रहरीले १२३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ११३ जना पुरुष र १० जना महिला रहेको मोरङ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्