राशिफल

सरकारको आग्रहमा आज बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित, २ फागुनमा बस्ने

 न्यूज विराट
सरकारको आग्रहमा आज बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित, २ फागुनमा बस्ने

काठमाडौं, २६ माघ । आज (बुधबार)का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालयका अनुसार बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २ फागुनसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको भए पनि कारणबस स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

सभामुख सापकोटाले बैठक स्थगनको सूचना जारी गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सापकोटालाई बैठक स्थगन गर्न आग्रह गरेका र सोहीबमोजिम बैठक स्थगित भएको बताइएको छ ।

यसअघि १६ माघका लागि बोलाइएको संसद बैठक पनि सूचना टाँस गरी स्थगित गरी २६ माघका लागि सारिएको थियो । तर, २६ माघका लागि बोलाइएको बैठक पनि २ फागुनसम्मका लागि स्थगित भएको हो ।

सत्ता गठबन्धनभित्रै अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबुल गर्ने कि नगर्ने भन्नेमा विवाद छ । सोही परिस्थितिमा बैठक स्थगित भएको हो ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...