विराटनगरमा खुल्दै १ करोड २५ लाखमा ‘ओएसिस लन्च एण्ड बार’, आम्दानीको १५ प्रतिशत सामाजिक काममा खचिर्ने
सोमबार, ०४ पुष, २०७९,
न्यूज विराट
विराटनगर । तीन दशकदेखि पर्यटन व्यवसायको क्षेत्रमा रहेका जितेन्द्र श्रेष्ठले विराटनगरमा ओएसिस लन्च एण्ड बार संचालनमा ल्याउने भएका छन् ।
विराटनगर महानगरपालिका – ५ भृकुटी चौकमा १ करोड २५ लाख रूपैयाँ लगानीमा ओएसिस लन्च एण्ड बार संचालनमा ल्याउने भएका हुन् ।
बारको औपचारी रूपमा उद्घाटन पुस ६ गते हुने भएको छ । एउटा छुट्टै स्वाद पस्किने उद्देश्यले ओएसिस लन्च एण्ड बार विराटनगरमा संचालनमा ल्याउने अन्तिम तयारी पुरा भएको संचालक श्रेष्ठले बताए । उनले यसअघि चितवनमा पनि होटल व्यवसायको क्षेत्रमा काम गरेको अनुभव रहेको छ । श्रेष्ठको लुम्बिनामा पनि लुम्विनी बुद्ध गार्डेन रहेको छ ।
‘विराटनगरमा छुट्टै स्तरीय परिवार खुवाउनु हरेक ग्राहकहरुलाई सन्तुष्ट पार्नु हाम्रो लक्ष्य हो र यसमा सफल पनि हुनेछौं । त्यसैले ग्राहकहरुवाट सकारात्मक प्रतिक्रिया पाएका छौं,’ संचालक श्रेष्ठले भने । बारमा कन्ट्रीनेटल खाना, ग्रिल चिकेन यहाँको विशेष परिकार रहेको बताइएको छ । यस बाहेक यहाँ अन्य थुप्रै परिकारहरू पाइन्छ । ओएसिस लन्च एण्ड बार दुई कठ्ठा क्षेत्रफलमा रहेको छ ।
बिक्री भएको १५ प्रतिशत समाजिक काममा ओएसिस लन्च एण्ड बारको उद्घाटन भएको दिन बिक्री भएको आम्दानीबाट १५ प्रतिशत सामाजिक काममा खर्चिने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत उद्घाटन गरेको दिन बिक्री भएको आम्दानीको १५ प्रतिशत खर्च सामाजिक कार्यमा खर्च गर्ने संचालक श्रेष्ठले बताए । १५ प्रतिशत खर्च विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा सहयोग गर्ने उनले बताए ।
विराटनगर । माओवादी केन्द्र कोशी प्रदेशको प्रदेश परिषद बैठकले १२ बुँदे समसामयिक प्रस्तावहरु पारित गरेको छ । फागुन ३ गते बसेको उक्त बैठकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणकार्यको बिरोधमा आन्दोलनरत पक्षलाई गोलिहानी घाइते बनाएको घटनाको...
देशभर आजकाे माैसम सामान्यदेखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । गण्डकी, कर्णाली...
विराटनगर । सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान तिव्र रुपमा अगाडी बढाएको छ । अभियानको क्रममा लापेसे गरी सवारी साधान चलाउने ९...
काठमाडौं, ५ साउन-कोभिडि–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । कोभिड–१९ सङ्कट...
विराटनगर । टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा विहिबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गको छ । टस जितेर पहिले...
विराटनगर, २ भदौ-प्रदेश १ मा मंगलबार १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जनामा कोरोना...
पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै हालसम्म ११...
विराटनगर, १७ असोज–विराटनगरकी कोरोना संक्रमित एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । विराटनगर–३ की ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्युु भएको हो । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज ११ गते...