सरस्वती स्कुलमा ५१ हजार १५५ रूपैयाँको अक्षयकोष स्थापना
आइतबार, ०३ पुष, २०७९,
न्यूज विराट
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा ५१ हजार १५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
स्थानीय ढाकाबहादुर पुरीले आफ्नो बुवा, आमा र छोरीको नाममा अक्षयकोष स्थापना गरिदिएका हुन् । कोषको नाम ‘चन्द्र, जोगमाया र संगीता पुरी’ अक्षयकोष रहेको छ । कोषमा राखेको रकमको ब्याजबाट आउने वार्षिक आम्दनीबाट सरस्वती स्कुलमा अध्ययत जेहन्दार विद्यार्थीलाई पुरस्कृत गरिने सरस्वती आधरभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराईलीले जानकारी दिए । कोषमा राख्ने रकम पुरीले एक कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानध्यापक चन्द्र मगर, व्यवस्थापन समितिका अध्यक्ष बराईलीलाई चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा कानेपोखरी गाउँपालिका ६ का वडाअध्यक्ष खड्ग बस्नेत, विद्यालयका शिक्षक र अभिभावकहरूको सहभागिता रहेको थियो । सरस्वती आधभूत विद्यालयमा यसअघि पनि समाजसेवा तथा अभिभावकहरूले अक्षयकोष स्थापना गरिदिएका छन् । उक्त कोषबाट प्रत्येक वर्ष जेहन्दार विद्यार्थीहरूलाई विद्यालयले पुरस्कृत गर्दै आएको छ ।
डडेल्धुरा, १९ वैशाख-कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि पोजिटिभ देखिएको छ । २८ दिनदेखि उपचार गराइरहेकी धनगढी उपमहानगरपालिका–५ की ३४ बर्षीया महिलाको छैठौँ पटकको थ्रोट स्वाब परीक्षणमा पनि...
विराटनगर, ३१ असार–लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई २ हजार ६ सय भिटिएम किट हस्तान्तरण गरेको छ । शंकास्पद व्यक्तिहरुको कोरोना परीक्षणका लागि आवस्यक पर्ने ‘भाईरस ट्रान्सपोर्ट मेडियम’ (भिटिएम) सामाजिक विकास मन्त्री...
नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले हालसालै ब्युँताइएको युथ फोर्सलाई जनताले राम्रो नठान्ने काम नगर्न निर्देशन दिएका छन् । शनिबार राजधानीमा आयोजित युथफोर्स भ्याली कमाण्डर घोषण कार्यक्रमलाई सम्बोधन गर्दै पाखरेलले युथफोर्स फरक परिवेशमा गठन भएको भए पनि...
काठमाडौं, १ जेठ-नेपालका पहिलो कोरोना भाइरस संक्रमित युवाको जिनेटिक सरकारी अनुमति बिना नै अनुसन्धानका लागि दिइएको भन्दै जनस्वास्थ्य प्रयोगशालाकी निर्देशकससहित ६ जनालाई स्पष्टीकरण सोधिएको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झा, इपिडिमियोलोजी...
विराटनगर । मोरङको धनपालथान गाउँपालिका २ धरमपुर पैठामा भएको आगलागीबाट पीडित परिवारहरुलाई नगद सहित राहत सामाग्री वितरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति मोरङको अध्यक्ष तथा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित मोरङका प्रहरी...
विराटनगर, २८ असोज—प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४४५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १९७, मोरङमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १÷१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत)को कार्यक्रम...
विराटनगर । रोटरी क्लब अफ मिडटाउन विराटनगरको २१ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित स्वागतम होटेलमा सोमबार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो । रोटरी क्लब अफ मीड टाउनको २१ औँ अध्यक्षमा...