जिल्ला बचत तथा ऋण सहकारीमा निर्वाचन, ६ सदस्य पदको लागि १४ जनाको उम्मेदवारी

 न्यूज विराट
जिल्ला बचत तथा ऋण  सहकारीमा निर्वाचन, ६ सदस्य पदको लागि १४ जनाको उम्मेदवारी

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको पदाधिकारी सर्वसम्मत रूपमा चयन भएपनि संचालक समितिको खुल्ला सदस्यहरूमा भने निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको हो ।

शनिबार निर्वाचन तोकिएको छ । कोषाअध्यक्ष, संचालक समितिका महिला सदस्य र संचालक समितिका खुल्ला सदस्यमा निर्वाचन हुने भएको हो ।

कोषाध्यक्षमा उमेश गुरूङ र ढकबहादुर थापाले उम्मेदवारी दिएका छन् । ६ सदस्य पदको लागि १४ जनाको उम्मेदवारी परेको छ । गणेश प्रसाद निरौला, गोपाल बारकोटी, मेघराज तिम्सिना, गोपाल कुमार घिमिरे, हरिप्रसाद कोइराला, अविनाश कुमार निधी, टंकबहादुर अधिकारी, सागर सुवेदी, पुष्पराज काफ्ले, शिवप्रसाद लामिछाने, दुर्गाप्रसाद पोखरेल, उमेश वस्ती, शिवलाल कटुवाल र प्रविणकुमार कार्कीले उम्मेदवारी दिएका छन् ।

यस्तै संचालक समिति महिला सदस्य पाँच जनाको लागि ६ जनाको उम्मेदवारी परेको छ । कृष्णमाया विष्ट, सावित्रा चापागाई, इन्दिरा भट्टराई, दिक्षा आचार्य, बालकुमारी लिम्बु र मीना कार्कीले उम्मेदवारी दिएका छन् ।
संघमा २ सय ६९ सहकारी आवद्ध रहेका छन् । उनीहरूका प्रतिनिधीले मतदान गर्न पाउनेछन् ।

जिल्ला सहकारीको अध्यक्षमा कोइराला निर्विरोध निर्वाचित
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको अध्यक्षमा प्रेमप्रकाश कोइराला निर्विरोध निर्वाचित भएका छन् । २९ औं वार्षिक साधरणसभाबाट कोइराला निर्विरोध निर्वाचित भएका हुन् । उनी सुनपकुवा स्वावलम्बी साकोस उर्लाबारीमा आवद्ध रहेका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा एकराज निरौला, महिला उपाध्यक्षमा सीतादेवी अधिकारी लामिछाने, सचिबमा जीवन बस्नेत, सहसचिबमा युवराज दाहाल, लेखा समिति संयोजकमा बीना राई, लेखा समिति सदस्यहरुमा खेमराज गौतम र हेमबहादुर श्रेष्ठ निर्विरोध निर्वाचति भएका छन् ।

सम्बन्धित समाचार

एभरेष्ट बैंकको २९ औं वार्षिकोत्सवमा मानव सेवा आश्रममा खाद्यान्य वितरण

विराटनगर । एभरेष्ट बैंकले विराटनगरस्थित मानव सेवा आश्रमलाई एक लाख मुल्य बरावरको खाद्यान्य वितरण गरेको छ । बैंकको २९ औं वार्षिक उत्सवको अवसर पारेर बिहीबार आश्रममा एक कार्यक्रम आयोजना गरी खाद्यन्य सामाग्री वितरण गरेको हो...

त्रिशूली सङ्लिएपछि

धादिङ, २ वैशाख-त्रिशूली सङ्लिएपछि नदीतर्फ मानिसको आकर्षण बढेको छ । कोभिड –१९ बाट बचाउन गरिएको बन्दाबन्दीपछि पर्यटकीय नदी त्रिशूली कञ्चन सङ्लो भएको छ । धमिलो भएर पर्यटक आउन छाडेको नदी नीलो देखिन थालेको छ ।...

शिक्षादीप कलेजका विद्यार्थीले उडाए ‘वाटर रकेट’, बुधबारबाट सुरू भयो ६ दिने कार्यशाला

विराटनगर । पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार हुँदा विराटनगरस्थित शिक्षादीप कलेजका ७ जना विद्यार्थीको अनुहारमा बेग्लै चमक देखियो । कक्षा १२ मा विज्ञान संकाय लिएर अध्ययन गर्दै आएका आयुष ठाकुर, रितेस...

एनसिडिए मोरङद्धारा शुभकामना आदान प्रदान कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसिडिए) मोरङले चाडपर्व लक्षित शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा बुधबार तिहार, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो...

‘कोभिसिल्ड’ खोप किन्‍न बाधा अड्काउ फुकाउन आदेश जारी

सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ २० लाख मात्रा किन्नका लागि प्रक्रिया अगाडि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार गत १५ माघ, २९ माघ र यही ४ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक...

दुवै अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस

बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले विवादित दुवै अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।८ वैशाखमा जारी गरेका दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश ल्याउने निर्णय मन्त्रिपरिषदले गरेको थियो ।...

विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट...

दल विभाजन अध्यादेश र नेकपा एस दर्ता बदर गर्ने रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरू

काठमाडौं, ८ असोज । राजनीतिक दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेश, त्यसका आधारमा निर्वाचन आयोगले संशोधन गरेको नियमावली र त्यसपछि दर्ता भएको नेकपा एकीकृत समाजवादी खारेजीको माग गर्दै परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरू भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्