विराटनगरमा १९४ सहकारीमध्ये २५ वटामात्रै नियमसंगत सञ्चालित, १६९ सहकारी झोलामा

 न्यूज विराट
विराटनगरमा १९४ सहकारीमध्ये २५ वटामात्रै नियमसंगत सञ्चालित, १६९ सहकारी झोलामा

विराटनगर । विराटनगर क्षेत्रभित्र सञ्चालित सहकारीलाई व्यवस्थित बनाउन महानगरले पहल सुरु गरेको छ ।
सहकारी संस्थाहरुले बचतकर्ताको रकम संकलन गरेर सम्पर्कविहीन हुने गुनासो बढ्न थालेपछि महानगरले सहकारीको अनुगमन र नियमन गरी व्यवस्थित गर्ने भएको छ ।
महानगरले मंगलबार महानगरभित्र सञ्चालित सहकारीको अवस्थाबारे छलफल आयोजना गरेको छ । छलफलमा मेयर नागेश कोइरालाले सहकारी संस्थाहरुका विषयमा कठोर हुन सम्बन्धित महाशाखा र शाखालाई निर्देशनसमेत दिए । “महानगरभित्र सञ्चालित सहकारीका विषयमा अब कठोर हुनैपर्छ । जहाँ दर्ता भए पनि आखिर महानगरवासीकै पैसा डुब्ने हो,” उनले भने । उनले जनताको पैसा डुब्न नदिन तत्काल अनुगमन र नियमन गर्ने बताए ।

महानगर क्षेत्रमा सञ्चालित १९४ सहकारीमध्ये ७ वटा मात्रै महानगरपालिकामा दर्ता छन् । अध्य सहकारी डिभिजन सहकारी कार्यालयमा दर्ता भएर सञ्चालनमा छन् । महानगर क्षेत्रमा सञ्चालित १९४ मध्ये ३६ वटा सहकारी अझै सम्पर्कविहीन छन् । उनीहरुको महानगरले खोजी सुरु गरेको छ । छलफलका क्रममा आर्थिक महाशाखा प्रमुख दीपक पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालनमा रहेका अन्य सहकारी पनि नियमसंगत सञ्चालन नभएको पाइएको जानकारी दिए । उनले अनुगमनका क्रममा २५ वटा सहकारी मात्रै नियमसंगत सञ्चालन भएको बताए । पौडेलले आर्थिक वर्ष २०७८÷०७९ मा ९१ सहकारी संस्थाले मात्रै साधारणसभाको विवरण र लेखापरीक्षण बुझाएको जानकारी दिए ।
सहकारीको अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्दै पौडेलले अधिकांश सहकारीले आन्तरिक कार्यविधि नबनाएको, बनाएकाले पनि सञ्चालक समितिबाट स्वीकृत नगराई लागू गरेको पाइएको बताए ।

छलफलमा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, महानगरका प्रवक्ता सन्तोष न्यौपानेलगायतले सहकारी शाखामा जनशक्ति थप गरेर भए पनि अनुगमन र नियमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । केही समय अघि महानगरपालिकाले सम्पर्कविहीन भएका सहकारीलाई हिसाबकिताबसहित सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो ।

सम्बन्धित समाचार

लक डाउन थप गर्न सिफारिस, अब निकै कडाई गरिने

काठमाडाैं, ४ जेठ-कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन बढाउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको छ आइतबार बसेको समितिकाे बैठकले ५ जेठपछि लकडाउनमा थप कडाइ गर्दै अवधि पनि थप गर्न सरकारलाई सिफारिस...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ मा

काठमाडौं, २५ वैशाख-सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते मात्रै प्रस्तुत गर्ने भएको छ । संसद् सचिवालयले  राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्ततु गर्ने सम्भावित कार्यसूची तय गेको छ...

पाँच दलीय समन्वय समितिको बैठक बस्दै

काठमाडौं, ६ माघ । स्थानीय तहको निर्वाचन मिति लगायतका विषयमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समितिको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बैठक बस्न लागेको हो...

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड पुगे बालुवाटार

काठमाडौं, २९ साउन-प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीच लामो समयको संवादहीनता अन्त्य गर्दै बालुवाटारमा भेट भएको...

विराटनगरको फ्रेन्स होटलमा रतुवामाइका ब्यापारीको शव भेटियो, छानविन गर्न परिवारको माग

विराटनगर । विराटनगर ९ स्थित फ्रेन्स कनर रेष्टुरेन्ट एण्ड लजमा मोरङ रतुवामाइ नगरपालिकाका एक जना ब्यापारी मृत भेटिएका छन् । रतुवामाइ नपा ५ लारिकट्टा घर भई रंगेली २ बेतौनामा होलसेलको किरना पसल गर्दै आएका वर्ष...

सुनसरी ३(२) बाट एमालेका रामदेव यादव विजयी

विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ (२)को प्रदेशसभामा नेकपा एमालेका रामदेव यादव विजयी भएका छन । उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन । रामदेवले १९ हजार ४७९ मत ल्याइ विजयी भएका छन भने...

तेस्रो संस्करणको मिल्स गोल्डकप फागुन २७ गतेबाट, बिजेतालाई २ लाख ११ हजार

विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।फागुन २७ देखि चैत ४ गतेसम्म विराटनगरस्थित जुट मिलको खेल मैदानमा मिल्स गोल्डकप हुने भएको हो । प्रतियोगिताको बिजेता र उपबिजेता हुने टिमलाई यसपटक...

कृषि उपजको सूचना प्रवाह गर्ने ‘कृषि मुल्य सूचना प्रणाली’ सञ्चालन

विराटनगर । कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । प्रमुख कृषि बजारहरुमा पाइने कृषि उपजहरुको सूचना प्रवाह गर्ने उद्देश्यले बुधबारदेखि उक्त सूचना प्रणाली संचालनमा ल्याएको हो । मूल्य सूचना प्रणाली सार्वजनिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्