इलेक्ट्रा इलेक्ट्रिक कम्पनीको नयाँ उत्पादन सार्वजनिक

 न्यूज विराट
इलेक्ट्रा इलेक्ट्रिक कम्पनीको नयाँ उत्पादन सार्वजनिक

विराटनगर । इलेक्ट्रा इलेक्ट्रिक कम्पनीले नयाँ उत्पादन सार्वजनिक गरेको छ । उक्त ब्राण्डका एम्बेस्डर सुरज सिहं ठकुरीले इलेक्ट्रा इलेक्ट्रिकको नयाँ उत्पादन सेलिजको उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै ठकुरीले सधै विश्व प्रख्यत ब्राण्डसँग आवद्ध हुन जसलाई पनि मन लाग्ने बताए । ‘जबसम्म पहिलो खुड्किलोमा कसैले साथ दिँदैन, त्यो ठूलो ब्राण्ड हुँदैन । मैले सुरुवती दिनहरुमा अग्रजहरुको त्यति साथ पाईन् । सानो तहबाट नै अगाडि बढ्नुपर्छ भन्ने सोचलेनै म यो इलेक्ट्रा इलेक्ट्रिक ब्राण्डमा आबद्ध भएको हो,’ उनले भने ।
ठकुरी कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोताका साथै अभिनेता पनि हुन् । उनी नाई न भन्नु ल ३ फिल्ममा अभिनय गरी चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए ।

ब्राण्डको आफ्नो गुणस्तरीयले गर्दा आगमी दिनमा राम्रो ब्राण्डको रुपमा परिचित हुने विस्वास समेत दिलाएका थिए । इलेक्ट्रा इलेक्ट्रिकको सबै उत्पादन गुणस्तरीय भएको कम्पनीले दाबी गरेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा फीन इलेक्ट्रोटेक २०२२को दशौं संस्करण बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । ५० भन्दा बढी स्टल रहेको यस मेलामा विभिन्न विद्युतीय उत्पादनको प्रदर्शनी भइरहेको छ ।

सम्बन्धित समाचार

प्रदेश सरकारले स्थापना गरेको ‘जन सुरक्षा कोष’ मा सहकारीको साढे ५ लाख योगदान

विराटनगर, चैत २६–विश्भर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा मोरङका विभिन्न सहकारी संघ÷संस्थाको तर्फबाट साढे ५ लाख रुपैयाँ योगदान गरिएको छ ।...

यस्तो बन्दैछ विराटनगर विमानस्थलमा २ अर्ब ४२ करोडमा नयाँ टर्मिल भवन

विराटनगर । झण्डै तीन अर्बको लगानीमा विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण सुरू भएको छ । टर्मिनल भवनको सोमबार पर्यटन मन्त्री सुदन किँरातीले शिलान्यास गरेसँगै निर्माणको प्रक्रिया सुरू भएको हो । उक्त टर्मिनल भवन भ्याटबाहेक...

बीएलएस र एसीयलएस’ तालिमको लागि न्यूरो र सेमाबीच सम्झौता

विराटनगर । ‘बीएलएस र एसीयलएस’ तालिमको लागि न्युरो हस्पिटल र सेन्टर फर इमर्जेन्सी मेडिकल एडभान्समेन्ट (सेमा) बीच सम्झौता भएको छ । आगमि दिनमा उक्त तालिमको लागि दुई पक्षबीच सहमति भएको हो । सेमा र न्यूरोबीच...

टीकापुरको न्यायिक समितिद्वारा विराटनगर महानगरको अवलोकन भ्रमण

विराटनगर । कैलालीको टीकापुर नगरपालिकाको न्यायिक समितिले विराटनगर महानगरपालिकाको न्यायिक समितिको अध्ययन अवलोकन भ्रमण गरेको छ । नगरपालिकाका उपमेयरसमेत रहेका न्यायिक समितिका संयोजक खडकबहादुर शाहको नेतृत्वमा आएको टोलीले महानगरको भ्रमण गरेको हो । टोलीलाई महानगरका...

विराटनगरमा ४९ सहित प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण

विराटनगर, ६ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण भएको छ । २९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको सामाजिक विकास...

महिलालाई आत्मनिर्भर बनाउन विराटनगरमा ब्यूटिसियन तालिम सुरू

विराटनगर । विराटनगर महानगरपालिका ४ मा ४५ दिने ब्यूटिपार्लर सम्बन्धी तालिम सुरू भएको छ । विराटनगर महानगरपालिकाको आर्थिक सहयोग र गंगा ब्युटी पार्लर जामुनगाछीको सहयोगमा विराटनगरमा मंगलबारबाट तालिम सुरु भएको हो । महिलाहरुलाई सिप सिकाएर...

टी–१० क्रिकेट प्रतियोगिता सुरु, पहिलो खेलमा विराटनगर प्यान्थर्सको विजयी सुरूवात

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर प्यान्थर्स क्रिकेट क्लब विजयी भएको छ । विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको वाइआरसीसी क्रिकेट क्लबलाई ६ रनले...

प्रदेश १ मा वडा तहसम्मै तालमेल गर्ने गठबन्धन दलमा सहमति

सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा प्रदेश १ का सवै स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । गठबन्धनका दलहरू प्रदेशका १३७ वटै पालिका र ती पालिकाका सवै वडामा चुनावी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्