विवाहित महिलाको लागि मिसेस कोशी, पुस २ गते पहिलो अडिसन
शनिबार, २४ मंसिर, २०७९,
न्यूज विराट
विराटनगर । विवाहित महिलाहरूलाई लक्षित गरि आयोजना गरिएको चौंथो संस्करणको मिमेस कोशी प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिताको पहिलो अडिसन पुस २ गते विराटनगरमा हुने भएको छ ।
यो प्रतियोगितामा विवाहित महिला, एकल र सम्बन्ध विच्छेद गरेका महिलाहरूले भाग लिन पाउनेछन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजना हुँदै आएको प्रतियोगितामा भाग लिनको लागि आवेदन पनि खुल्ला गरेको छ । प्रतियोगितामा सहभागिहरूको लागि अनलाइनदेखि प्रत्यक्ष भेटेर पनि आवेदन दिनसक्ने जय मिडिया म्यानिजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए । ‘यो हुन लागेको प्रतियोगिता चौथो संस्करणको हो,’ उनले भने, ‘मिसेस कोशी सभ्य र भव्य तरिकाले हुने गरेको छ । प्रतियोगिताको लागि हामीले आवेदन खुल्ला गराइसकेका छौं ।’
विभिन्न चरणको अडिसनबाट छनौट भएका प्रतियोगिहरूलाई फाइनलमा छनौट गरिनेछ । फाइनलमा छनौट भएकाहरूलाई आयोजकले विभिन्न क्षेत्रमा बिज्ञता हासिल गरेका प्रशिक्षकहरूबाट प्रशिक्षण दिने गरेको छ । तेस्रो संस्करणको मिसेस कोशीको उपाधि रेनुका लिम्बुले जितेकी थिइन् ।
विराटनगर, साउन ३२, प्रदेश १ मा एक दर्जन पत्रकार तथा सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । आइतबार थप एक पत्रकारमा पुष्टि भएसँगै संक्रमित पत्रकार तथा सञ्चारकर्मीको संख्या १२ पुगेको हो । अहिलेसम्म फ्रन्टलाईनमा रहेर रिपोर्टिङ...
विराटनगर । मोरङ जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको पोलस्टार स्कुल र रंगेलीको माउण्ट मकालु सेकेण्डरी स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मारङको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर आइतबार...
विराटनगर, १५ साउन । पूर्वाञ्चल सुरक्षा व्यवसायी संघ १ नम्बर प्रदेशको छैठौ अधिवेशनवाट सुरक्षा व्यवसायी एवंम समाजसेवी तिर्थराज घिमिरे सर्वसम्मत चयन भएका छन । शनिवार वेलवारीमा भएको सो अधिवेशनबाट ११ सदस्यीय चयन गरिएको छ ।...
चितवन, १ चैत-लकडाउनसँगै बजार नपाएपछि त्यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् ।लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । त्यहाँ...
काठमाडौं, १३ पुस-प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमबिरुद्ध एक्लै आन्दोलन गर्ने भएको छ । संसद विघटनको बिरोधमा काँग्रेसले सोमबार देशव्यापी प्रदर्शन गरेको थियो । सोही क्रममा भक्तपुरको प्रदर्शनलाई सम्बोधन गर्दै...
विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार र सुन्दरहरैचना नगरपालिकामा रहेको सुविजिमुर मेमोरियल स्कुललले जितेको छ । प्याब्सन मोरङले विराटनगरमा शनिबार आयोजना गरेको लोकनृत्य प्रतियोगिताको फाइनलमा रेडस्टारले जुनियरतर्फ र सुविजिमुरले सिनियरतर्फको...
जनकपुर, माघ २७–जनकपुरधाम उपमहानगरपालिकाको काम कारबाही करिब ३ महिनादेखि ठप्प छ । प्रदेश २ को अस्थायी राजधानीको उपमहानगरको आर्थिक कारोबार ठप्प हुँदा कर्मचारीहरूले कात्तिक महिनादेखिको तलब पाउन सकेका छैनन् भने पालिकाअन्तर्गतका शिक्षकहरू समेतले ३ महिनादेखि...
विराटनगर, बैशाख ९–मोरङको रतुवामाई नगरपालिका–५ मा वडा सदस्यकै आग्रहमा गोविन्दुर प्रहरी चौकीका इन्चार्जले एक व्यक्तिलाई निर्घात कुटपिट गरेका छन् । रतुवामाई नगरपालिका–५ स्थित रतिलाल टोलका ३६ वर्षिय टिकाप्रसाद चौलागाईलाई वडा सदस्य मोहनलाल दासकै अगाडी गोविन्दपुर...