अरनीको स्कुलाई बास्केटबलको उपाधि

 न्यूज विराट
अरनीको स्कुलाई बास्केटबलको उपाधि

विराटनगर । विद्यालय स्तरीय तेस्रो संस्करणको विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरमा रहेको अरनीको स्कुलले जितेको छ ।
विराटनगरमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा महिलातर्फ अरनीको स्कुलले उपाधि जितेको हो ।

विराटनगरमा रहेको पोखरीया स्कुललाई २–४ अङकले पराजित गर्दै अरनिको स्कुलले उपाधि जितेको छ । गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि अरनीको स्कुल अगाडी रहेको छ । प्रतियोगितामा अरनीको स्कुलका विद्यार्थी उत्कृष्ट खेलाडी समेत घोषित भइन् ।
यस्तै गरी पुरुषतर्फको विराटनगरमा रहेको बिकेभिएम स्कुलले उपाधि जितेको छ । सगरमाथा स्कुललाई ३७–२८ अंकले पराजित गर्दै बिकेभीएम स्कुलले उपाधि जितेको हो ।

विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी ८ वटा टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मुकेश यादवले बताए ।

विजेता हुने विद्यार्थीहरूलाई कार्यक्रमको प्रमुख अतिथि प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, विशिष्ट अतिथि नेपाली कांग्रेस विराटनगरका सभापती दिपक चापागाई र विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित समाचार

मोरङमा १५ सहित प्रदेश १ मा आज ८७ संक्रमित थपिए, संक्रमितको संख्या ३४५४ पुग्यो

विराटनगर, १६ भदौ–प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरंङमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा...

‘राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न सहकार्य आवश्यक’

विराटनगर । राजस्व चुहावट, अवैध तस्करीजस्ता कार्यलाई नियन्त्रण गरी वैध बाटोबाट आयात–निर्यात गर्ने कार्यलाई प्रोत्साहन गर्न सम्बद्ध सबै पक्षको सहयोग र सहकार्यको आवश्यक रहेको एक कार्यक्रममा सरोकारवालाहरूले बताएका छन् । विराटनगर भन्सार कार्यालयले ७१ औं...

भाेलिदेखि सपिङ मलहरू खाेल्दै व्यवसायी

काठमाडाैं, ३२ जेठ-१ असारदेखि काठमाडौंका सपिङ मलहरू खुल्ने भएका छन् । आरबी कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, शिभिल मल, वल्र्ड ट्रेड सेन्टरलगायतका मलहरू सञ्चालन गर्ने तयारी व्यवसायीले गरेका हुन् । लकडाउन लम्बिदै...

सांसदलाई पुग्यो कोरोना किट, जनताले अझै पाएनन्

काठमाडौं, २६ वैशाख-नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १ सय १ पुगेको छ । यो क्रम बढ्दो छ । सरकार कोरोना परीक्षणको दर बढाउनुको साटो झन् ढिलाइ गरिरहेको छ । कोरोना परीक्षणको किटको अभावका...

विराट राजाको दरबार उत्खनन्

विराटनगर, ८ माघ । मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन् भइरहेको छ । पुरातत्त्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिएअनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ । विराट...

‘स्वास्थ्यकर्मीको मनोबल उच्च बनाऔँ’ : सांसद

काठमाडौं, ११ असार-सांसदहरुले कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुव्र्यवहारलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरुले त्यस्ता गलत कामले रोग सङ्क्रमण बढ्ने र नकारात्मक सन्देश...

गैरनेपालीलाई नागरिकता सिफारिस गर्ने वडाध्यक्षमाथि छानबिन गर्न माग

भद्रपुर–आर्थिक चलखेल गरी १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको घटना प्रकरणमा संलग्न भएको आरोप लागेका वडा अध्यक्षमाथि निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसले जोडदार माग गरेको छ। जिल्ला प्रशासन कार्यालय झापाले १६ जना गैरनेपालीलाई नागरिता बनाइदिएको...

संवैधानिक परिषद्ले गरेन कुनै निर्णय

अध्यादेश जारीपछि मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक नियुक्तिबारे छलफल गरे पनि कुनै निर्णय भने गरेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न आयोगमा नियुक्तिबारे छलफल भएको थियो । आजको बैठकमा संवैधानिक नियुक्तिबारे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्