विराटनगर । मोरङको कटहरी गाउँपालिका १ नं. वडा कार्यालयको सुविधा सम्पन्न भवन निर्माण सुरू भएको छ । ७२ लाख २० हजार ३ सय ८६ रुपैया लागतमा निर्माण हुन लागेको भवनको शुक्रबार शिलान्यास भएको हो ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र कटहरी १ का वडाध्यक्ष हरिनारायण राजवंशीले भवनको शिलान्यास गरेका थिए । यस अघिदेखी महेशपुरमा रहेको गणेश प्राथमिक विद्यालय परिसरमा वडा कार्यालय संचालन हुँदै आएको थियो । गणेश प्राविको नाममा रहेको सोहि जग्गामा नयाँ भवन निर्माण हुन लागेको हो । एक कट्ठा जग्गामा निर्माण हुन लागेको भवनको ठेक्का विराटनगर ८ को टोनिका कन्सट्रक्सनले पाएको छ । भवन निर्माणको स्टिमेट रकम १ करोड १८ लाख रहेपनि निर्माण कम्पनीले ३७.११ प्रतिशत बिलो ७२ लाख २० हजार ३ सय ८६ रुपैयामा निर्माणको ठेक्का लिएको छ ।
२१ सय स्क्वायर फिटको सो भवनमा ३ कोठा १ हल र शौचालय कोठा निर्माण हुने जनाईएको छ । मंसिर १५ गते योजना शुरु भएर २०८० जेठ १५ अर्थात ७ महिना भित्र भवनको निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता रहेको कटहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोहिणी आचार्यले जानकारी दिए ।
भवन निर्माणका निम्ति गाउँपालिकाले नै बजेट बिनियोजन गरेको छ । भवन शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरीले कटहरीमा रहेका ७ वडा वडा मध्ये वडानम्बर १ र ६ बाहेक सबै वडाहरुको आफ्नै भवन निर्माण भईसकेको जानकारी दिए ।
वडानम्बर १ मा छिट्टै भवन निर्माण सम्पन्न हुने र ६ नम्बर वडा कार्यालयकालागि जग्गा प्राप्तिको प्रक्रियामा रहेको उनले जानकारी दिए । वडानम्बर १ का वडाध्यक्ष राजवंशीले नयाँ कार्यालय भवन निर्माण भएपछि कर्मचारीलाई सेवा प्रवाहगर्न सेवाग्राहीलाई सेवा लिन सहज हुने उनले बताए ।
विराटनगर । स्थानीय तहले लैंगीक समानता तथा सामाजिक समावेशीकरण नीति (जेसी पोलेसी) बनाउने एक दिने तालिम सम्पन्न भएको छ । दलित महिला केन्द्र नेपालले बिहीबार मोरङको सुन्दरहैचना नगरपालिकामा उक्त तालिम सम्पन्न भएको हो । उनीहरुले...
काठमाडौं, ११ मंसिर-राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ। ७६ वर्षीय शाक्यको बिहीबार विहान ४ बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको हो । अस्पतालकी जनसम्पर्क अधिकृत मनिता पोखरेलका अनुसार उनको...
विराटनगर, चैत २८–कोरोना भाईरसका शंकास्पद विरामीको नमूना परिक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएका ल्यावको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार निरिक्षण गरेका छन् । कोरोना भाईरसको कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण...
एजेन्सी, ७ भदौ-भारतको झारखण्डका कृषिमन्त्री बादल पत्रलेख कोरोना संक्रमित भएका छन् । स्वास्थ्यमन्त्री कोरोना संक्रमित भएपछि उनले पनि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो । झारखण्डका हेमन्त सोरेन सरकारको ११ सदस्यीय मन्त्रिपरिषदमा उनी कोरोना...
विराटनगर, १४ माघ । प्रदेश १ मा आजदेखि ८ वटा जिल्लाका १९ वटा खोप केन्द्रबाट कोरोना विरुद्धको खोप दिन सुरु गरिएको छ । प्रदेश १ मा विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. चुमनलाल दासलाई कोभिशिल्ड...
काठमाडौं, १८ कात्तिक-बीमा समितिबाट जारी गरिएको बीमालेखअनुसार कोरोना बीमा दाबी गरेका बिमितहरूको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी...
काठमाडौं, पुस ७–प्रहरीले सोमबार गैरकानुनी रुपमा काठमाडौंमा बसेर विभिन्न आपराधिक गतिविभिका संलग्न १ सय २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । यसरी अवैध रुपमा बसेर आपराधिक गतिविधिका संलग्न गर्नेहरुमा चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको...
विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा दुई सिफ्टमा बहिरङ्ग (ओपिडी) संचालन सुरु भएको छ ।स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयको परिपत्र आएपछि मंगलबारदेखि कोशी अस्पतालमा दुई सिफ्टमा ओपीडि सेवा संचालनमा ल्याएको हो ।दुई सिफ्टमा...