गठबन्धनकै सरकार बन्छ : शेखर कोइराला

 न्यूज विराट
गठबन्धनकै सरकार बन्छ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनमा पार्टीको लोकप्रिय मत घटेको विषयले कांग्रेसको साख गिरेको बताएका छन् ।

विराटनगरमा मंगलबार कांग्रेस नेता गुरूराज घिमिरेले लेखेको ‘बाटो विराएको राजनीति’ नामक विचार संग्रह विमोचन कार्यक्रममा पपुलर मत घट्नुको कारणबारे गम्भीर छानविन गरिनुपर्ने उनले बताएका हुन् ।

‘यसपटक २३ बाट ५७ सिटमा त कांग्रेस पुग्यो तर पपुलर मत ७ प्रतिशत किन कम भयो ?’, कोइरालाले भने, ‘यसबारे गम्भीर हुन जरूरी छ । कांग्रेसको साख गिरेको हो कि भन्नेछ । यसलाई सच्याएर अघि बढनुपर्छ,’ उनले भने ।

कांग्रेस एक ढिक्का भएर अघि बढ्ने बताउँदै नेता कोइरालाले कांग्रेसभित्रको विषयलाई लिएर चिन्तित नहुन उनले बताए । ‘तपाईंहरु ढुक्क हुनुहोस्, कांग्रेस एक ढिक्का भएर अघि बढनेछ । सरकार पनि गठबन्धनकै हुनेछ’, उनले भने ।

पार्टीले उम्मेदवारी चयन गर्दा प्राइमरी इलेक्सन गर्नसके सबैभन्दा राम्रो हुने भन्दै उनले कांग्रेसले कृयाशील सदस्यता शतप्रतिशत खुला गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

संविधानको रक्षा र सफल कार्यान्वयनमा निष्ठापूर्वक लाग्नेछु : राष्ट्रपति पौडेल

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै आँच आउन नदिनुका साथै आफूलाई तागत रहुञ्जेल संविधानले दिएको भूमिका निष्ठापूर्वक निर्वाह गर्ने बताएका छन् ।नेपाल उद्योग परीसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

सुत्केरी महिलाहरुलाई स्वास्थ्य सामाग्री र पोषिलो खानेकुरा

विराटनगर, ५ साउन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित कोशी अस्तालको प्रसुती गृहका सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुरा र स्वास्थ्य सामाग्री वितरण गरेको छ ।  शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको...

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु अस्पतालबाट डिस्चार्ज

काठमाडौं, ९ जेठ-कोरोना भाइरका कारण मृत्यु भएकी महिलाले जन्माएकी शिशुलाई धुलिखेल अस्पतालले डिस्चार्ज गरेको छ । उनको परिवार र शिशुको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको हो । ‘आज डिस्चार्ज गरिको हो’, अस्पतालका डा. सुमन...

औषधी व्यवसायी ढकालको दण्ड प्रणाम यात्रा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढकालले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । मुलुकको शान्ति विकास र समबृद्धिको कामना गर्दै दण्ड प्रणाम यात्रा गरेको उनले बताए ।...

४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको  अभियानअन्तर्गत करीब चार लाख २९ हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको...

प्रदेश १ मा शनिबार २२ जना कोरोनामुक्त, १४ संक्रमित थपिए

विराटनगर ३ साउन–प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९, ते¥हथुममा २, झापा, इलाम र उदयपुरमा १÷१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको...

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त 

काठमाडौं, ८ साउन-सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् । श्रीमती हत्याको अभियोगमा जेलजीवन भुक्तान गरिरहेका कोइराला आज जेलमुक्त भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालालाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्