पत्रकार राईको रिहाइको माग राख्दै ज्ञापनपत्र

 न्यूज विराट
पत्रकार राईको रिहाइको माग राख्दै ज्ञापनपत्र

विराटनगर । उदयपुरका पत्रकार गजेन्द्र राईको तत्काल रिहाईको माग राख्दै नेपाल पत्रकार महासंघ मोरङ शाखासहित ६ वटा संस्थाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

समचार लेखेकै आधारमा पत्रकार राईविरुद्ध प्रहरीले ‘साइबर क्राइम’ मा म्याद थप गरि अनुसन्धान अगाडी बढाएको कानुन विपरित भएको भन्दै सोमबार नेपाल पत्रकार महासंघ मोरङ, नेपाल प्रेस युनियन, प्रेस चौतारी मोरङ, प्रेस सेन्टर मोरङ, फोटो पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मोरङ र मधेसी पत्रकार समाजले संयुक्तरुपमा प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ध्यानाकार्षण गराईको हो ।
नेपाल पत्रकार महासंघका निवर्तमान सहसचिव, रेडियो नेपालका उदयुपर संवाददता नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रिय सदस्य समेत रहेका राईलाई सकाइबर क्राइम गरेको अभियोगमा प्रहरीले रिपोर्टिङकै क्रममा पक्राउ गरेको थियो ।
समाचार लेखेको विषय भएकाले समाचारका पात्रहरु उर्मिला राउत र युवराजको मिलेमतोमा परेको साईबर क्राइम मुद्धामा आकर्षति नहुने बताउदै सो मुद्धा प्रेस काउन्सिल नेपालको आधारक्षेत्र भित्र पर्ने भएकाले प्रहरीले समन्वय नगरी गिरफ्तार गर्नुले नेपालमा साईबर क्राईम ऐन कार्यान्वयन गर्ने काम नितान्त पत्रकारलाई तह लगाउने बदनियतपूर्ण कार्य रहेको ध्यानाकार्षण पत्रमा उल्लेख छ ।
सामाजिक विकृति, विसंगतिविरुद्ध कलम चलाउनु कुनै पनि पत्रकारको पेशागत धर्म र कर्तव्यसमेत रहेको बताउदै कुनै पनि पत्रकार र उसंग सम्बन्धित सञ्चर जगतमाथि आईपर्ने यस्ता गतिबिधि विरुद्ध नेपाल पत्रकार महासंघले डटेर सामना गर्दै आएको र यो घटनामा पनि चुप लागेर बस्न नसक्ने पत्रका उल्लेख गरिएको छ ।
उता पत्रकार महासंघ उदयपुर शाखाले भने विगत केही दिनदेखी पत्रकार राईको विनासर्तमा रिहाईको माग गर्दै आन्दोलनरत छन् ।
‘पकाउ परेका पत्रकार राईलाई तत्काल विनाशर्त रिहा गरी उनीमाथि लागेको अभियोगको छानविन गर्ने जिम्मा पत्रकार र पत्रकारिता क्षेत्रको छानविन, कारवाही र नियमन गर्ने अधिकार प्राप्त न्यायिक निकाय प्रेस काउन्सिल नेपाललाई सुम्पन जोडदार माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र पेश गरिएको छ । पक्राउ परेका राईलाई निशर्त रिहा नगरिए देशभरका कलमजीविहरु अनिश्चितकालीन आन्दोलन गर्न बाध्य हुने उल्लेख गर्दै आन्दोलनबाट उत्पन्न भएको परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी समेत ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

अपहरणमा परेका भारतीय नागरिकको उद्धार

अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा...

भारतले दियाे नेपाललाई ३० हजार पीसीआर किट

काठमाडौं, जेठ ४-भारतले कोरोना परीक्षणका लागि नेपाललाई उपहारस्वरूप ३० हजार व्यक्तिको जाँच क्षमताको पीसीआर टेस्ट किट सहयोग गरेको छ । १० वैशाखमा २३ टन औषधि हस्तान्तरण गरेको भारतले फेरि पीसीआर किट पनि सहयोग गरेको हो...

फोनेशन इन्टरनेशलको शाखा कार्यालय विराटनगरमा

विराटनगर । विराटनगरको ट्राफिक चौकमा फोनेशन इन्टरनेशल कन्सलटेन्सी संचालनमा आएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी नेपालमा ९ औं शाखाको रूपमा विराटनगरमा फोनेशनल इन्टरनेशनल कन्सलटेन्सी संचालनमा ल्याएको हो । फोनेशन इन्टरनेशलको केन्द्रीय कार्यालय...

न्युरो अस्पतालको रक्तदान कार्यक्रम, ६० पिन्ट रगत संकलन

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । रोटरी क्लब अफ बिराटनगर मिडटाउनसँगको सहकार्यमा रतmदान कार्यक्रम शुक्रबार आयोजना गरेको हो । कार्यक्रममा न्युरो अस्पतालका बरिष्ठ बिशेषज्ञ प्याथोलोजिष्ट डा....

मानव सेवा आश्रममको भवन निमार्णमा समाजसेवी गोयलद्धारा ५ लाख ११ हजार सहयोग

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रमको भवन निमार्णको लागि समाजसेवी उद्योगी दिनाबन्धु गोयलले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आश्रममा मंगलबार एक कार्यक्रम आयोजना गरि भवन निमार्णको लागि...

एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक

विराटनगर । विरामीको स्वास्थ्य उपचारमा व्यस्त रहने चिकित्सकहरुले शनिबार साझ छुट्टै रमाइलो लिएका छन् । नेपाल मेडिकल एशोसिएसन (एनएमए) कोशीले दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदनप्रदान तथा सांगीतिक...

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, को बन्दैछन् मुख्यमन्त्री ?

विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। सत्ता साझेदार दलहरुले आजै प्रदेश प्रमुखसामू मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्।प्रदेश १ को मुख्यमन्त्रीमा...

शैक्षिक गुणस्तर सुधारका लागि समुदाय परिचालन आवस्यक : मन्त्री घिमिरे

विराटनगर, असार असार १५–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयलाई श्रोत सम्पन्न बनाउनका लागि समुदाय परिचालन आवस्यक भएको बताएका छन् । समुदायलाई परिचालन गर्न सके विद्यालयका लागि आवस्यक सामाग्री जुटाउन सहज हुने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्