अपहरण तथा शरीर बन्धक’ मुद्दामा सैहैन्शालाई पक्राउ गर्न अदालतले दियो अनुमति

 न्यूज विराट
अपहरण तथा शरीर बन्धक’ मुद्दामा सैहैन्शालाई पक्राउ गर्न अदालतले दियो अनुमति

विराटनगर । मोरङ अदालतले नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक ३१ वर्षीय सैहैन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताबलाई पक्राउ गर्न अनुमति दिएको छ ।
विराटनगरका उद्योगी अरूणकुमार राठीले आइतबार खत्ताबविरूद्ध मोरङ प्रहरीमा ‘अपहरण तथा शरीर बन्धक’ मुद्दामा जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले खात्तबलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।
मोरङ जिल्ला अदालतले आइतबार साझ अत्ताबलाई पक्राउ गर्न अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । ‘प्रहरीले आइतबार साझतिर पक्राउ पूर्जीको अनुमती माग गरेको थियो । अदालतका न्यायाधीशले सोही दिन साझतिर पक्राउ अनुमति दिनुभएको छ,’ उनले भने ।

पक्राउ अनुमति पाएसँगै आरोपीलाई पक्राउ गर्न प्रहरी लागि परेको मोरङ प्रहरीका डिएसपी टिका कार्कीले बताए । ‘पक्राउ पुर्जी अदालतबाट पाइसकेका छौं,’ उनले भने, ‘घटनाको मुचुल्का गर्ने कामदेखि घटनामा संलग्नको खोजी कार्यमा प्रहरी लागि परेको छ ।’
खत्ताब र राठी उक्त अनलाइनका व्यावसायिक साझेदार हुन् । खत्ताबले ‘धेरै अफ्ठेरो’ परेको देखाएर आफूबाट ११ लाखभन्दा बढी रकम सापटी भन्दै लिएर गएको उनले बताएका छन् । खत्ताबसँग ३ वर्षदेखिको चिनजान र सम्पर्कका आधारमा २० प्रतिशत अर्थात ५ हजार कित्ता शेयर लिएर मिडिया प्रालिको सञ्चालकमा आफू पनि बसेको कुरा राठीले जाहेरीमा खुलाएका छन् ।

खत्ताबले छायांकनसहितको भिडियो अन्तरवार्ता लिने भनेर आफ्नै स्कुटरमा लगेर आफूलाई बन्धक बनाउँदै कुटपिट गरेको राठीले उल्लेख गरेका छन् ।
घटना मंसिर १४ गते बिहानको हो । सुरूमा एभरेष्ट बोर्डिङ स्कुल अगाडि रहेको ट्रान्स नेपाल फ्रेड सर्भिसेज प्रालिको दोस्रो तलामा लगेर छायांकन गरी अन्तरवार्ता लिएको र त्यसपछि सरौचियास्थित कार्यालयको पुरानो स्टुडियोमा लगेर बन्धक बनाएर कुटपिट गर्दै १५ लाख रूपैयाँको चेक काट्न बाध्य पारेको राठीले जाहेरीमा खुलाएका छन् ।

आफूलाई धेरै अप्ठेरो परेको देखाएर यसअघि पनि खत्ताबले पैसा लिँदै आएको उनले बताए । उनका अनुसार सुरुमा २० लाख रूपैयाँ लगानी गरिएको थियो । त्यसपछि २ पटक ५÷५ लाख गरेर र १ पटक डेढ लाख गरेर ११ लाख ५० हजार रूपैयाँ दिएको राठी बताउँछन् ।
‘अन्तरवार्ता लिने भन्दै फकाएर मलाई मेरै घरबाट स्कुटरमा लिएर गए । अन्तरवार्ता पनि लिए । खत्ताबसँग १ जना अपरिचित व्यक्ति पनि थिए,’ राठीले भने, ‘सोफामा बसिरहेका बेला एक्कासि फलामको साङ्लोले बाँध्न खोजे । भाग्ने प्रयास गर्दा नियन्त्रणमा लिएर हाटखुट्टा बाँध्दै कुटपिट गरे । त्यसपछि १ करोडको ‘बार्गेनिङ’ गर्न थाले ।’
आफ्नो ज्यान खतरामा परेको ठानेर आफूले पनि पैसा दिन्छु भनेर फुत्किने प्रयास गरेको जाहेरीमा उल्लेख गरेका छन् ।
त्यहाँबाट १ करोड रूपैयाँमा सुरु भएको ‘बार्गेनिङ’ पछि ३० लाखमा मिलेको राठीले बताए । त्यसपछि घरमा भएको चेक चालकलाई मगाएर १५ लाख रूपैयाँको काटिदिएको उनको भनाइ छ ।
ग्लोबल बैंक लिमिटेडको १५ लाख रूपैयाँको चेक नेपाल टाइम्स मिडिया प्रालिका नाममा तत्काल काटिदिएको र १ सातापछि १५ लाख रूपैयाँ दिने सर्त राखेर आफूलाई छाडिदिएको राठीले बताए ।
अपहरण गरेर मंसिर १४ गते बिहान ६ः३० बजेदेखि १०ः३० बजेसम्म बन्धक बनाउँदै १५ लाखको चेक लिएको भनी राठीले खत्ताबसहित अन्य व्यक्तिविरुद्ध पनि जाहेरी दिएका छन् । तर, अन्य व्यक्तिको पहिचान आफूले गर्न नसकेकाले खत्ताबबाटै पत्ता लगाएर कारबाही गर्नुपर्ने माग जाहेरीमा गरिएको छ ।

‘घटनापछि म निक्कै डराएको र त्रसित भएको थिएँ । गोलीले हानेर मारिदिनेसम्मको धम्की दिए । यो कुरा सार्वजनिक गरेमा परिवारलाई समेत सकिदिने धम्की आयो,’ राठीले भने, ‘क्यामेराको ब्यागमा पेस्तोल पनि छ । जिन्दगी एउटा गोली न हो भनी पैसाको ‘बार्गेनिङ’ गरे । मलाई तलमाथि नगर्नू, नत्र बुझेकै छ भनी चेतावनी दिए ।’
खत्ताबले भने व्यावसायिक साझेदार राठीमाथि आफूले कुनै नराम्रो नगरेको दाबी गरेका छन् । ‘अनलाइन सचालनका क्रममा केही तलमाथि भए होलान् । तर अपहरण गरेर बन्धक बनाएको छैन,’ उनले भने, ‘घटनाको वास्तविकता अर्कै छ । त्यो कुरा विस्तृतमा सार्वजनिक गर्ने तयारीमा छौँ ।’

सम्बन्धित समाचार

एमएम कप क्रिकेटमा आसामसँग कोशी प्रदेश फराकिलो अन्तरले पराजित

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा पाहुना टोली भारतको आसाम क्रिकेट क्वल विजयी भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित...

काठमाडौं उपत्यकामा थपिए १४२० संक्रमित

काठमाडौं, २५ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा तीन जिल्लामा ६ सय ३ महिला र...

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

काठमाडौं, १० जेठ-कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण ११ चैतदेखि सरकारले...

बालुवाटारमा प्रधानमन्त्री र ‘प्रचण्ड’बीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता जारी छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड शनिबार अपरान्ह ४ बजेतिर पुगेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । भेटमा कोरोना भाइरसपछिको संकटको अवस्था, लकडाउनका...

विराटनगरमा ४१ सहित प्रदेश १ मा १२५ जनामा कोरोना संक्रमण

विराटनगर, २७ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण भएको छ । ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण भएको सामाजिक...

कतारका प्रधानमन्त्रीले ओलीलाई भने : यहाँ रहेका नेपालीको चिन्ता नलिनू

काठमाडौं, ११ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले कतारमा रहेका नेपालीका बारेमा चिन्ता व्यक्त गरेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका नेपालीका बारेमा चासो राख्दै आफ्ना कतारी समकक्षी शेख खालिद बिन खलिफा बिन अब्देल अजीज अल...

ओली आज विराटनगर आउँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहान विराटनगर आउँदैछन् । एमाले मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली विराटनगर आउन लागेका हुन् । शुभकामना आदानप्रदानका साथै पार्टी...

विराटनगरमा भदौ ११ गतेदेखि दादुरा–रुवेलाको खोप अभियान सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिने भएको छ ।स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्