विराटनगरमा कुकुरको बन्ध्याकरण गर्न सुरू, दुई चरणमा साढे १ हजारको बन्ध्याकरण गरिने

 न्यूज विराट
विराटनगरमा कुकुरको बन्ध्याकरण गर्न सुरू, दुई चरणमा साढे १ हजारको बन्ध्याकरण गरिने

विराटनगर । विराटनगरमा सामुदायिक कुकुरको बिगबिगी बढेपछि बन्ध्याकरणसँगै रेविजविरुद्धको खोप अभियान सुरू गरेको छ । मर्निङवाकमा हिंड्दा पनि सामुदायिक कुकुरको डर मान्दै हिंड्नुपर्ने अवस्था आएपछि विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सोमबारबाट सुरू गरेको हो ।

विराटनगर–१९ स्थित वडा कार्यालयबाट यो अभियानकोको प्रराम्भ भएको छ । अभियानअन्तर्गत सामुदायिक कुकुरको बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्धको खोपसमेत लगाइनेछ । पहिलो दिन कञ्चनबारी, नोवेल, पञ्चमुखीचोक, पाञ्चालीलगायतका स्थानबाट सामुदायिक कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए ।
विराटनगर–१९ मा रहेको पशुसेवा सम्पर्क कार्यालयमार्फत बन्ध्याकरण गरिनेछ । विराटनगरका सबै वडाभित्र रहेका सामुदायिक कुकुर नियन्त्रणमा लिएर केन्द्रमा पु¥याइनेछ । केन्द्रमा पशु विशेषज्ञबाट मेल र फिमेल कुकुरको बन्ध्याकरण गरिने उनले बताए । सहारा एनिमल केयरसँगको सहकार्यमा सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो चरणमा ४ सय कुकुरको बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्धको खोप लगाइनेछ । बन्ध्याकरण र रेविजको खोप लगाएपछि सम्बन्धित कुकुरलाई नियन्त्रणमा लिएकै स्थानमा लगेर छाडिनेछ । बन्ध्याकरण गरिएका कुकुरलाई मासु, अण्डालगायतका खानेकुरासमेत खुवाइने शाखा प्रमुख यादवले बताए ।
विराटनगरमा सामुदायिक कुकुरको समस्या रहेकाले बन्ध्याकरण अभियान सञ्चालन गरिएको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले बताए । ‘मर्निङवाकमा हिंड्दा पनि सामुदायिक कुकुरको डर मान्दै हिंड्नुपर्ने अवस्था छ,’ उनले भने, ‘बन्ध्याकरण गरेर सामुदायिक कुकुरको वृद्धि रोक्ने र भएका कुकुरले टोकेमा रेविज नलागोस् भनेर खोप अभियान पनि सँगै सञ्चालन गरेका छौं ।’ कोइरालाले विराटनगरलाई अब यस्थास्थितिमा बस्न नदिने उद्घोष गर्दै सफा, सुन्दर, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन सबैलाई आग्रहसमेत गरे । उनले सामुदायिक कुकुर पनि विराटनगरको समस्याका रुपमा रहेको चर्चा गरे । बन्ध्याकरणले विराटनगरमा देखिँदै आएको सामुदायिक कुुकुरको समस्यामा कमीमा आउने मेयर कोइरालाको दाबी थियो ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरले विभिन्न चरणमा १ हजार ६ सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखेको जानकारी दिए । उनका अनुसार एउटा कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउँदा २ हजार ५ सय रुपैयाँ खर्च लाग्नेछ । पहिलो चरणको सम्पूर्ण खर्च महानगरले व्यहोर्नेछ । अन्य प्राविधिक सहयोग सहाराले गरेको छ । दोस्रो चरणमा महानगर र सहाराले ६–६ सय कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउने सम्झौता भएको छ ।
विराटनगर–१९ का वडाध्यक्ष श्याम घिमिरेले सबै वडा रहेका कुकुरको बन्ध्याकरण गरिने जानकारी दिए । उनले विराटनगरको समस्यामध्ये सामुदायिक कुकुर पनि भएको बताए । वडाध्यक्ष घिमिरेले बन्ध्याकरण र खोप लगाएका कुकुरलाई रिफ्लेक्टिभ वेल्टसमेत बाँधिने उल्लेख गरे ।

सम्बन्धित समाचार

पैसा फाल्ने महिलामा आरडीटी पोजिटिभ, उनीहरू बस्ने क्षेत्र सेनिटाइज गरियो

जनकपुर, ७ बैशाख-जनकपुरधामको महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि महिला बस्ने एरियालाई बिहानैदेखि सेनिटाइज गर्ने कार्य सुरु गरिएको छ । जनकपुरधाम ७ का वडाध्यक्ष...

ब्राजिल भ्रमण गरेकालाई अमेरिका जान प्रतिबन्ध

एजेन्सी, जेठ १२-अमेरिकाले पछिल्लो १४ दिनमा ब्राजील गएकालाई अमेरिका जान प्रतिबन्ध लगाएको छ । दक्षिण अमेरिकी राष्ट्र ब्राजील हाल कोरोना भाइरसको संक्रमणमा अमेरिका पछि दोस्रो हटस्पट बनेको छ । ब्राजीलमा कोेरोना संक्रमितको संख्या ३ लाख...

सुनको मूल्य १ लाख २ हजार ५ सय पुग्यो

काठमाडौं, २२ साउन-सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज तोलामा १ हजार १ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी...

देशका अधिकांश ठाउँमा वर्षा, सतर्कता अपनाउन अपिल

काठमाडौं, भदौ १३ । केही दिनयता देशैभरि पानी परिरहेको छ। भदौको दोस्रो साता निरन्तर परेको झरीले तराईका विभिन्न भागमा डुबान भएको छ भने पहाडमा ठाउँ-ठाउँमा पहिरो खसेको छ। काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ।...

समुदायमा संक्रमण पुगे रोक्न कठिनाई : मन्त्री घिमिरे

विराटनगर, असार १६–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाई हुने बताएका छन् । पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उनले बताए । सामाजिक...

‘चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गराएर मात्रै काममा लगाउनू’

काठमाडौं, २८ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनिवार्य पीसीआर परीक्षण गराएर कामकाजमा लगाउन अस्पतालहरूलाई निर्देशन दिएको छ । मन्त्रालयलेका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोभिड-१९ को संक्रमण...

कोरोना संक्रमणबाट पूर्वसभामुख महरा पत्नी सीताको निधन

काठमाडौं, १९ कात्तिक-कोरोना संक्रमणबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भएको छ । भेन्टिलेटरमा उपचारका क्रममा पत्नी सीता महराको ५९ वर्षमा बुधबार बिहान ६ः१५ मा निधन भएको हो । उनी माइस्थेनिया नामक रोगबाटसमेत विगत १०...

कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल

बाँके, २८ जेठ-बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्