पूर्व विद्यार्थीले जनता स्कुलमा ई–लाइबेरी बनाइदिने

 न्यूज विराट
पूर्व विद्यार्थीले जनता स्कुलमा ई–लाइबेरी बनाइदिने

विराटनगर । विराटनगर २ मा रहेको जनता नमुना माविमा पूर्व विद्यार्थी संघले विद्यालयको स्मारिका र ई–लाइबेरी बनाइदिने भएको छ ।

विद्यालय स्थापना भएको ७० औं वार्षिकउत्सवको अवसरमा आगामी श्रीपञ्चमीको अवसरमा संघले विविध कार्यक्रम आयोजना गर्ने भएको हो ।

सरस्वती पूजाको दिन २००९ सालमा स्थापना भएको विद्यालयमा २०६० सालदेखि जनता मा.वि. पूर्व विद्यार्थी संघ गठन गरिएको छ । त्यसले विद्यालय परिसरमा स्वर्ण महोत्सव समारोहसहित स्तम्भ निर्माण, पुस्तकालय भवनको निर्माण, गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति, कम्प्यूटर ल्याब स्थापना, भूतपूर्व विद्यार्थी स्व.कृष्णप्रसाद भगतको शालिक निर्माण गरिसकेको छ ।
आगामी कार्ययोजनामा सरस्वती पूजाको दिन भव्य कार्यक्रम आयोजना गर्ने, सरस्वती मूर्ति स्थापना गर्ने, विद्यालयको ७० वर्षे इतिहास शिक्षकहरुको जीवनी, उत्कृष्ट विद्यार्थीहरुको परिचय एवं तथ्य झल्किने गरी स्मारिका प्रकाशन र विद्यालयको पुस्तकालयलाई ई–लाईब्रेरी बनाउने योजना राखिएको छ ।

यसैगरी तालिम तथा सेमिनार र सूचना प्रविधिको विषयमा जानकारी गराउने कार्ययोजना राखिएको पूर्व विद्यार्थी संघ संयोजक उमेशकुमार भगतले जानकारी दिएका छन् । भावी कार्ययोजना सोमबार पत्रकार सम्मेलन गरेर सार्वजानिक गरिइएको हो ।

सम्बन्धित समाचार

बढ्यो कोरोना संक्रमित हुनेको संख्या, बुधबार भेटिए ६६२ संक्रमित

दसैं चाड सकिएसँगै कोरोना संक्रमित भेटिने दर पनि बढेको छ । बुधबार थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा गरिएको कुल ८ हजार ४ सय २६ नमूना परीक्षणबाट सो संख्यामा...

रञ्जन कोइरालाको रिहाइ प्रति प्रदेश सांसदहरूको बिरोध

विराटनगर, साउन ९–सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइराला रिहाइ गरेको प्रति प्रदेश–१ का सांसदहरूले बिरोध गरेका छन् । शुक्रबारको संसद बैठकमा सांसदहरूले श्रीमती मार्नेलाई सर्वोच्च अदालतले छुटकारा दिएको भन्दै बिरोध गरेका हुन् । संसदको शून्य...

यौनिक तथा अल्पसंख्यक मैत्री कानुन बनाउन जोड

विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति खारेज गरी यौनिक तथा अल्पसंख्यक मैत्री कानुन निमार्ण गरिनुपर्नेमा जोड दिएका छन् । वैवाहिक समानताको कानून नहूदा यस समूदायका ब्यतिmहरू विदेश पलाएन भएको जानकारी गराउँदै...

अमेरिकामा ३ लाख संक्रमित कोरोना जितेर घर फर्किए

एजेन्सी, जेठ १-कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा निको हुनेको संख्या ३ लाख १० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ १४ हजार बढी व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । अहिले...

स्वास्थ्य संकटकालको स्थिति आउनसक्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले आवश्यक परे स्वास्थ्य संकटकाल लगाएर भए पनि कोभिड महामारी नियन्त्रण गर्ने बताएका छन् । त्यसका लागि कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमार्फत कानूनी व्यवस्था गरिएको उनले जनाए । 'गतवर्ष कोभिड नियन्त्रणमा आएको...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप सुरु, उद्घाटनमा हाम्रो भेट्रान्स र कन्काई भेट्रान्स विजय

विराटनगर । विराटनगर – कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।मिल्स भेट्रान्स क्लब रानी विराटनगरको आयोजनामा विराटनगर जुट मिल खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।उद्घाटन दिनका खेलहरूमा हाम्रो...

भैरव अर्यालको आत्मालाई ४७ वर्षपछि शिल्पी थिएटरको मञ्चमा उतार्दै बारत लिम्बू

विराटनगर । नाटय आलेख तथा निर्देशन बारत लिम्बूको नाटक ‘ह राम पण्डित’ मन्चन हुने भएको छ । दैलो प्रोडक्सनको प्रस्तुती र श्री भैरव अर्याल पुरस्करा गुठीको सहकार्यमा तयार भएको उक्त नाटक आउँदो भदौ २७ देखि...

भारतमा एकैदिन थपिए ६७ हजार कोरोना संक्रमित 

एजेन्सी, साउन २९-भारतमा गत २४ घण्टामा झण्डै ६७ हजार कोरोना संक्रमित थपिएका छन् । भारतीय सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९ सय ९९ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । केन्द्रीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्