विराट डाईग्नोष्टिक ल्याबको संकलन केन्द्र इनरुवामा आज खुल्दै, प्रदेश १ भरी विस्तार गर्ने तयारी
सोमबार, १९ मंसिर, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम (विराटनर अस्पताल) भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिले सुनसरीको इनरुवामा पनि रगत सङ्कलन केन्द्र स्थापना गर्ने भएको छ । आज दिउँसो ११ बजे एक कार्यक्रम आयोजना गरी ल्याबको लागि संकलन केन्द्र स्थापना हुने भएको हो ।
इनरुवा १ हस्पिटल गेटनजिक संकलन केन्द्रमा विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याबको लागि सङ्कलन केन्द्र स्थापना गरिने शासन प्रमुख अमित कुसवाहाले जानकारी दिए ।
स्थानीय स्थरमा सङ्कलन केन्द्र स्थापना भएपछि अब विराटनगर दक्षिण क्षेत्रका बिरामीले रगतबाट हुने परीक्षणको लागि विराट नर्सिङ होमको ल्याबमा आइराख्नुपर्ने बाध्यता केही हदसम्म कम हुनेछ । बिरामीलाई स्थानीय स्थरमा ल्याब सेवा प्रदान गर्ने उद्देश्यले इनरुवामा पनि विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबको लागि सङ्कलन केन्द्र स्थापना गरेको हो । ‘सङ्कलन केन्द्र विराटनगरबाट सुरु भएको छ,’ उनले भने, ‘बिरामीको सहजताको लागि हामीले प्रदेश १ का अन्य सहरहरूमा पनि सङ्कलन केन्द्र सञ्चालन गर्ने तयारीमा जुटेका छौँ ।’
विराटले आइतबार विराटनगर १५ भट्टिमोडस्थित जनता पोलिक्लिनिकमा ल्याब परीक्षणको लागि रगत सङ्कलन केन्द्र स्थापना गरेको थियो ।
‘‘विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबले आधिकारिक रूपमा सङ्कलन केन्द्रहरू स्थापना गर्दछ । स्थापना गरेको केन्द्रहरूमा बिरामीले रगत दिएपछि त्यो स्याम्पल कलेक्सन विराटमा आइपुग्छ । यहाँ परीक्षण गरेपछि रिपोर्ट सङ्कलन केन्द्रमा पनि जान्छ,’ उनले भने, ‘बिरामीको सहजताको लागि हामीले रिपोट वाटसप र अनलाइनमा पनि राख्ने गरेका छौँ ।’ सङ्कलन केन्द्रसम्म आउन नसक्ने बिरामीको लागि स्वास्थ्यकर्मी परिचालन गरेर घरमा पुगेर पनि स्याम्पल सङ्कलन गर्ने उनले बताए । सञ्चालनमा आएको अवसरमा विराटले आइतबार र सोमबार स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट र जनरेल परीक्षणमा ४० प्रतिशत छुट दिने भएको छ ।
विराटनगर, २८ कात्तिक ।आगामी १०–१२ मंसिरसम्म चितवनमा हुने नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनका लागि संखुवासभाबाट १४ जना महाधिवेशन प्रनिनिधि सर्वसम्मत चयन भएका छन् । खुलातर्फ आठ जना, महिलातर्फ चार महिला र दलित तथा पेशागत महासंघबाट एक/एक जना गरी...
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री नै पराजित भएका छन । झापा निर्वाचन क्षेत्र नम्बर–४ बाट छानिएका ९ जना महाधिवेशन प्रतिनिधिमा सोही क्षेत्रको प्रदेश ‘ख’ बाट सांसदसमेत रहनुभएका पूर्वमन्त्री...
विराटनगर । विराटनगरका विभिन्न तीन रोटरी क्लबले विद्यालयको भवन निर्माण गरेर सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर टाउनडाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सक्रियता...
विराटनगर । प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचिमा उम्मेदवारको नाम दलहरूले सूचीकृत गर्दा अनिवार्य अपाङ्गता भएका व्यक्तिहरू पनि संसद्मा प्रतिनिधित्व हुने सुनिश्चित गरिदिनुपर्ने माग राखेका छन् । नेत्रहीन युवा सङ्घ नेपाल...
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा वैशाख १३ देखि २० गतेसम्म विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उक्त...
काठमाडौं, असार ७ । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीलाई अकैध घोषणा र कारवाही गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन (भ्याकेट) दर्ता गरेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी...
डडेल्धुरा, २४ जेठ-बैतडीमा क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका १ जनाको शनिबार मृत्यु भएको हो । पाटन नगरपालिका-६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको...
विराटनगर, १२ असोज । मोरङको कटहरीमा एक शिक्षक विद्यालयमा बालबालिकालाई पढाउन छाडेर सत्तारुढ दल कांग्रेसको महाधिवेशनमा व्यस्त भएको पाइएको छ । कटहरी–४ खरबनास्थित श्री आधारभूत विद्यालयका शिक्षक निरज साह विद्यालय समयमा विद्यार्थीलाई पढाउन छाडेर कांग्रेसको...