विराटनगर । विराटनगर महानगरपालिका ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिक वर्षमा ११ करोड भन्दा बढी रकम निक्षेप गर्न सफल भएको छ । सहकारीको विराटनगरमा आइतबार भएको १४ औं वार्षिक साधरण सभामा सार्वजानिक गरेको आर्थिक प्रतिवेदन अनुसार सहकारीले आर्थिक वर्ष २०७८ / ०७९ मा ११ करोड १ लाख ५३ हजार ९६७ रुपैयाँ निक्षेप गर्न सफल भएको हो ।
२०६५ मंसिर १८ गते स्थापना भएको सहकारीको आर्थिक वर्षको असार मसान्तसम्म सहकारीमा ८५५ जना सेयर सदस्य रहेका छन् । जसमा ४५७ महिला र ३९८ पुरुष रहेका छन् । सहकारीका लेखा समितिका संयोजक अविनाश कुमार निधिले प्रस्तुत गरेको लेखा प्रतिवेदन अनुसार आर्थिक वर्षको असार मसान्तसम्ममा २ करोड ५५ लाख ५८ हजार ८ सय रुपैयाँ शेयर पुजी रहेको छ । यस्तै नगद तथा बैंक मौज्जाद २ करोड २ लाख ६१ हजार १६० रुपैयाँ, ऋण लगानी १२ करोड २६ लाख ३६ हजार रुपैयाँ रहेको छ । यस्तै सहकारीको जगेडा कोेष तथा अन्य कोष २ करोड ३८ लाख ५० हजार ३४२ रहेको लेखा समितिका संयोजक निधिले जानकारी गराए ।
कार्यक्रममको प्रमुख अतिथि मोरङ क्षेत्र नं. ४(२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका भीम पराजुलीले छरिएर रहेको पूजीलाई एकीकृत गरी राष्ट्रिय निर्माणमा सहकारीको भूमिका ठुलो रहेको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक प्रभू पोखरेलले केही सहकारीको कारणले सहकारी क्षेत्रको बदनामी भएकाले सदस्यहरुको मन जित्नेगरी काम गरिनुपर्ने बताए । कार्यक्रममा सहकारीका अध्यक्ष राजेन्द्र प्रसाद खनाल, विराटनगर ३ का वडाअध्यक्ष बासुबहादुर बस्नेत, नागरिक उड्यन प्राधिकरण पुर्व महानिर्देशक राजकुमार क्षेत्रीलगायतले बोलेका थिए ।
विराटनगर । विराटनगर–१० सनसारीमाईस्थानस्थित भीमसेन मन्दिर सेवा समितिको आयोजनामा मंगलबार भीमसेनजात्रा निकालिएको छ ।मन्दिर परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले भीमसेनको मूर्तिमा पूजापाठ गरेर जात्राको शुभारम्भ गरेका थिए ।मन्दिर परिसरबाट झ्याँकीसहित निकालिएको भीमसेनजात्रा...
विराटनगर । सप्तरीको तिरहुद गाउँपालिका –४ का ५१ वर्षीया विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्यु भएको घटना एक महिना हुन लागेको छ । एक महिना पूरा हुन लाग्दा पनि प्रहरीले यादवको हत्या हो या आत्महत्या आधिकारीक...
विराटनगर । ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब फाइनलमा पुगेको छ । विराटनगरको रंगशालामा जारी प्रतियोगितामा दमकले विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो...
विराटनगर । खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले आइटिएफ तेक्वान्दो खेलको प्रशिक्षक तीन दिन भित्रमा नियुक्त गर्ने बताएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता बोल्दै...
विराटनगर । सवारी दुर्घटना न्यूनिकरणकका लागि ट्राफिक प्रहरीले सवारी साधनमा ‘रिफ्लेटिक्भ स्टिकर’ टाँस्ने अभियान सुरु गरिएको छ । हुस्सु लागेको समयमा दुर्घटना संभावना जोखिम धेरै हुने भएकोले शुक्रबारबाट ट्राफिक प्रहरीले अभियान सुरु गरेको हो ।...
विराटनगर, ३० असोज । विराटनगरस्थित खार्जीमा मातृ तथा बाल स्वास्थ्य शिक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । आइतबार रोटरी क्लब अफ विराटनगरको आयोजनामा खार्जीस्थित ज्योती आधारभूत विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा...
विराटनगर । सातौं संस्करणको विराट एक्स्पो बिहीबारबाट सुरू भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा सुरू भएको हो ।एक्स्पोको उद्घाटन राष्ट्रिपति विद्यादेवी भण्डारीले गरेकी छिन्...