तेस्रो प्रयासमा गच्छदारलाई हराउँदै भगवती चौधरीको संसद्‍ यात्रा

 न्यूज विराट
तेस्रो प्रयासमा गच्छदारलाई हराउँदै भगवती चौधरीको संसद्‍ यात्रा

विराटनगर । सुनसरीको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् । उनले काँग्रेसका नेता विजय गच्छदारलाई हराउँदै प्रतितिनिधि सभामा विजयी भएकी हुन् ।

२०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएका गच्छदारसँग झिनो मतान्तरले पराजित भएकी थिइन्, चौधरी । तेस्रो प्रयासमा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भने उनले गच्छदारमाथि सानदार जित निकालेकी छन् ।

चौधरीले ४०७८८ मत प्राप्त गरि गच्छदारलाई ५१८८ मतान्तरले पराजित गरेकी हुन् । गच्छदारले ३५६०० मत प्राप्त गरे ।

२०४८ यताका सबै निर्वाचन जित्दै आएका नेपाली कांग्रेसका नेता गच्छदारको सातौं पटकको संसद यात्रामा चौधरीले ब्रेक लगाएकी छन् । २०४८, २०५१, २०५६ र २०७४ को निर्वाचनमा नेपाली काँग्रेसबाट चुनाब जितेका गच्छदारले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा मधेशी जनअधिकार फोरम र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट चुनाब जितेका थिए ।

जुन पार्टीमा गएपनि लगातार चुनाब जित्दै आएका गच्छदारलाई नेपाली राजनीतिका चतुर खेलाडीको रुपमा चिन्ने गरिन्छ । उनले २०४८ मा उनले एमालेका लीला श्रेष्ठलाई झण्डै दोब्बर मतले पराजित गरेर पहिलो पटक सांसद छिरेका थिए । २०५१ को चुनावमा एमालेका कुलदीप पेशकर र २०५६ मा एमालेकै रेवतीरमण भण्डारीलाई गच्छदारले पराजित गरेका थिए ।

२०६४ को चुनावमा काँग्रेस छाडेर मधेसी जनअधिकार फोरमबाट उम्मेदवार बनेका उनले काँग्रेसका अगमलाल चौधरीलाई झन्डै दोब्बर मतले पराजित गरे । २०७० को दोस्रो संविधानसभा चुनावमा मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक० बाट उम्मेदवार बनेका गच्छदारले एमालेकी भगवती चौधरीलाई ३६२ मतले पछि पारेका थिए ।

आफ्नै नेतृत्वको फोरम ९लोकतान्त्रिक०लाई काँग्रेसमा विलय गराएर २०७४ को निर्वाचनमा उनी काँग्रेसबाटै उम्मेदवार बने । उनले दोस्रो पटक पनि भगवतीलाई पराजित गरे । त्यसबेला गच्छदारले धाँधली गरेर चुनाब जितेको भन्दै चौधरीले सर्वोच्च अदालतका दर्ता गरेको मुद्दाको किनारा नलाग्दै अर्को निर्वाचन भयो । यसपटक भने गच्छदारको खेल चलेन ।

विगतमा ६ पटक सांसद र १२ पटक मन्त्री भएका गच्छदारलाई चुनाब हराउन उनीमाथि लागेको भ्रष्टाचारको मुद्दा पनि सहयोगी भयो । अघिल्लो पटक चुनाब जितेर पनि मुद्दा दायर गरेपछि निलम्बित अवस्थामा रहेका गच्छदार यसपटक सांसद निर्वाचित भएपनि मुद्दामा सफाइ नपाएसम्म निलम्बित नै हुन्थे । भगवतीले त्यहि अवस्थालाई मतदाताको बिचमा राम्रोसँग दर्साउन सफल भइन् ।

सुनसरीको दुहबीमा चुनाबअघि आयोजित सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने संसदमै जान नपाउने व्यक्तिलाई भोट नहाल्न अपिल गरेका थिए । गच्छदारले जिते पनि भोट खेर जाने भन्दै गरिएको प्रचार चौधरीका लागि चुनाव जित्ने मुख्य आधार बन्यो । त्यसपछि गच्छदारले चुनाब जितेसम्म अरुले अवसर नपाउने भएकोले काँग्रेसभित्र सल्किएको असन्तुष्टि पनि चौधरीको सहयोगी बनिदियो ।

दुईपटक चुनाव हारेको भनेर चौधरीमाथि मतदाताको सहानुभूतिको भोट पनि थपियो । अन्ततः गच्छदारको तीन दशकदेखिको विरासत ढल्यो । चुनावमा विजयी भएपछि चौधरीले आफ्ना लागि मतदाताले चुनौती र अवसर दुवै दिएको बताएकी छन् ।

त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी चौधरी फरवार्ड लघुवित्तको अध्यक्ष हुन् । उनी नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुन् । उनी २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सांसद भएर वन तथा भू–संरक्षण राज्यमन्त्रीसमेत बनेकी थिइन् ।

सुनसरीको दुहबी २ स्थायी ठेगाना भएकी चौधरीको जन्मस्थान भने साबिक औराबनी गाविस ९हाल गढी गाउँपालिका० हो । २०५८ सालदेखि सक्रिय राजनीतिमा लागेकी उनी २०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य बनिन् । २०७० सालमा कोसी अञ्चल समन्वय कमिटी सदस्य र २०७८ को चितवनमा सम्पन्न एमालेको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य तथा श्रम तथा स्वरोजगार केन्द्रीय विभागको उपप्रमुख बनेकी छन् ।

सम्बन्धित समाचार

लिटल कोशीको फाइनल शनिबार, उपाधिको लागि ४४ जनाको प्रतिस्पर्धा

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल शनिबार विराटनगरमा हुने भएको छ । उक्त प्रतियोगिताको उपाधि जित्नको लागि ४४ जना प्रतियोगिहरू प्रतिस्पर्धामा उत्रिदैछन् । जय मिडिया म्यानेजमेन्ट प्रालिले बालबालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन...

२४ घन्टामा थप १ हजार ९४६ जना सङ्क्रमित, १३ जनाको मृत्यु

काठमाडौं, २९ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरि ८ हजार ७...

प्रहरीको संरक्षणमा झापामा स्याउ तस्करी, ५७१ कार्टुन तस्करीको ‘फुजि स्याउ’ बरामद

विराटनगर । झापाको सीमावर्ती नाकाबाट प्रहरीको संरक्षणमा तस्करी हुने गरेको पाइएको छ ।सीमा क्षेत्रमा तैनाथ सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा दक्षिणी झापाको कचनकवल नाकाबाट चाइनिज स्याउ भारत तस्करी भइरहेको घटना बाहिर आएको हो । सशस्त्र...

प्रदेश १ मा एमाले गठबन्धनमा बहुमत, को बन्ला मुख्यमन्त्री ?

विराटनगर । कांग्रेस नेतृत्वको पाँचदलीय सत्तागठबन्धन विघटन भएसँगै प्रदेश १ को राजनीति समीकरण फेरिएको छ । एमाले नेतृत्वमा सातदलीय गठबन्धन बनेसँगै प्रदेश १ मा सोही राजनीतिक दलको सुविधाजनक बहुमत रहेको छ ।अहिले नयाँ गठबन्धनका कारण...

आजको मौसम : प्रदश–१, गण्डकी र लुम्बिनीका धेरै ठाउँमा वर्षा

काठमाडौं, ११ असार । प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश-१ का धनकुटा, इलाम, ताप्लेजुङ र सुनसरीमा पानी परिरहेको मौसमविद् हिरा...

बैंकको चर्को ब्याजदर घटाउनुपर्ने माग राख्दै उद्योगीद्धारा राष्ट्र बैंक अगाडि धर्ना

विराटनगर । बैंकको चर्को ब्याजदर घटाउनुपर्ने माग राख्दै उद्योगी व्यवयासीहरूले विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी धर्ना दिएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त...

राससलाई बलियो बनाउन प्रदेश सरकारको सहयोग

विराटनगर, असार ५–प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समाचर समिति(रासस)लाई बलियो बनाउन प्रदेश सरकार सहयोग गर्ने बचन दिएका छन् । रासस प्रदेश नं.१ कार्यालय विराटनगरको आज नरीक्षण एवं वृक्षरोण गर्दै...

रंगेली नगरपालिकाको नवौँ नगरसभा सम्पन्न, दुई कर्मचारी सम्मानित

विराटनगर । रंगेली नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । विभिन्न निर्णयहरु गर्दै शुक्रबार नवौँ नगरसभा सम्पन्न भएको हो । नगरसभामा सभाध्यक्ष एवम् मेयर दिलिप बगडीयाले राखेको प्रस्ताव सर्वसम्मत पारित भएको छ । नगरसभा समक्ष मेयर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्