विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी आरवी खड्का र पथरीका सार्थक भट्टराइले जितेका छन् । आरवीले मिस लिटल कोशी र सार्थकले मिस्टर लिटल कोशीको उपाधि जितेका हुन् ।
जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा मिस लिटलमा ३० जना र मिस्टर लिटलमा १४ जनाले प्रतिस्पर्धामा भाग लिएका थिए । प्रतियोगिताको अर्गनाइजर च्वाइसको उपाधिमा विराटनगरकी अनिसा राजवंशी र विराटनगरकै केशव झा घोषित भए । मिस लिटलफर्तको फस्ट रनरअप सुनसरी इनरुवाकी साक्षी यादव र मिस्टर लिटलतर्फ विराटनगरका रोहित कुमार साह भए । सेकेण्ड रनरअप मिसमा विराटनगरकी प्रतिक्षा श्रेष्ठ र मिस्टरमा आरुष दाहाल घोषित भए । थर्ड रनरअप मिसतर्फ विराटनगरकी स्वच्छ श्रेष्ठ र मिस्टरतर्फ विराटनगरका परिस्कृत आचार्य भए । र्फोथ रनरअप मिसतर्फ इनरुवाकी अन्तरा सुब्बा र मिस्टरतर्फ विराटनगरका अभियान श्रेष्ठ भए । मिस पब्लिक च्वाइस, मिस पपुलर र मिस स्मायलको उपाधि विराटनगरकी स्वच्छ श्रेष्ठले जितिन भने मिस पर्सानालिटीको उपाधिमा इनरुवाकी अन्तरा सुब्बा घोषित भइन् । मिस हार्डवर्कीङको उपाधि इनरुवाकी साक्षी यादवले जितिन् । मिस मल्टिमिडियाको उपाधि विराटनगरकी माही भगत, मिस ट्यालेन्टको उपाधि भोजपुरकी कटरीना सुबेदी, मिस फोटोजेनिकको उपाधिमा विराटनगरकी स्वर्निमा भट्टराइ घोषित भइन् । यसैगरी मिस डिसिप्लिन आरवी खड्का, मिस इन्टेलेक्ट प्रतिक्षा श्रेष्ठ, मिस क्याटवाक भोजपुरकी सुवासना श्रेष्ठ, मिस क्यूट कटहरीकी हिमानी राजवंशी, मिस कन्फीडेन्ट विराटनगरकी परी नेवटीया र मिस चार्मीङ इटहरीकी अविज्ञा पोखरेल घोषित भइन् । यस्तै मिस्टर पपुलर, मिस्टर ट्यालेन्टको उपाधि पथरीका सार्थक भट्टराइले जिते भने मिस्टर मल्टिमिडिया र मिस्टर फोटोजेनिकको एवार्ड आरुष दाहालले जिते । यसैगरी मिस्टर पब्लिक च्वाइस रोहित कुमार साह, मिस्टर इन्टेलेक्ट अभियान श्रेष्ठ, मिस्टर डिसिप्लिन विराटनगरका आदर्श रौनियार र मिस्टर क्यूट विराटनगरका प्रसुन तामाङ घोषित भए ।
प्रतियोगिताको प्रमुख अतिथि प्रदेश १ का प्रदेश सभा सदस्य भिम पराजुली रहेका थिए । प्रतियोगिताको निर्णायकहरुमा डाक्टर अंकीता राठी अग्रवाल, मिस कोशी २०२१ का विजेता प्रशिका श्रेष्ठ, पत्रकार तथा सफल ब्यवसायी रोशन घिमिरे, गायक तथा लेक्चरर रोशन राजबंशी रहेका थिए । मिस्टर एण्ड मिस लिटल कोशी २०२२ का बिजेताले जनही ३०÷३० हजार, प्रमाण पत्र प्राप्त गरेका थिए । फाइनलमा पुगेका ४४ जना प्रतियोगीहरुले प्रमाण पत्र र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरेको जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले बताए ।
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन इटहरी उपमहानगरपालिकाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । इटहरीमा बुधबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको राष्ट्रिय सौन्दर्यकर्मी यूनियन इटहरी उपमहानगरपालिकाकी...
काठमाडौं, १४ साउन-निर्धारित समयमै काम सम्पन्न नगर्ने ३ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्ने कम्पनीमा सुमित रौनियारको पप्पु-प्रगति जे.भी, विरेन्द्र कुमार गुरुङको चमैता निर्माण सेवा र मनोज कुमार दासको माँ सन्तोषी कन्स्ट्रक्सन सप्लायर्स...
काठमाडौं, ८ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बाट स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकार टाढिएको भन्ने कुरामा सत्य नभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड र शर्माबीच कुनै मतान्तर नरहेको प्रचण्डका...
काठमाडौं, १७ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन् ।कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३औँ स्मृति दिवसका अवसरमा आयोजिक कार्यक्रममा अध्यक्ष दाहालले...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले ५१ औँ जन्मदिन मानव सेवा आश्रममा मनाएका छन् । विराटनगरस्थित मानव सेवा आश्रममा बिहीबार आश्रममा आश्रित बुवाआमालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएका हुन् । विगतका...
काठमाडौं, ९ भदौ-विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलिएरले कोरोना भाइरसबाट बढी उमेरका व्यक्तिमा संक्रमण बढेसँगै मृत्यु दर पनि बढ्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रेसित गरेको अन्तरवार्ता उनले अहिले नेपालमा...
विराटनगर, माघ १६–मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बुधबार राती मोरङको कटहरी गाउँपालिका–७ होडियारीमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त २५८९ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर...
काठमाडौं, २९ साउन-बुधबार प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि बढेको छ । प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेर आज सुनको मुल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ तय भएको...