मोरङमा ५.९५ प्रतिशत मत बदर, कुन क्षेत्रमा कति बदर ? (सुचिसहित)?
सोमबार, १२ मंसिर, २०७९,
न्यूज विराट
विराटनगर । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मोरङमा ५.९५ प्रतिशत मत बदर भएको छ ।
मोरङमा ४ लाख ८५ हजार ४९९ मत अर्थात ६६.१ प्रतिशत मत खसेको मध्ये १८ हजार ८६५ मत मात्र बदर भएको प्रदेश निर्वाचन कार्यालय प्रदेश १ का निर्वाचन अधिकारी लेवन काश्यप अधिकारीले जानकारी दिए ।
मोरङमा ७ लाख ३५ हजार ५२५ मतदाता रहेका मध्ये ६६.१ प्रतिशत मत खसेको थियो । खसेको मत मध्ये ९४.५ प्रतिशत अर्थात ४ लाख ५६ हजार ६३३ मत सदर भएको निर्वाचन कार्यायलले जनाएको छ ।
प्रतिनिधीसभातर्फ मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशमा सबैभन्दा बढी ५ नम्बर निर्वाचन क्षेत्रमा बढी मत बदर भएको छ । मोरङको सबैभन्दा बढी मतदाता रहेको क्षेत्र नं. ३ मा कम मत बदर भएको छ । मोरङ क्षेत्र नं. १ मा १ लाख २३ हजार ६१५ मतदाता मध्ये ६०.८६ प्रतिशत अर्थात ७५ हजार २३५ मत खसेको थियो । यो क्षेत्रमा ६.०६ प्रतिशत अर्थात ४ हजार ५५९ मत बदर भएको छ भने ९३.९४ अर्थात ७० हजार ६७६ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै मोरङ २ मा १ लाख २४ हजार ७२९ मतदाता रहेका मध्ये ६४.२८ प्रतिशत अर्थात ८० हजार १७१ मत खसेको थियो । जसमा ५.६२ प्रतिशत अर्थात ४ हजार ५०४ मत बदर भएको थियो भने सदर ७५ हजार ६६६ भएको छ ।
मोरङ ३ मा १ लाख ४९ हजार ८३३ मतदाता भएको मध्ये ६४.८२ प्रतिशत अर्थात ९७ हजार १ सय २६ मत खसेको थियो । जसमा ५.७ प्रतिशत अतर्था ४ हजार ९२४ मत बदर भएको थियो भने सदर ९२ हजार २ सय २ मत भएको छ ।
मोरङ ४ मा १ लाख १० हजार ९३ मतदाता रहेको मध्ये ६७.८१ प्रतिशत अर्थात ७४ हजार६५० मत खसेको थियो । जसमा ५.८५ प्रतिशत अर्थात ४ हजार ३६७ मत बदर भएको थियो भने सदर ९४.१५ प्रतिशत अर्थात ७० हजार २८३ मत भएको छ ।
मोरङ ५ मा १ लाख ४९४ मतदाता रहेको मध्ये ७२.३५ प्रतिशत अर्थात ७२ हजार ७०४ मत खसेको थियो । जसमा ७.३२ प्रतिशत अर्थात ५ हजार ३२४ मत बदर भएको थियो भने सदर ९२.६८ अर्थात ६७ हजार ३८० मत भएको निर्वाचन कार्यालयले जनाएको छ ।
मोरङ ६ मा १ लाख २६ हजार ७६१ मतदाता रहेको मध्ये ६७.५४ प्रतिशत अर्थात ८५ हजार ६१३ मत खसेको थियो । जसमा ६.६ प्रतिशत अर्थात ५ हजार १८७ मत बदर भएको थियो भने ९३.९४ प्रतिशत अर्थात ८० हजार ४२६ प्रतिशत मत सदर भएको छ ।
प्रतिनिधीसभा तर्फ १०५ जना उम्मेदवार रहेका थिए । जसमा ११ महिला र ९४ जना पुरुष उम्मेदवार रहेका थिए । राजनीतिक दलको तर्फबाट ६१ जना र स्वतन्त्रबाट ४४ जना उम्मेदवार रहेका थिए । त्यसैगरी प्रदेश सभातर्फ १२ वटा निर्वाचन क्षेत्रमा ११० जना उम्मेदवार रहेका थिए । जसमा ९ महिला १०१ जना पुरुष उम्मेदवार रहेका थिए । राजनीतिक दलको तर्फबाट ८४ जना र स्वतन्त्रबाट २६ जना उम्मेदवार रहेका थिए ।
विराटनगर । २०७९ भदौ २९ गते सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या भयो । सुनसरी प्रहरीले राईको हत्या आरोपमा असोज ४ गते धनकुटा सागुरीगडी गाउँपालिका ८ घर...
विराटनगर । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको भन्दै संयूक्त टे«ड युनियन समन्वय केन्द्र ( जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब बढाउन माग गरेको छ । जेटियुसीसी कोशी प्रदेशले विराटनगरमा शनिबार...
४० दिनपछि संवैधानिक इजलासमा सरकारी पक्षका अधिवक्ताले बहस गर्ने पालो आएको छ । सरकारी पक्षले यसअघि २९ पुस र २ माघमा बहसको पालो पाएका थिए । त्यो बहस पनि ‘प्रतिनिधिसभा विघटन संवैधानिक हो कि होइन’...
झापा, १६ भदौ-मेची अस्पताल झापाका चिकित्सक, नर्स तथा कर्मचारीले कोभिड- १९ को जोखिम मोलेर काम गरे पनि ‘जोखिम भत्ता’ नपाएको भन्दै आजदेखि आन्दोलनमा उत्रिएका छन् । सरकारले कोभिड–१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई...
उदयपुरको त्रियुगा नगरपालिका–२ खुदियाई जंगलबाट प्रहरीले लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ ।बुधबार बेलुका जंगलबाट मोटरसाइकलमा घाँस भित्र लुकाएर लागूऔषध लिएर फर्कदै गरेका त्रियुगा नगरपालिका–१ का २४ बर्षीय विबेक राई र २२ बर्षीय भूपेन्द्र...
पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका– ३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका– ६ का ३६ वर्षीय उमा गुरुङ, वडा...
विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले शुक्रबार ह्याण्डराइटिङ्ग प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा– ११ र १२ का विद्यार्थीहरुविच उक्त प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीहरुलाई उनिहरुभित्र भएको कलाको प्रस्फुटन गर्नका लागि उक्त प्रतियोगिता आयोजना...
विराटनगर, साउन २९-बिहीबार मोरङमा ८८ सहित प्रदेश १ मा १ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश १ मा बिहीबार थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो । गएको २४ घण्टामा प्रदेश १ मा...