हाड जोर्नीको उपचारमा आर्या न्यूरो अब्बल, जोर्नी प्रत्यारोपण देखि हाड जोड्नेसम्मको उपचार

 न्यूज विराट
हाड जोर्नीको उपचारमा आर्या न्यूरो अब्बल, जोर्नी प्रत्यारोपण देखि हाड जोड्नेसम्मको उपचार

विराटनगर । विराटनगर ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ ।

अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिम दुवैको संयोजन मिलेका कारण आर्या न्यूरोमा हाडजोर्नीको उपचारमा पछिल्लो समय फड्को मारेको छ । यो अस्पतालमा अहिले जोर्नी प्रत्यारोपणदेखि हाड जोड्नेसम्मको उपचार हुने गरेको छ ।

आर्या न्यूरोमा अर्थोस्कोपिक, हाडजोर्नी सम्बन्धी उपचार, मेरुदण्ड शलयक्रिया, मेरुदण्डमा स्टिल हाल्ने, जोर्नी प्रत्यारोपण (घुँडा, कम्मर तथा कुहिना) हुने गरेको छ । जोर्नी प्रत्यारोपणदेखि हाड जोर्नी फेर्नेसम्मको उपचार सेवा सुरु भएपछि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. मिलन केसीले बताए ।

हार्डजोनी तथा नशारोग विशेषज्ञ डा. मिलन केसीले विरामीको शल्यक्रिया गर्दै ।

आर्या न्यूरोमा केही दिन अगाडी मोरङको जहदा गाउँपालिका ३ की ७२ वर्षीय फुलदेवी ऋषिदेवको हिपको सफल प्रत्यारोपण गरेको छ । डा. केशीको नेतृत्वमा राजवंशीको हिपको सफल प्रत्यारोपण भएको हो । विरामीको सफल उपचार भएपछि राजवंशी अहिले मज्जाले हिडडुल गर्न सक्ने भएकी छिन् । ‘उमेर बढदै जाँदा हड्डी खिइने समस्या हुने गर्दछ,’ डा. केसीले भने ।

यसैगरी आर्या न्यूरो अस्पतलामा सवारी दुर्घटनमा परी उर्लाबारीका ३० वर्षीय समीर पौडेल मेरुदण्ड र ‘पेलविस’ भाचिएको थियो । अस्पतालका डा. केसीले फेलविसको सफल शल्यक्रिया गरेपछि विरामी ठिक भएर डिस्र्चाज भएका छन् ।

यसैगरी भोजपरकी ३० वर्षीय सृजना तामाङ्ग लडेर मेरुदण्डमा चोट लागेको थियो । उनको खुट्टा पनि नचल्ने भएको थियो । उनी उपचारको लागि विराटनगरको एक हस्पिटलमा पाँच दिन राखियो । ठिक नभएपछि आफन्तको साहारमा आर्या न्यूरो हस्पिटल आएकी थिइन् । कार्तिक २ गते वरिष्ठ न्यूरो सर्जन तथा अस्पतालका प्रबन्धक निर्देशक डा. पंकजराज नेपालको टिमले मेरुदण्डको सफल शल्यक्रिया ग¥यो । २८ दिन हस्पिटलमा बसेपछि १ मंसिरमा डिस्चार्ज भएको थियो । उनी आइतबार हस्पिटलमा फलोअपमा आएकी थिइन् । ‘अहिले मज्जाले हिडडुल गर्न सक्ने भएको छु,’ उनले भनिन्, ‘आर्या न्यूरोले नयाँ जीवन दिएको छ ।’

यसरी अस्पतालमा डा. केसी आएर हाड जोर्नी सम्बन्धी रोगीका विरामीको उपचारमा आर्यान्यूरो निरन्तर सफलतातिर अग्रसर बनेको हो । अस्पतालमा हाड जोर्नीको सफल शल्यक्रिया तथा उपचार हुन थालेपछि पूर्वी नेपाल र भारतका विरामीको चाप बढ्न थालेको छ । गुणस्तरीय सेवा प्रदान गरेर विरामीको मन जित्न पनि आर्या न्यूरो सफल हुँदै गएको हो । पूर्वी नेपाल र भारतीय सीमा क्षेत्रबाट आउने विरामीले हार्डजोर्नी सेवा पाउँदै आएका छन् । अस्पतालमा जटिल शल्याक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने विरामीको संख्या बढ्दै गएको छ ।

आर्या न्युरो अस्पतालमा घुँडाको प्रत्यारोपण हुन थालेपछि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको उनले बताए । चिकित्सकका अनुसार ५० वर्षमाथिका वृद्धवृद्धामा घुँडाको हाड बढेर हुने दुखाइ कम गर्न यस्तो प्रत्यारोपण गरिन्छ । घुँडाको हाड काटेर त्यसमा नयाँ निर्मित जोइन्ट उपकरण राखिन्छ । खासगरी वृद्धाअवस्था भएपछि घुँडा दुख्ने समस्या आउने गरेको बताउँदै चिकित्सक केसीले भने, ‘अपरेसनपछि पूर्ववत् अवस्थामा फर्कन सकिन्छ ।’
जोर्नी प्रत्यारोपण गरेपछि बिमारीहरू झन् हिंँडडुल गर्न सक्दैनन् भन्ने जनमानसमा जुन धारणा छ, त्यो विलकुल गलत भएको उनले बताए ।

आर्या न्यूरोमा सफल उपचार भएका विरामीहरु ।

सम्बन्धित समाचार

खैरो हिरोईनसहित २ जना पक्राउ

विराटनगर । लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङ सुनवर्षी नगरपालिका वडा नं. ९ डाईनिया बजारमा रहेको बोलबम पेट्रोल पम्प अगाडीबाट लागूऔषध खैरो हिरोईनसहित दुई जनालाई पक्राउ गरेको हो । लागूऔषध ओसारपसार तथा...

कार्यकक्षमै कुटिए सब-इन्जिनियर

जाजरकोट, १४ चैत । जाजरकोटको शिवालय गाउँपालिका– ७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इन्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै आफूले राम्रोसँग काम गर्न र...

दक्षिण कोरिया : पहिलोपटक बिरालोमा कोरना सङ्क्रमण पुष्टि

एजेन्सी, १४ माघ । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दक्षिण कोरियाको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक...

नेकपाभित्रको विवादबारे मुख खोले महराले

काठमाडौं, १७ वैशाख-पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको विवादबारे पहिलोपटक मुख खोलेका छन् ।नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहँदा मौन रहँदै आएका महराले विज्ञप्ति जारी गरेर दलहरुबीच आन्तरिक एकता कायम गरी संवाद, सहमति...

२३४ केजी गाँजासहित पाँच जना पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले ठूलो परिमाणमा गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले रंगेलीले २ सय ३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको हो । रंगेली नगरपालिका २ चेका खोला स्थित गहुँबारीमा...

सेन्टर मलमा नयाँ वर्षको अफर धमाका

विराटनगर । विराटनगरस्थित सेन्टर मलले नयाँ वर्षको अवसर पारेर ‘सेन्टर मल नव वर्ष २०८१ को अफरहरुको धमाका’ सहितको छुट योजना ल्याएको छ । नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि उक्त अफरहरुको धमाका योजना लिएर आएको हो...

लकडाउनमा सक्रिय काठमाडौं महानगर : साढे ६८ हजारलाई राहात, २० हजारलाई नियमित भोजन

काठमाडौं, १५ वैशाख-काठमाडौं माहानगरपालिकाले लकडाउनको अवधिमा आफ्नो सक्रियता बढाएको छ । लकडाउन अवधिमा कतिपय विकास निर्माणका कामदेखि महानगरको सरसफाई र राहात वितरणमा सक्रियता बढाइएको काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्द शाक्यले बताए । महानगरप्रमुख शाक्यले ४५ औँ...

हाइल्याण्ड स्कुलको वार्षिकोत्सव भव्य

  [caption id="attachment_47360" align="alignnone" width="1360"] पुरस्कार प्रदान गर्दै ६ नं. वडाध्यक्ष जय तामाङ ।[/caption] शनिश्चरे । मोरङ्गको पथरीशनिश्चरे ८ मा स्थापित हाईल्याण्ड ईङ्लीस बोडिङ स्कुलले सांस्कृतिक कार्यक्रम र अभिभावक दिवस सम्मन्न गरको छ । आज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्