पुर्व स्वास्थ्यमन्त्रीलाई भारी मतअन्तरले पछि पार्दै मेडिकल व्यवसायी सुनिल शर्मा निर्विाचित

 न्यूज विराट
पुर्व स्वास्थ्यमन्त्रीलाई भारी मतअन्तरले पछि पार्दै मेडिकल व्यवसायी सुनिल शर्मा निर्विाचित


विराटनगर ।
पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भारी मतअन्तरले हराउँदै मोरङको क्षेत्र नं. ३ बाट मेडिकल व्यवसायी तथा नेपाली काँग्रेसका उम्मेदवरा डा. सुनिल कुमार शर्मा विजयी भएका छन् ।

ढकाललाई २२ हजार ७ सय ३६ मत अन्तरले पछि पार्दै शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

शर्माले ४८ हजार ६३१ मत ल्याएका छन् भने ढकालले २५ हजार ८९५ मत ल्याएका छन् । तेस्रो भएकी रेखा थापाले १० हजार ९८८ मत ल्याएकी छिन । २०७४ सालमा शर्मा र ढकाल मोरङ क्षेत्र नं. ३ मा प्रतिस्पर्धा गरेका थिए ।

२०७४ मा ढकालले शर्मालाई १ हजार ९०७ मतअन्तरले पराजित गरेका थिए । त्यसबेला ढकालले ४२ हजार ४१३ मत ल्याए भने शर्माले ४० हजार ५०६ मत पाएका थिए । यसपटकको चुनावमा शर्माले ०७४ मा हारेको बदला लिदै फराकिलो मतअन्तरले पराजित गरी संसदको ढोका खोल्न सफल भए ।
मोरङ ३ लाई एमालेको गढ मानिन्छ। यसपटक भने यो क्षेत्रमा कांग्रेसले जीत निकालेर इतिहास रचेको छ। विरासत समाल्दै आएको एमालेको क्षेत्रमा गठबन्धन भर्सेस एमाले मैदान थिए। प्रतिनिधी सभामा निर्वाचित भएका शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेका अध्यक्ष हुन् । ०७४ मा पराजित भएपनि शर्माले मोरङ क्षेत्र नं. ३ का जनतालाई स्वास्थ्य उपचार सेवामा छुट दिने गरेका थिए ।

यस्तै प्रदेश तर्फ ३(१) मा काँग्रेसका मान बहादुर लिम्बुले निर्वाचित भएका छन् । उनले १९हजार ७४९ मत ल्याएका छन् । एमालेका दिलीप राई १४ हजार ८ सय १७ मत मात्रै ल्याएका छन् । लिम्बुसँग पराजित हुने राई पथरीशनिश्चरेका पुर्व मेयर हुन् ।

मोरङ ३(२) मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका छन् । उनले एकीकृत समाजवादी लक्ष्मी कुमार श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका हुन । सुवेदीले १७ हजार ७सय २८ मत ल्याएर विजयी बन्दा श्रेष्ठले भने १५ हजार ३सय ५८ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

शेयर चलखेलबारे तीन दिनभित्र स्पष्टीकरण बुझाउन एनसीसी बैंकलाई नेप्सेको पत्र

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनसीसी बैंकलाई स्पष्टीकरण सोधेको छ । नेप्सेले आइतबार शेयरमूल्यमा असर पार्ने किसिमका गतिविधि गरेको आशंका गर्दै स्पष्टीकर माग गरेको हो । नेप्सेले सूचना जारी गर्दै शेयर मूल्यमा प्रभाव पार्ने कुनै पनि किसिमको...

प्यारागन स्कुलमा नयाँ व्यवस्थापक, मन्टेश्वरी र बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा दिने घोषणा

विराटनगर । शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अनुभवी टिमले विराटनगर ३ पुष्पलाल चोकमा अवस्थित प्यारागन एकेडेमी बोर्डिङ स्कुल संचालनमा ल्याएका छन् ।प्यारागन एजुकेसन फाउण्डेसनमा सञ्चालनमा रहेको उक्त विद्यालय शिक्षा क्षेत्रमा लामो...

कोरोना परीक्षण गर्न आउनेलाई विभेदको डर : प्रवक्ता देवकोटा

काठमाडौं, १७ वैशाख-विदेशबाट आएका व्यक्तिहरू आफू संक्रमित भएको शंका लाग्दालाग्दै पनि परीक्षण नगरेको पाइएको छ । संक्रमण देखिए विभेदपूर्ण व्यवहार हुन सक्छ भन्ने डरले परीक्षण गर्न नआउने गरेको स्वास्थ्य मन्त्रान्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए...

भोजपुरको शहीद पार्क संरक्षणविहीन अवस्थामा

भोजपुर, फागुन ९–भोजपुर सदरमुकाममा रहेको शहीद पार्क संरक्षणविहीन अवस्थामा पुगेको छ । विगतमा जिल्ला विकास समितिको संरक्षणमा रहेको सो पार्क अहिले आएर जिल्ला समन्वय समितिमातहतमा रहेको छ । सदरमुकामभित्र रहेर पनि पार्कको उचित व्यवस्थापन हुन...

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

काठमाडौं, २४ माघ । मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले...

सबै कर्मचारीको पेशागत सुरक्षा गर्ने सागर थापाको उद्घोष

विराटनगर, २५ वैशाख । नेकपा एमाले विराटनगरका मेयरका उम्मेदवार सागर थापाले कर्मचारीहरूको पेशागत सुरक्षाको प्रत्याभूति गर्ने बताएका छन् । आइतवार विराटनगर महानगरपालिका कर्मचारीहरूसँगको साक्षत्कार कार्यक्रममा बोल्दै आफूले महानगरपालिकाका नेतृत्व प्राप्त गरेपछि त्यहाँ कार्यरत सबै कर्मचारीहरूको...

जाडोमा यसरी दाँतको ख्याल गर्ने

डा. सुधीर श्रेष्ठ चिसो बढ्दै जाँदा स्वास्थ्य समस्याहरु पनि देखिन थाल्छन् । गर्मी होस् वा जाडो, मौसमअनुसार मानिसको स्वास्थ्यमा असर परिरहेको हुन्छ ।मानिसमा देखिने अनेक स्वास्थ्य समस्यामध्ये एक हो– दाँतको दुखाइ । विभिन्न कारणले दाँत...

बालिका बलात्कारको आरोपमा मोरङको जहदाका सरबरिया पक्राउ

विराटनगर, १६ फागुन । मोरङको जहदाका एक व्यक्ति बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्र सरबरीया रहेका छन् । उनीमाथि गत फागुन ११ गते स्थानीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्