विराटनगर । आइतबार बिहान सात बजेबाट सुरु हुने मतदानका लागि मतदाताहरू बिहानै मतदानस्थल आउन थालेका छन् । मतदानको समय बिहान ७ बजेदेखि सुरु हुने भए पनि चाँडै पालो पाइने भन्दै मतदाताहरु झिसमिसेमै मतदानस्थल पुगेर लाइन बसेका हुन् ।
मोरङ क्षेत्र नं. ६ को जनपथ मावि मतदान केन्द्रमा मतदाताहरु बिहानै लाइनमा बसेको देखियो । मोरङमा ८ सय ३९ वटा मतदान केन्द्र र ३ सय ६ वटा मतदान स्थल रहेको छ । जिल्लामा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता रहेका छन् । जसमा ३ लाख ७४ हजार ३ सय २६ जना पुरुष र ३ लाख ६१ हजार १ सय ९३ जना महिला रहेका छन् भने ६ जना अन्य रहेका निर्वाचन कार्यालयले जनाएको छ । मोरङ कारागार र आर्दश पुष्तकालय विराटनगरमा अस्थायी मतदान केन्द्र बनाएको छ । मोरङमा सबैभन्दा बढी मोरङको ३ नम्बर क्षेत्रमा बढी मतदाता रहेका छन् । क्षेत्र नं. १ मा १ लाख २३ हजार ६१५, क्षेत्र नं. २ मा १ लाख २४ हजार ७२९, क्षेत्र नं. ३ मा १ लाख ४९ हजार ८३३, क्षेत्र नं. ४ मा १ लाख १० हजार ९३, क्षेत्र नं. ५ मा १ लाख ४ हजार ९४ र क्षेत्र नं. ६ मा १ लाख २६ हजार ७ सय ६१ जना मतदाता रहेका छन् । मोरङमा २ सय १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधी सभा सदस्यमा १०५ र प्रदेश सभातर्फ १ सय १० जना उम्मेदवार रहेका छन् ।
विराटनगर । विराटनगरमा निकाल्ने ऐतिहासिक राधाकृष्ण रथयात्रा मंगलबार निस्कँदै छ । राधाकृष्णको युगल जोडीको रथयात्रा भाद्र ११ गते मंगलबार विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्कने भएको हो । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रत्येक वर्ष विराटनगरमा रथयात्रा...
काठमाडौं, २७ जेठ-प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले...
विराटनगर, २१ वैशाख । कोरोना संक्रमणबाट चार दिनको फरकमा विराटनगर महानगरपालिकामा कार्यरत दुईजना कर्मचारीको मृत्यु भएको छ । नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको मृत्यु भएको चार दिन नबित्दै संक्रमणबाट अर्का कर्मचारीको पनि मृत्यु भएको हो...
जनकपुरधाम उपमहानगरपालिका- १३ मा ५० बेडको क्वारेन्टाइन स्थापना गरिने भएको छ । मणिपाल शिक्षण अस्पतालका लागि निर्माणाधीन अवस्थामै अलपत्र रहेको भवनमा आइसोलेसन कक्ष निर्माण गर्न लागिएको हो । यसको पूर्वाधार निर्माण, उपकरण तथा चिकित्सकलाई तालिम...
विराटनगर, ४ वैशाख । विराटनगर महानरपालिकामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले लगातार मतान्तर बढाउँदै लगेका छन् । सुरुदेखिनै अग्रता बनाएका उनले ४४ हजार ५ सय ६८ मत गनिसक्दा पनि फराकिलो मत अन्तरसहित अग्रता...
चितवन, ३० वैशाख-कोरोना संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाले पनि कोरोना जितेकी छिन् । २ पटकसम्म गरिएको स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । पूर्वी...
एजेन्सी, बैशाख २८-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेमध्ये आधाभन्दा बढी संख्या ३ वटा देशमा छ । अमेरिका, बेलायत र इटालीमा मात्रै विश्वमा मृत्यु भएका मध्ये आधाभन्दा बढीको मृत्यु भएको हो । कोरोना भाइरसका कारण...
विराटनगर, १६ कात्तिक । प्रदेश १ सरकारले निवर्तमान मुख्यमन्त्री भीम आचार्यका पालमा भएका सबै निर्णय र राजनीतिक नियुक्ति पुनरावलोकन गर्ने भएको छ । राजेन्द्र राई मुख्यमन्त्री बनेपछि पहिलोपटक बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आचार्यका पालमा भएका...