गठबन्धनको चुनावी कार्यक्रम बिथोल्न एमालेद्वारा मोरङ क्षेत्र नं. ४ मा भिजिलान्ते प्रयोग 

 न्यूज विराट
गठबन्धनको चुनावी कार्यक्रम बिथोल्न एमालेद्वारा मोरङ क्षेत्र नं. ४ मा भिजिलान्ते प्रयोग 

विराटनगर । नेकपा एमालेले गठबन्धनको चुनावी कार्यक्रम बिथोल्न भिजिलान्तेहरुको प्रयोग गरेको पाइएको छ । मोरङ  क्षेत्र नं। ४ मा हुने लोकतान्त्रिक बाम गठबन्धनका कार्यक्रमहरू बिथोल्न एमालेले अन्यत्र जिल्लाहरूबाट भिजिलान्ते प्रयोग गरेको भेटिएको हो ।  

बुधवार मोरङको कटहरी ३ चम्राहीमा आयोजित चुनावी सभामा उम्मेदवारलाई गालिगलौच गर्दै एमालेका भिजिलान्तेहरु प्रयोग गरेको स्थानीय नेताहरूको भनाई छ । 

गठबन्धनको कार्यक्रम एमालेले जिल्ला र क्षेत्र भन्दा बाहिरका मानिसहरू परिचालन गरेर कार्यक्रम बिथल्ने प्रयास गरेको कटहरी गाउँपालिका ३ का स्थानीय यादव चौधरीले बताए । 

मोरङ क्षेत्र नं। ४ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट अमनलाल मोदी, प्रदेशतर्फ भीम पराजुली र गुरुराज घिमिरे रहेका छन् । एमालेबाट प्रतिनिधि सभामा विनोद ढकाल र प्रदेशतर्फ जीवन घिमिरे र जयप्रकाश गच्छदार रहेका छन् । गठबन्धनको आक्रामक चुनावी प्रसार प्रसारबाट डराएका एमालेका उम्मेदवारहरू अहिले कार्यक्रम बिथल्न भिजिलन्ते प्रयोग गर्न थालेका गठबन्धनका स्थानीय नेताहरू बताउँछन् । ‘गठबन्धनको आक्रामक चुनावी प्रचार प्रसार हुन थालेपछि एमालेका उम्मेदवारहरू मोरङ क्षेत्र नं। ४ मा डराएका छन्,’ काँग्रेसका क्षेत्रीय प्रतिनिधि दिनेश पासवानले भने, ‘चुनाव हार्ने डर पैदा भएपछि एमालेका उम्मेदवारहरू अहिले गठबन्धनको कार्यक्रमहरू भिजिलन्ते पढाउने र कार्यक्रम बिथोल्न प्रयासमा छन् । हामी सचेत हुन जरुरी छ । बुधवार कटहरी ३ मा भएको घटना पनि त्यही हो ।’

सम्बन्धित समाचार

आज ७३६ संक्रमित थपिए, ८४७ जना डिस्चार्ज

गत २४ घण्टामा देशभर आज ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता...

काँकडभिट्टा गइरहेको बस दुर्घटना, २० जना घाइते

काठमाडौंबाट काँकडभित्ता गइरहेको बस धनुषामा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । प्रदेश ३–०१–००५ ख ९७२१ नम्बरको बस आज बिहान ४ बजे दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले...

स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक...

आरडीटी पोजिटिभ देखिएकी वीरगञ्जकी युवतीको मृत्यु

जनकपुर, १४ वैशाख-आरडीटीमा पोजिटिभ देखिएकी पर्साको वीरगञ्जकी १ युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आज बिहान मृत्यु भएको हो । ब्लडक्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै...

इलाममा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु

विराटनगर, १३ असार । इलाममा बिरामी बोकेको ट्याक्सी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ–५ का ६५ वर्षीय हिम प्रसाद लावती, उनकी श्रीमती ५७ वर्षीया पदम कुमारी लिम्बू र माङ्सेबुङ–२ का...

प्रदेश १ मा थप ९ जनामा कोरोना पुष्टि

विराटनगर, जेठ ६–प्रदेश १ मा मंगलबार थप ९ जनामा कोरोना पुष्टि भएको छ । विराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापाको कचनकबल गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार सोही गाउँपालिकाका एक व्यक्तिमा...

डाक्टर खोज्दाखोज्दै कोशीमा ५५ वर्षीया महिलाले गुमाइन् ज्यान, डाक्टर खरेलको नेतृत्वमा छानविन समिति गठन

विराटनगर  ।  विराटनगरस्थित कोशी अस्पतालको ओपीडी वार्डमा उपचार नपाएर ५५ बर्षीया एक महिलाको  मृत्यु भएको छ । अस्पतालले उपचारमा ढिलासुस्ती गरेको कारणले मोरङको जहदा गाउँपालिका १ की ५५ बर्षीया द्रोपतीदेवी राजवंशीको मृत्यु भएको परिवारको आरोप छ...

एसईई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल

कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्