एमालेलाई भोट माग्ने अधिकार छैन : काँग्रेस नेता आचार्य

 न्यूज विराट
एमालेलाई भोट माग्ने अधिकार छैन : काँग्रेस नेता आचार्य

विराटनगर । नेपाली काँग्रेसका नेता महेश आचार्यले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् ।मोरङको क्षेत्र नं. ४ मा पर्ने कटहरिमा चुनावी सभामा सम्बोधन गर्दै नेता आचार्यले पटक – पटक संसद्लाई भत्काउनेलाई भोट दिन नहुने बताएका हुन् ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका मोरङ क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार अमनलाल मोदी, प्रदेशसभा सदस्य ४९१० उम्मेदवार गुरुराज घिमिरे र ४९२० का काँग्रेसका उम्मेदवार भीम पराजुलीलाई भोट माग्दै आचार्यले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेकोले गठबन्धनका उम्मेदवारलाई भारी मतले विजयी गराउनुपर्ने बताए । 
उनले मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरे । केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने हुँदा यसलाई रोक्न जनता अग्रसर हुनु पर्ने उनले बताए ।

‘एमालेलाई अब भोट माग्ने अधिकार छैन, केपीले नैतिक अधिकार गुमाइसके, पटक पटक संसद् भत्काउनेलाई अब जनताले सबक सिकाउने छन्’, उनले भने, ‘गठबन्धन संविधानको रक्षा र लोकतन्त्र बचाउन बनेको हो, अहिले जति कराए पनि मङ्सिर ४ पछि प्रतिगमन टाउको उठाउन नसक्ने गरी ढल्नेछ, नेपाली जनताले ओलीलाई चिनिसके ।’
उनले आगामी निर्वाचन प्रतिगमन र अग्रगमनका बिच प्रतिस्पर्धा हुने बताए । प्रतिगमनको विरुद्धमा र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको हुँदा सहज रूपमा चुनाव जित्ने उनले बताए । 

कार्यक्रममा मोरङ क्षेत्र नं. ४ का प्रतिनिधि सभाका उम्मेदवार अमनलाल मोदीले यस क्षेत्रको अधुरा काम पुरा गर्दै पाँच वर्षमा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकासमा काम गर्ने बताए । देशको परिवर्तनको आन्दोलनमा आफूले धेरै लगानी गरेको भन्दै जनताको मुक्तिको लागि सधैँ लड्दै आएको उनले सुनाए ।

उनले आफू माओवादी केन्द्रको भन्दा पनि गठबन्धनको साझा उम्मेदवार भएको बताए । ‘म मोरङ क्षेत्र नं. ४  को पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुँ । त्यसो हुँदा गठबन्धनको टिम यो क्षेत्रमा सशक्त छ, बलियो छ, यसर्थ म मेरो टिमको विजय सुनिश्चित छ,’ उनले भने ।

सम्बन्धित समाचार

स्वावलम्बन लघुवित्तको साक्षरता कार्यक्रम

विराटनगर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले केन्द्र प्रमुखहरू अन्र्तक्रिया र वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा दुई दिनसम्म कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बिहीबार...

जीवन विकास गोल्डकप सुरू, उद्घाटन खेलामा पशुपति युवा क्लबको विजयी सुरूवात

विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरू भएछ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरू भएको हो । उद्घाटन खेलमा पशुपति युवा क्लब दादरबैरियाले हातिबन्धा...

कोरोना विरुद्धको रुसी औषधी अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने

एजेन्सी, साउन २९-कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधीको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए । परीक्षणका...

भव्य भयो ‘मोर्डन एरा लिटल च्याम्प्स’, दिवस, अनुसुया, सृष्टिका र आभा भइन् बिजेता

विराटनगर । विराटनगरस्थित मोर्डन एरो स्कुलमा ‘मोर्डन एरा लिटल च्याम्प्स प्रतियोगिता सम्पन्न भएको छ । स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी मोर्डन एरा लिटल च्याम्प्स सम्पन्न भएको हो । छुट्टा –छुैट तीन विधामा...

मिल्स क्रिकेट प्रतियोगिता : वाइआरसिसी र एनबीएससी सेमिफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा वाइआरसिसी क्रिकेट क्लब विराटनगर र एनबीएससी क्रिकेट क्लब विराटनगर विजयी भइ सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा होराइजन क्रिकेट क्बल...

विराटनगर भावीपुस्ताले गर्व गर्न लायक बनाउन सकिन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताउनुभएको छ ।विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

चोरीको झुठो सूचना दिने दुईजना पक्राउ

जनकपुरधाम । कार र नगद लुटेको भनेर झुठो सूचना दिने दुईजनालाई धनुषा प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका– ७ का दीपनारायण यादव र उनका साथी आशाराम चौधरी रहेका छन्...

प्रदेश १ मा ३०८ संक्रमणमुक्त, २५२ संक्रमित थपिए

विराटनगर, ३ साउन । प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६९ महिला र १३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७१ हजार १६१ रहेको सामाजिक विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्