गठबन्धनले फराकिलो मतान्तरले बहुमत ल्याउँछ : महत

 न्यूज विराट
गठबन्धनले फराकिलो मतान्तरले बहुमत ल्याउँछ : महत

विराटनगर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले काँग्रेस नेतृत्वको गठबन्धनले फराकिलो मतअन्तरले बहुमत ल्याउने बताएका छन् । विराटनगरमा बुधबार विहान आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता महतले यस्तो बताएका हुन् ।

पाँच दलिय गठबन्धनले बहुमत ल्याएर काँग्रेसको नेतृत्वको सरकारले बन्ने उनले बताए । महतले मतदातालाई नियन्त्रण गर्न नसकेपनि पार्टी पंक्ति भने इमान्दारपूर्वक गठबन्धनलाई मत हाल्ने र बहुमत ल्याएर सरकार बन्ने बताए । १६५ सिट मध्ये काँग्रेसले ९१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको उल्लेख गर्दै महतले अधिकतम ठाउँमा जित्ने उनको दाबी छ ।
उनले कांग्रेसलाई इमान्दारपूर्वक गठबन्धनलाई मत नहालेको आरोप अब नलाग्ने बताए । महतले अहिलेको निर्वाचन प्रणालीले गर्दा एक्लै बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन भएको समेत बताए । उनले एमालेको गठबन्धनले लगानी भित्राउन नसक्ने दाबी गरे । महतले एमाले अध्यक्ष ओलीको नेतृत्वमा कुरा धेरै भएको तर काम नभएको आरोप लगाए । ‘कांगे्रसले काम गरेको प्रचार गर्न नजानेकाले दुःख पाएको छ । हामीले खुरु खुरु काम गर्यौ । अरुले प्रचार गरे,’ उनले भने ।

सम्बन्धित समाचार

दुधकोशी र खुम्बु जोड्‍ने मोटरेबल पुल सञ्चालनमा

सोलुखुम्बु, २ माघ । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको बिचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरूले बताएका छन् ।  ४८ मिटर लामो...

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु अस्पतालबाट डिस्चार्ज

काठमाडौं, ९ जेठ-कोरोना भाइरका कारण मृत्यु भएकी महिलाले जन्माएकी शिशुलाई धुलिखेल अस्पतालले डिस्चार्ज गरेको छ । उनको परिवार र शिशुको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको हो । ‘आज डिस्चार्ज गरिको हो’, अस्पतालका डा. सुमन...

कोरोना परीक्षणको संख्या ३३ हजार नाघ्यो

सरकारले सोमबारसम्म देशभरी साढे ३३ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाब परीक्षण (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक (आरडीटी) विधिबाट ३३ हजार ५ सय ६२...

अर्किड कलेजले बाढ्यो उत्कृष्ट ६० विद्यार्थीलाई ३ लाख बरावरको नगद पुरस्कार

विराटनगर । विराटनगरमा रहेको अर्किडक कलेजले उत्कृष्ट ६० जना विद्यार्थीहरुलाई ३ लाख बरावरको नगद पुरस्कार वितरण गरेको छ । कलेज परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार वितरण गरेको हो ।कक्षा...

कोशीमा सबै मिलेर जानुको विकल्प छैन : हिक्मत कार्की

विराटनगर । एमाले कोशी संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अदालतले गठबन्धनले मिचेको संविधान र कानूनको संरक्षण गरेको बताएका छन् । सर्वोच्च अदालतले उद्धव थापालाई पदमुक्त गर्दै कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएपछि उनले...

‘ भ्यालेन्टाइन डे’ को लागि ह्यासट्याग सजाइयो, सांगीतिक कार्यक्रम हुने

विराटनगर । विराटनगरको एयरपोर्ट मोडमा रहेको ह्यासट्याग फुड एन्ड वारमा प्रेम दिवसमा विशेष कार्यक्रम हुने भएको छ ।विगत ४ वर्षदेखि प्रेम दिवसमा ह्यासट्यागले विशेष सांगीतिक कार्यक्रम गर्दै आएको छ । यो वर्ष पनि रिन्तरा दिएको...

मोवाईल चोरीमा संलग्न ब्यक्ति ८० राउन्ड गोली सहित पक्राउ

झापा, असार २९। झापाको भद्रपुर नगरपालिका-५ का १८ बर्षीय मोहम्बद प्यारे मोवायल चोरीको आरोपमा पक्राउ परेका छन् भने उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ । यही असार २४ गते राती पुरानो...

मोरङ बुढीगंगामा एमाले छोड्नेको लर्को, ४० जना माओवादीमा प्रवेश

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको एमाले नेताहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गरेका छन् । केही समयअगाडि नेकपा एमालेका नेता बलभद्र सरदार थारु माओवादी केन्द्र प्रवेश गरेका थिए । सरदारको माओवादी प्रवेशसँगै एमालेबाट बुढीगंगा २ को...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्