असुरक्षित हुने गर्भपतनलाई निरुत्साहित गर्न जोड

 न्यूज विराट
असुरक्षित हुने गर्भपतनलाई निरुत्साहित गर्न जोड

विराटनगर—असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साहित पारी सुरक्षित रुपमा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । शुक्रबार स्वास्थ्य लाइभले विराटनगरमा आयोजना गरेको कार्यक्रममा गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउन आवश्यक रहेको बताए ।

उनीहरुले असुरक्षित गर्भपतनका कारण महिलाहरुले नै जोखिम मोल्नुपर्ने अवस्था रहेको उनीहरुले बताए । कार्यक्रममा बोल्दै विराट मेडिकल कलेजका अध्यक्ष तथा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्कीले असुरक्षित रुपमा हुने गरेको गर्भपतनलाई सुरक्षित बनाउनु र सकभर परिवार नियोजनका साधनहरु प्रयोग गरी गर्भपतन गराउनु हुँदैन भन्ने सन्देश दिनु आवश्यक रहेको बताए ।

‘सकभर गर्भपतन गर्न नपरोस् भन्ने मान्यता राख्ने गर्दछु,’ डा. कार्कीले भने, ‘तर पनि अहिले गर्भपतन गराउन आउने गरेका छन् ।’ गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउनुपर्नेमा डा. कार्कीले बताए । ‘गर्भपतन गराउन पाईन्छ वा पाईदैन भन्ने कुराको सबैलाई ज्ञान छैन,’ उनले भने, ‘कस्तो अवस्थामा कहाँबाट गर्न पाइन्छ कस्तो अवस्थामा पाइदैन भन्ने कुराको सबैलाई ज्ञान हुन आवश्यक रेहको छ ।’ यसमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विशेष पहल गर्नुपर्ने उनले बताए । कार्यक्रममा विपी कोइराला विज्ञान प्रतिष्ठानका श्याम लम्सालले जथाभावी गर्भतपन गराउँदा महिलाको स्वास्थ्यमा असर पर्ने बताए ।

औषधी खाँदा अरूले थाहा नपाउने, समय थोरै लाग्ने र सहजरूपमा पाइने भएकाले महिलाहरू बढी मेडिकलमा गई अवैध रुपमा गर्भपतन गराउने समस्या बढेको उनले बताए । असुरक्षित गर्भपतनलाई निरुत्साहित गर्न जनचेतना अभिवृद्धि गर्नु जरुरी उनले बताए ।

प्रदेश १ स्वास्थ्य मन्त्रालयका नर्सिङ अधिकृत कृतिश्री दाहालले गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जोगाउन आवश्यक रहेको बताईन् । उनले इच्छाविपरीत भइहालेमा सुरक्षित तरिकाले गर्भपतन गराउन नेपाल सरकारबाट सूचीकृत स्वास्थ्यकर्मी भएको स्वास्थ्य संस्थामा गएर सेवा लिन आग्रह गरिन् । दाहालले खुला सीमाबाट हुने दार्ताबिनाको औषधिको प्रयोग सबै जुटेर नियन्त्रणमा लिनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा औषधी व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्काले गर्भपतनका औषधि बिना दर्ताका नेपाल प्रवेश हुने र बिक्रिवितरण भए पनि सिमित स्रोत साधन र जनशक्तिले गर्दा प्रभावकारी अनुगमन गर्न सम्भव नभएको बताए । उनले गलत रुपमा औषधिको प्रयोग हुने गरेको कुरालाई भने स्वीकार गरे । खड्काले औषधि व्यवस्था विभागले मात्रै यो बिक्रिति रोक्न नसक्ने भन्दै उनले जिल्ला प्रसाशन कार्यालय, संचारकर्मी, मन्त्रालय सबैको सहयोग जरुरी भएको बताए ।

मेरी स्टोप्स इन्टरनेशनलका सिनियर एड्भाइजर केपी उपाध्ययले गलत रुपमा हुने गर्भपतनका औषधिको प्रयोगमा सबै सचेत हुनुपर्ने बताए । उनले संचारकर्मीहरुले गर्भपतनका समाचार लेख्दा सेवाग्राही महिलाको भावनालाई बुझेर लेख्न पनि आग्रह गरे । ‘गर्भपतन गराउन प्रत्साहन गर्नु हुँदैन’, उपाध्यायले भने, ‘तर कसैले गराउँछु भनेको खण्डमा सुरक्षित रुपमा दर्ता भएका स्वास्थ्य सस्थामा गएर पूर्ण सेवा लिन अनुरोध गर्नुपर्छ ।’,

सम्बन्धित समाचार

क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेशीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतवनी, दियो २४ घण्टाको अल्टिमेटम

विराटनगर – नेपाल क्षयरोग निवारण संस्था मोरङले गैर कानुनी तरिकाले विराटनगर ७ हस्पिटल चोकमा रहेको मोनिका फार्मेशीमा लगाएको ताला २४ घण्टा भित्रमा नखोले आन्दोलन गर्ने औषधी व्यवसायीहरुले चेतवनी दिएको छ । नेपाल औषधी व्यवसायी संघ...

विराट एक्स्पोको तयारी पुरा, मंसिर २९ गतेबाट विराटनगरमा कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी लगभग पूरा भएको छ ।मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको...

दिल्ली विधानसभाः केजरीवाललाई बहुमत, भाजपालाई फाइदा

एजेन्सी, माघ २८–दिल्ली विधानसमा निर्वाचनको मतगणना सुरु भएको छ । मंगलबार बिहान सुरु भएको मतगणनाको प्रारम्भिक परिणामअनुसार अरविन्द केजरिवालको आम आद्मी पार्टी (आप) ले स्पष्ट बहुमत पाउने देखिएको छ । सुरुवाती मतपरिणाममा आम आद्मी पार्टी...

कोशी प्रदेशका खेलकुद बोर्डका सदस्य सचिव वाग्लेलाई बर्खास्त

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बुधबार उनलाई बर्खास्त गरेको हो । सदस्य सचिव वाग्लेलाई बर्खास्त गर्नुको मुख्य कारण भने सरकारले कार्यक्रमको...

केमसन मोरङको अध्यक्षमा दिनेशकुमार राउत

विराटनगर । रसायन तथा मेडिकल आपूर्ती संघ नेपाल (केमसन) को अधयक्षमा दिनेशकुमार राउत चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको प्रथम मोरङ जिल्ला अधिवेशनले राउतको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको हो । विराटनगरमा...

नेपाल बिजनेस कलेजका विद्यार्थीले सांगीतिक साझ गर्दै, उदय र मनिलाले प्रस्तुती दिने

विराटनगर । विराटनगर – ११ मा रहेको नेपाल बिजनेस कलेजका विद्यार्थीहरूले कपल जोडीहरुको लागि विराटनगरमै पहिलो पटक सांगीतिक साझ आयोजना गर्ने भएको छ ।‘द टाइमलेस टियुनेसू’ नाम दिइएको यो सांगीतिक कार्यक्रम भदौ १४ गते विराटनगरको...

दुर्घटना रोक्न सार्वजानिक यातायतमा सचेतना स्टिकर

विराटनगर । सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सार्वजानिक यातायतमा सचेतना मुलक स्टिकर टास्ने अभियान सुरु भएको छ ।विराटनगर बसपार्कबाट छुट्ने सार्वजानिक सवारी साधनमा आइतबार सचेतना मुलक स्टिगर टासेर यो अभियानको सुरु भएको हो ।यातायात क्षेत्रमा...

महिला क्रिकेटमा इलाम र मोरङ फाइनलमा

विराटनगर । तेस्रो संस्करणको इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेको छ । विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा इलामले सिरहालाई ४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्