युवा संघ विराटनगरका अध्यक्ष लामाविरुद्ध ‘शरीर बन्धक’ कसुरमा उजुरी

 न्यूज विराट
युवा संघ विराटनगरका अध्यक्ष लामाविरुद्ध ‘शरीर बन्धक’ कसुरमा उजुरी

विराटनगर । नेकपा एमालेका भातृ सङ्गठन युवा संघ नेपाल विराटनगरको अध्यक्ष किरण लामाविरुद्ध अपहरण, शरीर बन्धक, मिटर ब्याज र फिरौती कसुरको जाहेरी परेको छ ।

विराटनगर महानगरपालिका–११ बस्ने ३३ वर्षीय लामाविरुद्ध विराटनगर–८ का ३४ वर्षीय नवल यादव र विराटनगर–११ २४ वर्षीय अभिषेक साहले शनिवार जाहेरी दिएका हुन् ।

जाहेरीमा लामाका सहयोगी ३२ वर्षीय अनुज मगरलाई पनि विपक्षी प्रतिवादी बनाइएको छ । मिटर ब्याजमा लिएको पैसा नदिएको भन्दै लामाले शुक्रवार दिउँसो दुवै पीडितलाई आफ्नै घरमा बोलाएर बन्धक बनाएर कुटपिट गरेका थिए । लामा समूहका कुटपिटबाट घाइते भएका दुई मध्ये अभिषेक उम्किएर भागेका थिए । उनैले मोरङ प्रहरीलाई घटनाको बारेमा जानकारी दिएपछि प्रहरीले लामाको घर खानतलासी गर्दा बन्धक बनाइएका नवललाई फेला पारेर उद्धार गरेको थियो ।
शुक्रवार नै पीडितले जिल्ला प्रहरी कार्यालय मोरङमा ठाडो निवेदन दिएका थिए । शनिवार उनीहरूले जाहेरी दरखास्त दिएका छन् ।

विराटनगरको हस्पिटल चौकमा औषधी पसल सञ्चालन गर्ने नवलले लामाबाट गत असार २९ गते पाँच लाख रुपैयाँ सापटी लिएका थिए । यादवले लामासँग फार्मेसी व्यवसाय सञ्चालन गर्न पैसा सापटी लिएका हुन् । लामाले तीन महिनामै पाँच लाख रुपैयाँको मिटर ब्याज कारोबारमा १८ लाख असुलिसकेका थिए ।

‘उक्त पैसा दिइसकेकोमा लामाले सामान्य कुरा गर्नु भनी मलाई बोलाएका थिए, म सँग रहेका अभिषेक साह समेतलाई लिएर घरमा पुगेँ,’ यादवले जाहेरीमा भनेका छन्, ‘घर पुगेपछि मुनि तलामा रहेको कोठामा बस्नुस् भनी नचिनेका केटाहरूको सहयोगमा कोठाभित्र थुनेर ताल्चा लगाइदिए ।’ त्यसपछि लामाले यादवलाई पाँच लाखको मिटर ब्याजमध्ये अब पच्चीस लाख रुपैयाँ बाँकी रहेको र तत्काल उपलब्ध गराउन दबाब दिएका थिए । ‘कुटपिट गर्दै उनले पैसा नदिए टुक्रा–टुक्रा पारेर कोसीमा हामी आज राति पालिदिन्छौँ,’ जाहेरीमा भनिएको छ, ‘तिमीहरूको केही लाग्दैन, पुलिस प्रशासन सम्पूर्ण हाम्रो हातमा छ ।’

मोरङ प्रहरीका प्रहरीका डिएसपी टिका कार्कीले पीडितले जाहेरी दिएको बताएका छन् । ‘आज शनिवार बिदाको दिन भएकाले जाहेरी दर्ता गर्न मिलेन। घटनास्थल मुचुल्का गर्न प्रहरी पठाइएको छ, भोलि जाहेरीमा उल्लेख भएका विवरणहरू हेरी कानुनसम्मत रूपमा दर्ता गरिन्छ,’ डिएसपी कार्कीले भने ।

सम्बन्धित समाचार

दुवै अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस

बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले विवादित दुवै अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।८ वैशाखमा जारी गरेका दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश ल्याउने निर्णय मन्त्रिपरिषदले गरेको थियो ।...

माछापुच्छ्रे सहकारीमा अनियमितता, अध्यक्षसहित ४ सञ्चालकबाट ९ करोड २५ लाख घोटाला

विराटनगर । विराटनगर – ७ मा रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष अमलेशकुमार कर्णसहित चार जना सञ्चालकले ९ करोडभन्दा बढी रकम अनियमितता गरेको खुलेको छ । सहकारीको अनियमितता छानविन गर्न गठित...

भारतमा फेरि बढे कोभिड बिरामी, दैनिक १० हजार संक्रमित थपिँदै

एजेन्सी । भारतमा देशव्यापी कोभिड संक्रमण बढेको जनाएको छ । २६ डिसेम्बरदेखि देशभर कोभिड संक्रमित बढेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलले जनाएको छ । ‘समग्रमा २२ राज्यमा संक्रमण फैलिएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता लुभ अग्रवालले भने...

यूएईद्वारा नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला

काठमाडौं, ८ असोज । यूएईले नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला गरेको छ । कोरोना महामारीका कारण नेपालसहित भारत, पाकिस्तान, सियरा, लाइबेरिया, नामिबिया, नाइजेरिया, लियोन, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, कंगो, युगान्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई...

प्रदेश १ः सत्तापक्षकै सांसदले भने—विकास निर्माणका काम अत्यन्त महंगो भयो, छानविन गरौँ

विराटनगर, २४ साउन । प्रदेश १ सरकारले थालेका विकास निर्माण कार्यको लागत अत्यन्त महंगो भएको सत्ता पक्षकै सांसदले आरोप लगाएका छन् । आइतबार प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको २४ औँ बैठकको शुन्य समयमा बोल्दै नेकपा...

कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुग्याे

काठमाडौं, २३ असोज-कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । आज कोरोना भाइरसबाट थप १० जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।  मन्त्रालयका अनुसार...

विराटनगरमा भदौ १० गतेसम्म निषेधाज्ञा जारी

विराटनगर, १० भदौ-कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला सुरक्षा समिति मोरङको शुक्रबार बसेको बैठकले भदौ १० गते मध्यरातिसम्म ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका...

लकडाउनबाट ठप्प भएको अर्थतन्त्र उकास्न राहत प्याकेज घोषणा

एजेन्सी, बैशाख ३१-भारतीय वित्तमन्त्री निर्मला सीतारमणले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेको अर्थतन्त्रलाई लिकमा फर्काउनका लागि राहत प्याकेज घोषणा गरेकी छन् । उनले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी राहत प्याकेज घोषणा गरेकी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्