युवाको क्षमता बढाउन जेसीजको भूमिका महत्त्वपूर्ण

 न्यूज विराट
युवाको क्षमता बढाउन जेसीजको भूमिका महत्त्वपूर्ण

विराटनगर । जेसीजले समाजमा रहेका युवालाई अघि बढाउन र उनीहरूको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको एक कार्यक्रममा सहभागीहरूले बताएका छन् ।
विराटनगर जेसीजले जेसीज सप्ताह कार्यक्रम अन्तर्गत बिहीबार चौथो दिनको कार्यक्रम ‘प्रहरी सँग जेसीजका युवा’ कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै विराटनगर जेसीजका पुर्वअध्यक्ष श्याम सुन्दर पौडेल मिलनले जेसीजले १८ देखि ४० वर्षका युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गराउँदै समाजमा हस्तान्तरण गराउने संस्थाका रूपमा रहेकोले प्रहरीसँग जेसीजका युवा कार्यक्रम फलदायी रहेको बताए । आगामी दिनमा प्रहरी र जेसीज युवाहरू समन्वय र सहकार्य गरी काम गरिनुपर्ने बताए ।
कार्यक्रममा विराटनगर जेसीजको पुर्वअध्यक्ष सुरेशलाल श्रेष्ठले जेसीजले समाजमा रहेका युवालाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने गरेको बताए । यस्ता कार्यक्रम एकदमै महत्त्वपूर्ण रहेको जानकारी गराउँदै उनले समाजमा हुने गरेका विभिन्न आपराधिक घटना न्यूनीकरण गर्न सबैको साथ सहयोगको खाँचो रहेको बताए ।

कार्यक्रममा मोरङ प्रहरीका डिएसपी टीका बहादुर कार्कीले जेसीजले समाजमा गर्ने गरेका कामको बारेमा आफू परिचित रहेको बताए । नेतृत्व विकासका लागि जेसीजले गर्ने गतिविधि सरहनिय रहेको उनले बताए । शान्ति सुरक्षा सुव्यवस्थापन कायम गर्न सबैको साथ सहयोगको खाँचो रहेको उनले बताए ।

कार्यक्रममा मुख्य संयोजक अभिनास थापा रहेका थिए । विराटनगर जेसीजका अध्यक्ष देवचन्द्र घिमिरेको अध्यक्षतामा यो कार्यक्रम सम्पन्न भएको थियो ।

सप्ताह कार्यक्रममा विभिन्न गतिविधि मार्फत जेसीज समाज सँग जोडिने क्रममा पहिलो दिन स्लो साइकल रेस, दोस्रो कार्यक्रम मायासहितको रासन, स्कुल ब्याग तथा स्टेसनरी कार्यक्रम, तेस्रो कार्यक्रम निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भइसकेको छ । सप्ताह कार्यक्रमको समापन शनिवार विराटनगरमा हुनेछ ।

सम्बन्धित समाचार

मेरिल्याण्डमा ह्याण्डराइटिङ्ग प्रतियोगिता, सुवेक्षा र प्रतिभा भए प्रथम

विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले शुक्रबार ह्याण्डराइटिङ्ग प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा– ११ र १२ का विद्यार्थीहरुविच उक्त प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीहरुलाई उनिहरुभित्र भएको कलाको प्रस्फुटन गर्नका लागि उक्त प्रतियोगिता आयोजना...

लुम्बिनीमा प्रदेश सभा सदस्यहरु बन्धक

काठमाडौं, साउन २६ । अरुलाई लोकतन्त्र र संसदीय व्यवस्थाको पाठ सिकाउने नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा सांसद् पदकै उपहास गरेको छ । माओवादी, जसपा र जनमोर्चासँग मिलेर कांग्रेसले आफ्नै सांसद्लाई रिसोर्टमा बन्धक बनाएर राखेको छ । शंकर...

विराटनगरमा आकाशे पुल बनाउने योजना अलपत्र

विराटनगर, १ असोज । विराटनगर महानगरपालिकामा आकाशेपुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा स्थान सुनिश्चित नगरी योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोडको योजना अलपत्र परेको हो ।...

हिसान खेल सप्ताह शूरु

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर खेलसप्ताहको बारैमा जानकारी गराएको हो । ओपचारिकरुपमा माघ १० गतेदेखि १६ गतेसम्म हुने...

प्रदेश १ मा आज संक्रमण पुष्टि भएका भन्दा डिस्चार्ज हुने बढी

विराटनगर, ७ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा चार सय ६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ६२, सुनसरीमा एक सय ३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा चार, तेहथुममा तीन, धनकुटा र...

छुवाछुत गरेको आरोपमा झापा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ

विराटनगर । जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा झापाको हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलमाथि जातीय भेदभाव तथा छुवाछुत गरेको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा...

सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारीको रकम सरकारी कोषबाटै मिलान गरिने

काठमाडौं, जेठ १२-सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध मजदुर तथा कर्मचारीको कोषमा तिर्नुपर्ने योगदन रकम सरकारी कोषबाट मिलान गर्ने भएको छ । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘योगदानमा आधारित सामाजिक सुरक्षा...

थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ८२ पुग्यो

काठमाडौं, १२ जेठ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७ जनामा संक्रमण देखिएको छ । सेती अस्पतालमा गरिएको परीक्षणमा १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा ३ जना र नारायण अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्