तस्करीको कपडासहित विराटनगरको उखुबारीबाट दुई जना पक्राउ

 न्यूज विराट
तस्करीको कपडासहित विराटनगरको उखुबारीबाट दुई जना पक्राउ

विराटनगर । तस्करीको कपडासहित इलका प्रहरी कार्यालय रानी विराटनगरले दुई जना पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका १६ मुसरी बस्ती छेउ उखु बारीमा भारत बाट नेपाल तर्फ भन्सार छली गरेर ल्याएको कपडासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर १६ का २२ वर्षीय दिनेश ऋषिदेव र ३५ वर्षीय खेदन यादव रहेका छन् । उनीहरू भरिया हुन् । प्रहरीले उनीहरूको साथबाट चार लाख ५२ हजार ५ सय मूल्य बराबरको कपडा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
बोरामा प्याक गरी ठाउँमा बोकी ल्याउँदै गरेको अवैध कपडा इप्रका रानीको प्रहरी टोलीले उनीहरूको साथबाट बरामद गरेको थियो । प्रहरीले ११० थान कुर्था सुरुवाल, ६० थान साडी, २ सय ५ थान टप्स र २० थान तन्ना बरामद गरेको थियो । विराटनगरको दक्षर्णी क्षेत्रबाट बब्लु अग्रवाल, मिथुन साह, लक्ष्मण साह रौनियार गयाले कपडाको क्या रिङ गर्दछन् । उनीहरूले व्यापारीसँग पिस हिसाबले पैसा लिने भारतबाट भन्सार छली गरी तस्करीको माध्यमबाट व्यापारीको गोदामसम्म पु¥याउने गर्दछन् ।

यसरी तस्करीको लत्ताकपडासहित अन्य उपभोग्य सामानहरू ओसार पोसारमा भरिया प्रयोग गर्दछन् । उनीहरूले तस्करीको सामान बोक्न भरियालाई निश्चित रकम दिने गरेका छन् ।

सम्बन्धित समाचार

आज सुनचाँदी अहिलेसम्मकै महँगो 

काठमाडौं, ९ साउन -शुक्रबार सुनको मूल्य इतिहासकै महँगो भएको छ । एकैदिन तोालमा १३ सय रुपैयाँले बढेर सुनको मूल्य इतिहासकै महँगो भएको हो । बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला...

मोरङको केराबारीमा पनि एमालेको शानदार जित

विराटनगर, ४ जेठ । मोरङको केराबारी गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा एमालेकी मनमाया मगर निर्वाचित भएका हुन् । बुधबार विहान सार्वजानिक भएको अन्तिम मत परिणाम अनुसार गाउँपालिका...

विराटनगरको जतुवामा दिनदहाडै तरवार प्रहार, दुई जना घाइते

विराटनगर । विराटनगर – १४ जतुवामा दिनदहाडै तरवार प्रहारबाट दुई जना घाइते भएका छन् । विराटनगर– १४ का पूर्व वडाअध्यक्ष बलदेव यादवको निर्देशनमा १० जनाको समूहले जग्गा विवादलाई लिएर तरवार प्रहार गर्दा ४० वर्षीया सन्तलाल...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल हुने नेताहरूले बताएका...

विराट गोल्डकप, थिम्पुलाई पराजित गर्दै घरेलु टिम सांग्रीला सेमिफाइनलमा

विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राउतले लगानी गरेको घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा पाहुना टोली भुटानको...

रास्वपाको महाधिवेशन प्रक्रिया सुरु , आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबारबाट महाधिवेशन प्रक्रिया सुरू गर्न लागेको छ। आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन गर्दै तलबाट महाधिवेशन प्रक्रिया थाल्न लागेको सचिवालय सदस्य सन्तोष परियारले जानकारी दिए। ‘मंसिर ११, १२,...

विश्व ‘सेरेब्रल पाल्सी’ दिवसको सचेतनामूलक कार्यक्रम

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व ‘सेरेब्रल पाल्सी’ दिवसको को अवसरमा सचेतनामूलक कार्यक्रम गरेको छ । अक्टोबर ६ मा विश्व ‘सेरेब्रल पाल्सी’ को दिन क्लबले एक सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । विराटनगरस्थित...

गौतमबुद्ध कप क्रिकेट : टिम नारायणीको विजयी सुरुआत

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आजदेखि गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा टिम नारायणीले विजयी सुरुआत गरेको छ । बागमती टिमलाई सुपरओभरमा पराजित गर्दै नारायणीले विजयी सुरुआत गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्