सिराहाबाट अंशु सदालाई विराटनगरमा ल्याएर यसरी गरे हत्या

 न्यूज विराट
सिराहाबाट अंशु सदालाई विराटनगरमा ल्याएर यसरी गरे हत्या

विराटनगर ।  सिराहा गोल बजार नगरपालिका – ३ बस्ने १७ वर्षीय अंशु सदाको अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ ।

अंशुको अपहरण गरेपछि हत्या गरेको आरोपमा प्रहरीले धनुषा कमला नगरपालिका–६ बस्ने १९ वर्षीय राकेश ठाकुर, मोरङ रतुवामाई नगरपालिका–५ बस्ने २६ वर्षीय मनोज कार्की र धनुषा कमला नगरपालिका–६ बस्ने १८ वर्षीय विसु भन्ने प्रशान्त मण्डललाई पक्राउ गरेको हो । घटनामा संलग्न एक जना फरार छन् । उनको पनि खोजी कार्य प्रहरीले तीव्र बनाएको छ । 

प्रहरीका अनुसार अंशुलाई अपहरण गरेपछि माग गरेको फिरौती रकम एक लाख रुपैयाँ नदिएपछि हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । मृतक र हत्या आरोपी तीन जना साथी हुन् ।

यसरी ल्याए विराटनगर 
घुम्न जाऊँ भन्दै सिराहाको गोल बजारदेखि लहानसम्म अंशुलाई राकेश, प्रशान्तकुमार र फरार रहेका शिवले म्याजिक भ्यानमा ल्याएका थिए । लहानबाट बसमा हिडेका उनीहरू २३ असोजमा विराटनगर बसपार्क आएर उत्रिए । उनीहरू २३, २४ र २५ गते धनकुटा लजमा बसे । त्यहाँ भाडा महँगो भएपछि उनीहरू धनकुटा लजसँगै रहेको अप्सरा गेस्ट हाउमा सरे । उनीहरूले होटलको कोठा नं। ‘१’ बुक गरेर बसेका थिए । धनकुटा लजदेखि अप्सरा गेस्ट हाउसमा सरेको भोलिपल्ट असोज २६ गते राती २ बजे अंशुको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । 
अंशुको परिवार खेती किसानी गर्दै आएका छन् । ‘माग गरेको फिरौती रकम नदिने भएपछि हत्या गरेको देखिएको छ,’ एसपी कोइरालाले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’

कोठा नं. १ मा यसरी गरे हत्या 
अपहरणकारीले फिरौती रकम १ लाख रुपैयाँ माग गरेका थिए । अंशुको परिवार खेती किसानी गर्ने भएकोले उनीहरूले माग गरेजतिको रकम दिन नसक्ने बताएका थिए । दश हजार रुपैयाँ दिने भनेका थिए । अंशुको परिवारले २७ असोजमा १० हजार रुपैयाँ बैङ्कमार्फत पढाइदिए । माग गरे जति रकम नपढाइदिएपछि चार जनाले अंशुको हत्या अघिल्लो रात गरिसकेका थिए । शिव कुमारले घाँटीमा तन्नाले घाँटी कसेका थिए भने राकेश, मनोज र प्रशान्तकुमारले खुटा र हात समातेका थिए । उनीहरूले अंशुलाई इँटा र छुरा पनि प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

हत्या गरेपछि शव पलाङ्गभित्र
आफ्नै साथीको हत्या गरेपछि उनीहरूलाई शव व्यवस्थापनमा समस्या भयो । त्यही बिच फरार रहेका शिवले जुक्ति निकाले । हत्या गरेको शव बक्स पलाङ्ग भित्र राखौँ र होटेलबाट फरार हुनुपर्दछ । हत्या गरेपछि तन्नाले अंशुको शव पोको पारेर बक्स पलाङ्ग भित्र फालेका थिए ।  

अंशु सदाको अपहरणपछि हत्या गरेको घटनास्थल । 

१० हजार लिन जाँदा अपहरणकारी पक्राउ 
प्रहरीले अंशुको अपहरणपछि हत्या आरोपीहरूलाई फिरौती रकम लिन जाँदा पक्राउ गरेको छ । अंशुको परिवारले बैङ्कमा १० हजार रुपैयाँ पढाइदिएका थिए । फिरौतीको रकम लिन प्रशान्त र मनोज कार्की पुगेका थिए ।
प्रशान्तलाई विराटनगर महानगरपालिका–९ स्थित माछापुच्छ्रे बैङ्क पु¥याउने काम भने कार्कीले गरेका थिए । दुबैलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी अनुसन्धान गर्दा सदा हत्यामा राजेश ठाकुरको पहिचान खुलेको थियो । ठाकुर हत्या गरेको विराटनगर–११ बसपार्कस्थित अप्सरा गेस्ट हाउसको कोठामै फेला परेका थिए ।
एसपी कोइरालाका अनुसार हत्यापछि आफन्तले जम्मा १० हजार रुपैयाँ पैसा पठाएका थिए । यो पैसा माछापुच्छ्रे बैङ्कमा प्रशान्तको खातामा आएको बिहीबार थाहा भएको थियो ।
अंशुको शव तन्नामा पोको पारेको अवस्थामा शुक्रवार शव फेला परेको थियो । उनको शरीरमा इँटा प्रहार गरिएको देखिएको छ । यसबाहेक कपडाले उनको घाँटी कसेको पाइएको छ । 
धनुषाका तीन युवा र सदा साथी–साथी हुन् । उनीहरूले सदालाई फकाएर अपहरण गरेको खुलेको छ । अपहरण गर्नेहरू लागू औषध प्रयोगकर्ता हुन् । ‘घटनाबारे थप बुझ्ने काम भइरहेको छ,’ एसपी कोइरालाले भने, ‘यो घटना विशुद्ध आपराधिक लाभ लिने मनसायले घटाइएको छ ।’
हत्या आरोपमा पक्राउ परेका तीनै जना लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

विराटनगरका बिकाश अधिकारी लायन्सका डिस्ट्रीक गभर्नर बन्दै, तालिमको लागि अमेरिका प्रस्थान

विराटनग । विराटनगरका युवा व्यवसायी विकाश अधिकारी लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ सी का गर्भन बन्ने भएका छन् ।अधिकारी आगामी बर्ष सन् २०२४– २०२५ का लागि डिस्ट्रीक गभर्नर बन्ने भएका हुन् । उनी हाल लायन्स अन्तरास्ट्रिय...

धरानस्थित बीपी प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु

सुनसरी, २ मंसिर-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उपचारका क्रममा सुनसरी र तेह्रथुमका दुई महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले...

विराटनगर महागरपालिकाकी पूर्वउपमेयर इन्दीरा कार्कीविरुद्ध अख्तियामा भ्रष्टाचार मुद्धा

विराटनगर, २६ असार । विराटनगर महानगरपालिकाकी पूर्वउपमेर इन्दीरा कार्कीविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाका निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । विराटनगर–१५ स्थित...

मोरङ ४ मा कडा प्रतिस्पर्धा, तेस्रो पटक संसद छिर्ने मोदीको दाउ, जितको खोजीमा ढकाल

विराटनगर। प्रदेश १ को चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक हो, मोरङ ४ । जहाँ एमालेका केन्द्रीय सदस्यीय बिनोद ढकाललाई चुनौती दिँदै सत्ता गठबन्धनबाट चुनावी मैदानमा छन्, माओवादी केन्द्रका नेता अमनलाल मोदी । राजनीतिमा आफ्नो स्थान...

नेपाल कराते महासंघको दोस्रो वार्षिक साधारण सभा सकियो

विराटनगर । नेपाल कराते महासंघले आफ्नो दोस्रो वार्षिक साधारण सभा निजगढ, बारामा सफलतापूर्वक सम्पन्न गरेको छ। सभाले केही महत्वपूर्ण निर्णयहरू गरेको छ। साधरणसभामा कराते खेलाडी एरिका गुरुङलाई हिमालयन वारियर उपनामले सम्मानित गरिएको छ । राष्ट्रिय...

मृतक वडा अध्यक्ष र ५५ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

धनगढी, १४ जेठ-कैलाली र कञ्चनपुरका मृतक २ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, मा क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा वडाध्यक्षको मृत्यु भएको थियो । बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा...

यस्तो बन्दैछ विराटनगर विमानस्थलमा २ अर्ब ४२ करोडमा नयाँ टर्मिल भवन

विराटनगर । झण्डै तीन अर्बको लगानीमा विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण सुरू भएको छ । टर्मिनल भवनको सोमबार पर्यटन मन्त्री सुदन किँरातीले शिलान्यास गरेसँगै निर्माणको प्रक्रिया सुरू भएको हो । उक्त टर्मिनल भवन भ्याटबाहेक...

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा : प्रधानमन्त्री ओली

प्रधाममन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेका बताइएका छन् । एक स्थानीय नेपालीमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि नेपाल पनि कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताए । उनले कोरोना नियन्त्रणका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्