विराटनगरको फर्निचर उद्योगमा लागेको आगो साढे दुई घण्टामा नियन्त्रण, ५० लाख बढीको क्षति
बिहिबार, २७ असोज, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगर ९ मनिष राजवंशीले सञ्चालन गरेको माता धनवन्ती फर्निचर उद्योगमा आज बिहीबार राती लागेको आगो साढे दुई घण्टामा नियन्त्रणमा आएको छ ।
बिहीबार ८ : १५ बजे विद्युत् सट भएर लागेको आगो राती साढे १० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी दीपेन्द्र पंजियारले जानकारी दिए ।
आगलागीबाट फर्निचर उद्योगको सम्पूर्ण सामाग्रीहरू जलेर पूर्ण रूपमा छती भएको छ । डिएसपी पंजियारका अनुसार आगलागीबाट फर्निचर उद्योगको ५० लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । ‘क्षतिको पूर्ण रूपमा विवरण आइसकेको छैन,’ डिएसपी पंजियारले भने, ‘प्रारम्भिक जानकारी अनुसार ५० लाख भन्दा बढीको धनमाल नष्ट भएको अनुमान गरिएको छ ।’
फनिचर उद्योगमा लागेको आगो विराटनगर महानगरपालिकाको तीन वटा दमकल, दुहबी र रङ्गेली नगरपालिकाको १/१ वटा गरी पाँच वटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । विराटनगर महानगरपालिकाको पाँच वटा दमकल भए पनि तीन वटा मात्र दमकल सञ्चालनमा छ ।
दुई वटा बिग्रिएर थनकिएको छ । पाँच हजार लिटर क्षमताको दुई वटा र तीन हजार लिटर क्षमताको एउटा दमकको पानी सकिएको दुहबी र रङ्गेली नगरपालिकाको दमक ढिलो आउँदो आगो नियन्त्रणमा ढिलो भएको थियो ।
आज कोरोना भाइरस संक्रमित भेटिएका व्यक्ति कतारबाट नेपाल आएको पाइएको छ। उनले कतारबाट नेपाल आएर काठमाडौंको एक होटलमा बसेका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए । उनी धादिङ निवास ३२ वर्षीय पुरुष रहेको पनि उनले बताए...
धनुषा, २५ भदौ-मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत गएरातिदेखि सुरु भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यस पर्वलाई...
काठमाडौं, माघ १९। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता समिर बलामीले न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै अवहेलनाको मुद्दा...
काठमाडौं, २४ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...
विराटनगर । विराटनगर १३ मलायरोडमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटलमा आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया भएको छ । १५ शैय्याको यो हस्पिटलमा आँखाको सम्पूर्ण उपचार सेवा हुने गरेको छ । अस्पतालले विरामीहरुको आँखाको...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मां ओली भने बैठकमा आइपुगेका छैनन् । ओलीको अनुपस्थितिमै बैठक सुरु भएको कार्यालय सचिव ईश्वरी...
काठमाडौं, २ कात्तिक-प्रेस काउन्सिल नेपालका वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको छ । चार कर्मचारीमा कोरोना पुष्टिका साथै कर्मचारी पनि बिरामी पर्न थालेपछि काउन्सिलले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको छ । ३...
विराटनगर । विराटनगर– १२ बखरीका ३८ वर्षीय श्याम ऋषिदेवको सोमबार एक्कासी पिसाब रोकिएपछि कोशीको आकस्मिक कक्षमा लगिएको थियो । उपचारमा खटिएका थिए, मेडिकल अपिसर डाक्टर तुलसी गोइत । उनले विरामीको सामान्य स्वास्थ्य जाँच गरेपछि भिडियो...