महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउ च्याउ खेती तालिम

 न्यूज विराट

विराटनगर । महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउ च्याउ खेती तालिम सुरु भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित खार्जी गाउँका महिलाहरुका लागि तालिम सुरु भएको हो ।

महिला सशक्तिकरणको उदेश्यले क्लबको ‘ह्याप्पी भिलेज प्रोजेक्ट’ अन्तर्गत विराटनगर डाउनटाउनको रोटरी क्लबले असोज स्थानीय ज्योति आधारभूत विद्यालय, खर्जीमा व्यावसायिक तालिमको रुपमा च्याउ खेती तालिम आयोजना गरेको हो ।

महिलाहरुलाई प्रशिक्षक राजन राजवंशीले प्रशिक्षण दिइरहेका छन् । तालिममा सैद्धान्तिक र प्रयोगात्मक विधिबाट व्यवसायीक च्याउ खेतीबारे महिलाहरुलाई तालिम दिइनेछ ।

तालिम ५ दिनसम्म सञ्चालन हुने रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् । उक्त तालिम लिएपश्चात महिलाहरु ३५ देखि ४० दिन भित्रमा स्वरोजगार र आत्मनिर्भर बन्ने जनाइएको छ ।

तालिमबाट ३० जना महिला र उनीहरूको परिवारका सदस्यहरू लाभान्वित हुनेछन्।

सम्बन्धित समाचार

मनमोहनमा विश्व विद्यालयमा सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङमा भर्ना खुल्यो

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ४ हात्तिमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ अन्तर्गत स्नातक तहमा भर्ना खुलेको छ । देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रूपमा कहलिएको मनमोहनले स्कुल अफ इन्जिनियरिङ अन्तर्गतको बी।ई इन...

काममा जान्छु भनेको धामीको हत्या

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका – ४ बटरबारीका एक जना धामीको हत्या भएको छ । ३२ वर्षीय अशोक कुमार यादवको हत्या भएको हो । हत्या गरिएको अवस्थामा शुक्रबार विहान सुनवर्षी नगरपालिका ४ बटरवारी जाने भित्री...

सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी हुने, तीन ठाउँमा अडिसन हुँदै

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको अडिसन विराटनगर, इटहरी धरानमा हुने भएको छ । विराटनगरमा...

खार्जीमा स्वच्छता सम्वन्धी सचेतना

विराटनगर, १४ वैशाख । विराटनगरस्थित खार्जीमा स्वच्छता सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जीका विद्यार्थी र समुदायका लागि स्वच्छतासम्बन्धी सचेतना मूलक कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा हात...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निर्मित शौचालय र चापाकल हस्तान्तरण

विराटनगर, १६ फागुन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निर्मित शौचालय र चापाकल हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमकाबिच विराटनगर–४ स्थित खार्जी कोहबरा गाउँको एउटै टोलमा ३८ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको ७३...

नगर बस सञ्चालनका लागि मेयर कोइरालाको नेतृत्वमा दोस्रो पटक रुट परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याउन लागेको नगर बसका लागि दोस्रो पटक रुप परीक्षण (ट्रायल) गरिएको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा आज बिहीबार रुट परीक्षण गरिएको हो । कम्पनीकै गाडीमार्फत रुट परीक्षण गरिएको...

विद्यार्थीलाई करियर काउन्सेलिङ

विराटनगर, २१ कात्तिक । विराटनगरमा अध्ययनरत विद्यार्थीहरुका लागि करियर काउन्सेलिङ गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा उच्च शिक्षा अध्ययनका लागि विषय छनौट सम्बन्धी काउन्सेलिङ गरिएको हो । कार्यक्रममा सर्टिफाइड क्यारियर कोच पूर्ण...

दुव्यर्वहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी, कारवाही गर्न प्रेम कुमारीको माग

विराटनगर । मोरङको सुन्दरहरैचना नगरपालिका – ८ घर भएकी प्रेम कुमारी तिम्सिनाले बुलेरो गाडीमा आएका एक दर्जन बढी व्यक्तिहरुको समूहले दुव्र्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छिन् । भदौ ३ गते दिउँसो १२ बजे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्