स्वास्थ्य निर्देशिका अपाङ्गता मैत्री हुनुपर्नेमा जोड
बिहिबार, २७ असोज, २०७९,
न्यूज विराट
विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको उपचार राज्यले निःशुल्क गरिने व्यवस्था मिलाउनुपर्ने एक कार्यक्रममा सरोकारवालहरूले बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरू सानैबाट विभिन्न रोगबाट ग्रसित हुने भएको कारणले उनीहरूको उपचार गर्ने व्यवस्था राज्यले गरिनुपर्ने बताएका हुन् । नेत्रहीन युवा सङ्घले विराटनगरमा बिहीबार आयोजना गरेको अपाङ्गता मैत्री यौन प्रजनन स्वास्थ्य निर्देशका अभिमुखीकरण गोष्ठी कार्यक्रममा बोल्दै उनीहरूले स्वास्थ्य बिमा गरिदिएर भए पनि राज्यले अपाङ्गता भएका व्यक्तिहरूको उपचार व्यवस्था राज्यले गरिदिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेत्रहीन युवा सङ्घका केन्द्रीय अध्यक्ष कलाधर भण्डारीले प्रकृतिको आधारमा १० प्रकार र गम्भीरताको आधारका ४ प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको उपचार राज्यले गरिनुपर्ने बताए । ‘स्वास्थ्य कार्यालयहरूमा अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँच हुने गरेको छैन । यहाँका सरकारी कार्यालयदेखि स्वास्थ्य कार्यालयहरू अपाङ्गता मैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा लिन कठिनाइ हुने गरेका छ,’ उनले भने, ‘हरेक कार्यालयको भौतिक संरचनाहरू अपाङ्गता मैत्री र स्वास्थ्य कार्यालयहरूमा अपाङ्गता मैत्री स्वास्थ्य सामाग्रीको व्यवस्था राज्यले गरिनुपर्दछ ।’ हरेक सरकारी कार्यालयहरूमा दोभासे राखिनुपर्ने उनले बताए । ‘दोभासे नहुँदा अपाङ्गता भएका व्यक्तिहरूले सेवा लिन समस्या हुने गरेको छ,’ उनले भने, ‘त्यसैले स्वास्थ्य कार्यालयदेखि हरेक कार्यालयहरूमा दोभासेको व्यवस्था गरिनुपर्नेछ ।’ राज्य तहबाट बनिने स्वास्थ्य निर्देशिकाहरू पनि अपाङ्गता मैत्री निर्माण गरी कार्यान्वयन हुनुपर्ने उनले बताए । कार्यक्रममा प्रदेश १ को स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेतले प्रदेश सरकारले बनाउने स्वास्थ्य निर्देशिकाहरू अपाङ्गता मैत्री बनाएर अगाडी बढ्ने बताए । कार्यक्रममा प्रदेश १ का स्वास्थ्य मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले अपाङ्गता मैत्री यौन तथा प्रजनन स्वास्थ्य निर्देशिका बनेको कारणले यसलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा नेत्रहीन युवा सङ्घकी निलूँ महर्जनले स्वास्थ्य उपचामा अपाङ्गता मैत्री नीति निर्माण राज्यले बनाएर अगाडी बढ्नुपर्ने सुझाव दिइन् ।
कार्यक्रममा सुनसरी र मोरङका अपाङ्गता भएका ६० जनाको उपस्थिति रहेको थियो । नेत्रहीन युवा सङ्घले ७ वटै प्रदेशमा अपाङ्गता मैत्री यौन तथा प्रजनन स्वास्थ्य निर्देशिका अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।
नेपालमा कुल जनसङ्ख्याको करिब १।९४ प्रतिशतमा अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् । शारीरिक अपाङ्गता ३६ प्रतिशत, दृष्टिविहीन १८ प्रतिशत, बहिरा १५ प्रतिशत रहेको बताइएको छ ।
काठमाडौँ, ४ कात्तिक-अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेशन ३८ घण्टापछि पुनः सञ्चालनमा आएको छ । डुबानका कारण मङ्गलबार रातिदेखि बन्द भएको दुहबी सबस्टेशन पानी फालेर आज बिहानदेखि सञ्चालनमा ल्याइएको हो ।...
पोखरा, २९ जेठ-पोखरामा युवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । लकडाउनको उल्लंघन गर्दै युवाले पोखराको राष्ट्र बैंक चोक र जिल्ला प्रशासन कार्यालय कास्कीको गेट अगाडि प्रदर्शन गरेका हुन् । लकडाउनको उल्लंघन गर्दै प्रदर्शन...
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत मगलबार भएको क्रिकेट खेलमा विजयी हुँदै ग्रिनल्याण्ड फाइनलमा प्रवेश गरेको छ । त्यस्तै बास्केटबलको उपाधि विकेभिएम कलेजले जित्दा भलिबलको उपाधि कानितपुर र रेड...
विराटनगर । स्थापना कालदेखिनै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गर्दै आएको सगरमाथा सेकेण्डरी बोर्डिङ स्कूलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गराएको छ । स्कुल परिसरमा बुधबार एक कार्यक्रम...
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजका विद्यार्थीहरूले रकेट बनाउँदै ६ दिने विज्ञान सम्बन्धी कार्यशाला सकिएको छ । काठमाण्डौं बाहिर पहिलो पटक शिक्षादीप कलेजले विज्ञान सम्बन्धी यति ठूलो र भव्य कार्यशाला विराटनगरमा आयोजना गरेको थियो । उक्त...
काठमाडौं, ११ वैशाख-१९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदै छ ।कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११ गते अर्थात् आजैका...
काठमाडौं, १५ असार-नेपालमा सबैले लकडाउन खुलेको महसुस गरेर भीडभाड गराएको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमित लगातार बढिरहेको समय सांस्कृतिक क्रियाकलापहरू विवाह, भोज, भतेर गरेर भीडभाड बढाएको...
विराटनगर, माघ १६–सुनसरीको बराहक्षेत्रमा बिहीबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा त्यसका सवार २१ जना घाइते भएका छन् । सुनसरीको बराहक्षेत्रस्थित रानीखोला पुलनजिकै को.२ त ८४८६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको...