किरण क्यालसिक बेकरीले उत्पादन गरेको पाउरोटीमा ढुसी भेटियो

 न्यूज विराट
किरण क्यालसिक बेकरीले उत्पादन गरेको पाउरोटीमा ढुसी भेटियो

विराटनगर । विराटनगर – ११ मा रहेको किरण क्यालसिक बेकरीले उत्पादन गरेको पाउरोटीमा ढुसी फेला परेको छ । म्याद सकिने मिति दुई दिन बाँकी रहेको पाउरोटीमा ढुसी परेको भेटिएको हो ।

विराटनगर – ५ चाँदनी चोकको एउटा पसलमा सुरज राजभण्डारीले पाउरोटी ५० रुपैयाँमा खरिद गरेर लगेका थिए । ‘अरू पाउरोटी नभेटेपछि किरणको पाउरोटी किनेर लगेको थिए । घरमा लगेर खोल्दा ढुसी परेको थियो,’ उनले भने, ‘यसअघि पनि चार पटक किरणले उत्पादन गरेको पाउरोटीमा ढुसी फेला परेको थियो ।’
भण्डारीले शनिवार बिहान पाउरोटी किनेका थिए । ‘पसलले फ्रेस पाउरोटी हो । शुक्रवार मात्र ल्याएको भनेपछि किनेर लगेको थिए,’ उनले भने, ‘खोलेर खाना लाग्दा पाउरोटीमा ढुसी फेला परेको छ ।’
ढुसी परेको पाउरोटीको २७ सेप्टेम्बरमा उत्पादन भएको मिति उल्लेख रहेको छ । २ अक्टोबरसम्म म्याद सकिने मिति रहेको छ ।
यसरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै यस्तो ढुसी परेको पाउरोटी बिक्री वितरण गर्ने उद्योगलाई सम्बन्धित निकायले अनुगमन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने उनले माग राखेका छन् ।
चाडपर्व लागेसँगै विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । तर, उपभोक्तासँग प्रत्यक्ष जोडिएको बेकरी खाद्यवस्तु उत्पादन गर्ने उद्योगको अनुगमन नगर्दा गुणस्तरहीन खाद्यवस्तु खान बाध्य भएका छन् ।

सम्बन्धित समाचार

रुसमा १ लाखभन्दा बढी नागरिकले लगाए कोरोना खोप

एजेन्सी, १९ मंसिर–रुसमा एक लाखभन्दा बढी नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड–१९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप...

दलित समुदायका मुद्धामा प्रदेश सरकार संवेदनशिलः मन्त्री राई

विराटनगर, ९ भदौ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले दलित समुदायको सवालमा प्रदेश सरकार संवेदनशिल बनेको बताएकी छिन् । बुधबार राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं. १ को टोलीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

अब माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार ढल्दैन- विमलेन्द्र निधी

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार नढल्ने बताएका छन् । महोत्तरीको जलेश्वरमा जिल्ला पार्टी कार्यालय (महेश्वर सिंह स्मृति भवन) र सिंहकै शालिक अनावरण गर्दै उनले काँग्रेस नेतृत्वको सरकारले नै...

लिदी पहिरो : ११ जनाको शव भेटियो, उद्धार कार्य जारी

काठमाडौं, ३० साउन-सिन्धुपाल्चोकको जुगल- २, लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । जुगल गाउँपालिका-२ का वडा अध्यक्ष प्रताप लामाले ११ जनाको शव झिकिएको बताए । शुक्रबार बिहान जुगल गाउँपालिका-२ लिदीमा पहिरो...

अपाङ्गता भएका बालबालिकालाई समावेशी शिक्षा दिनुपर्नेमा जोड

विराटनगर । अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा दिएर अगाडी बढनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् ।विराटनगरमा बुधबार भएको अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०८१ छलफल कार्यक्रममा सहभागिहरुले यस्तो...

पूर्वमन्त्री आलमको घरमा मध्यराती प्रहरीको छापा

जनकपुर, ८ जेठ-पूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले खानतलासी गरेको छ । राजपुर बमकाण्डका अभियुक्त रहेका आलम अहिले काठमाडौंस्थित नख्खु कारागारमा रहेका छन् । सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राती...

मेरो जीत सम्पूर्ण व्यवसायीको जीत हो : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका चन्द्र ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेकोले आफ्नो जीत व्यवसायीको जीत भएको प्रतिक्रिया दिएका छन् । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्