रंगेलीको संसारीमाई मन्दिरमा प्रदेशस्तरीय फूलपाती बढाई हुदैँ, सम्पूर्ण तयारी पुरा (फोटोसहित)

 न्यूज विराट

विराटनगर, १४ असोज । विगतका वर्षहरुझैँ यसवर्षपनि मोरङको रंगेलीस्थित संसारीमाई मन्दिरमा भोली प्रदेशस्तरीय फूलपाती वढाई हुने भएको छ । पूर्वको प्रशिद्ध शक्तिपिठको रुपमा रहेको सो मन्दिरमा आगामी असोज १६ गते विहान साढे ९ वजे प्रदेश १ कै मुल मन्दिरका रुपमा प्रदेशस्तरीय फूलपाती वढाइ हुनेछ ।

सो क्रममा गाजा–वाजा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा हजारौँको संख्यामा सर्वसाधारण सहितको कलशयात्रा र मन्दिर परिसरवाट निस्कने झाँकीले तिन किलोमिटर दुरी तय गर्दै रंगेली वडा नम्बर–६ स्थित स्कुलटोलमा रहेको वेलको रुखमा पुगेर त्यहाँ विधिपूर्वक पुजाआजा गर्ने र पुनः मन्दिरमा आएर फुलपाती भित्र्याउने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्जीव श्रेष्ठले जानकारी दिए ।

फुलपातिको दिन सो मन्दिरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रहरीले सलामी चढाउने गर्दछन । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतीथ्यमा हुने सो फूलपाती बढाई कार्यक्रममा प्रदेशका मन्त्रीहरु, राज्यमन्त्री, प्रदेश सरकारका सचिव, विभिन्न राजनितिकदलका प्रदेश तथा केन्द्र सरकारका सासंद तथा दलका प्रतिनिधि, रंगेली नगरपालिकाका मेयर दिलिप बगडीया, उपमेयरभूमा पराजुली, वडाध्यक्षसहितका जनप्रतिनिधिहरु लगायत सर्वसाधारणको उल्लेख्य सहभागिता रहने जनाइएको छ ।

विराटनगरदेखी २० किलोमिटर पुर्व चिसाङ खोलाको किनारमा रहेको सो ऐतिहासिक मन्दिरमा नवरात्रीको अवसरमा घटस्थपानादेखिनै सन्ध्याकालिन पुजा–आजा र भजन किर्तनका कार्यक्रमहरु भइरहेका छन ।

मनोकामना पुराहुने विश्वास गरिने सो मन्दिरमा पुजा–आजा र वलि चढाउन नेपालका मात्र नभएर भारतवाट समेत उल्लेख्य रुपमा भक्तजन आउने गदर्छन । मन्दिरप्रतीको भक्तजनको आस्था एवम् विश्वास देखेर तीन वर्ष अघि तत्कालिन मुख्यमन्त्री शेरधन राई नेतृत्वको प्रदेश सरकारले प्रत्येक वर्ष फुलपातीकासो मन्दिरमा प्रदेशस्तरीय फूलपाती वढाईगर्ने निर्णय गरेको थियो ।

सो निर्णय हुनुअघि मन्दीर व्यवस्थापन समिति र स्थानीय वासिन्दाहरुको सहयोगमा प्रत्येकवर्ष फुलपातीका दिन विभिन्न कार्यक्रमहरु हुने गरेका थिए ।

मन्दिरको प्रसिद्ध र सर्वसाधारणको आस्थालाई महत्वदिंदै प्रदेश सरकारले सो मन्दिरमा प्रदेश स्तरीय फूलपाती वढाइको मान्यता दिएको हो । प्रदेश स्तरीय फूलपाती बढाई कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए ।

फूतपाती बढाई कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्नका लागि सम्पूर्ण भक्तजनहरुलाई सहभागी हुन मन्दिर व्यवस्थापन समितिले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्युको महिना दिन, प्रहरीको कहाँ पुग्यो अनुसन्धान ?

विराटनगर । सप्तरीको तिरहुद गाउँपालिका –४ का ५१ वर्षीया विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्यु भएको घटना एक महिना हुन लागेको छ । एक महिना पूरा हुन लाग्दा पनि प्रहरीले यादवको हत्या हो या आत्महत्या आधिकारीक...

कोशी प्रदेश सरकारको १०० दिनको उपलब्धी सार्वजानिक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रम गरी उनले आफूले सय दिनभित्र गरेका ६० काम सार्वजनिक गरेका...

विराटनगरको सेन्टर मलमा महा उत्सव, ६० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरस्थित सेन्टर मलले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर महा उत्सव योजना अन्तर्गत छुट योजना लिएर आएको छ । ‘अब जानु पर्देन पारी, जव विराटनगरमै छ छुट भारी’ नारा लिएर सेन्टर मलले...

खार्जीमा सिलाईकटाई तालिम सम्पन्न

विराटनगर, ७ मंसिर । विराटनगरस्थित खार्जी गाउँमा महिलाहरुका लागि सञ्चालन भएको सिलाई कटाई तालिम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा गत साउन २२ गतेबाट सुरु भएको तालिम सम्पन्न भएको हो ।...

आदर्श माध्यामिक विद्यालयलाई ७ वटा सिलाई मेशिन हस्तान्तरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित आदर्श माविलाई सिलाई मेशिन वितरण गरेको छ । विश्वकर्मा पूजाको अवसर पारेर क्लबले आर्थिक तथा सामुदायिक विकास अन्तर्गत रोटरी क्लब अफ डाउनटाउनले आदर्श विद्यालयमा ७ वटा सिलाई...

विराट गोल्डकप सुरु, पुलिसलाई हराउँदै भुटान क्वाटरफाइनलमा

विराटनगर । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विभागीय टिम नेपाल पुलिस क्बललाई ३–० गोलले हराउँदै विराटनगरमा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा आरटिएफसी क्वाटरफाइनलमा...

तीन दिनभित्र तेक्वान्दो खेलको प्रशिक्षक नियुक्त हुन्छ : सदस्य सचिव वाग्ले

विराटनगर । खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले आइटिएफ तेक्वान्दो खेलको प्रशिक्षक तीन दिन भित्रमा नियुक्त गर्ने बताएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता बोल्दै...

मनमोहनमा चेक चोरेर साढे दुई लाख झिकेको आरोपमा दुई विद्यार्थी पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयबाट चेक चोरी गरि लाखौ रुपैयाँ झिकेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज–६ सप्तरीका सुमित सागर यादव र टंकप्रसाद यादव छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्