टिभिएसको एक्सचेन्ज मेलामा दश लाख जित्ने पाण्डेलाई नगर परिक्रमा

 न्यूज विराट
टिभिएसको एक्सचेन्ज मेलामा दश लाख जित्ने पाण्डेलाई नगर परिक्रमा

विराटनगर । विराटनगर मुनाल पथ स्थित पन्जाबी पेट्रोल पम्प अगाडी भएको टिभिएसको ग्राण्ड एक्सचेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दश लाख नगद जितेका पाण्डेलाई नगर परिक्रमा गराएको छ । टिभिएसको मोटरसाइकलमा राखेर पाण्डेलाई नगर परिक्रमा गरिएको हो ।

टिभिएसको आधिकारिक विक्रेता केसरी चन्द भवरलाल पिपल चोक स्वरुमबाट सुरु भएको ¥यालीले नगरको विभिन्न भाग परिक्रमा गरी सोही ठाउँमा आएर सम्पन्न भएको थियो ।

टिभिएसको २ लाख ५६ हजार ९ सयको राई डर बाइक खरिद गर्दा पाण्डेले दश लाख नगद जितेका थिए । निष्पक्ष रूपमा गरिएको लक्की ड्र मार्फत टिभिएसको राई डर बाइक खरिद गर्दा मुरारी पाण्डेले दश लाख रुपैयाँ पुरस्कार जितेको म्यानेजर सन्तोष साहले जानकारी गराए । ‘टिभिएसले गर्ने यस्तो लक्की ड्र निष्पक्ष हुने गरेको छ,’ उनले भने, ‘उहाँले टिभिएसको मोटरसाइकल खरिद गरेपछि तानेको लक्की ड्र ले पुरस्कार जित्नुभएको हो ।’ बाहिर बजारमा आएको हल्लाको पछाडि नलाग्न उनले अनुरोध पनि गरेका छन् ।

टिभिएसको आधिकारिक विक्रेता केसरी चन्द भवरलाल पिपल चोक स्वरुमको आयोजनामा सुरु भएको मेलामा विभिन्न योजनाहरू लागु गरिएको थियो । जस १० लाख नगद सम्म जित्न सकिने छ । असोज ४ गतेबाट सुरु भएको मेलामा ३ हजार भन्दा बढी ग्राहकले अवलोकन गरेका थिए ।

मेलामा जुनसुकै कम्पनीका बाइक तथा स्कुटर समेत साट्न सकिने छ । जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटरको भ्यालु सडिएन ७ हजार थप गरिने म्यानेजर सन्तोष साहले जानकारी गराए ।

यस्तै नयाँ बाइक तथा स्कुटर खरिद गर्दा न्यूनतम २० प्रतिशत डाउन पेमेन्ट गर्न सकिने र न्यूनतम मासिक ४ हजार २७७ बुझाउन सकिने छ । साथै नयाँ बाइक तथा स्कुटरको खरिदमा हेलमेट, रेनकोट र बाइक कभर फ्रीमा उपलब्ध गराउने भएको छ । ग्राण्ड एक्स्न्जमा गोला प्रथामा हरेक दिन एक जनाले एउटा मोबाइल उपहार पनि पाउने गरेका छन् ।

सम्बन्धित समाचार

पानी परेपछि रोकियो नेपाल – भारतको खेल, कटायो नेपालले १७७ रन

विराटनगर । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १७७ रन पूरा गरेको छ । नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन जोडेको छ । सोमपाल कामी ३ र दीपेन्द्रसिंह ऐरी ३८ रनमा खेल्दैछन्...

कांग्रेस महाधिवेशन प्रभावित, क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन

कोरोना भाइरसको जोखिमका कारण नेपाली कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिका प्रभावित भएको छ।केन्द्रीय महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको थियो । यसअघि नै पार्टीका ठूला सभा–सम्मेलन नगर्ने...

सर्लाहीका पूर्वपश्चिम राजमार्ग प्रहरी अधिकृत विहीन

सर्लाही, माघ २१–पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको तीन इलाका प्रहरी कार्यलयमा प्रहरी निरीक्षक नहुँदा मुचुल्का हस्ताक्षरमा समस्या परेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी,हरिवन र जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरमा प्रहरी निरीक्षक नहुँदा सर्वसाधारणलाई समस्या परेको...

महामारीमा सुरक्षित व्यवसाय सञ्चालनसम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं, १ जेठ-राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) ले श्रमिक कामदारको कार्यस्थलमा अवलम्बन गर्नुपर्ने सुरक्षा र सुरक्षित उपाय सम्बन्धमा ‘कोभिड-१९ का लागि आधारभूत व्यावसायिक पूर्वतयारी एवं सञ्चालन’ नामक पुस्तक सार्वजनिक गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा...

थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटी भङ्ग, ३३ सदस्यीय तदर्थ समिति गठन

काठमाडौं, १३ साउन-सरकारले आर्थिक अनियमितता र निर्धारित समयमा अधिवेशन नगरेको सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीलाई भङ्ग गरी ३३ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावअनुसार सोमबार...

बढेका छैनन् कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २९ चैत-गत आइतबारदेखि नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप कोरोना संक्रमित नभेटिएको बताएको हो । कोरोनाबारेको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित...

सरकारले ल्याएका २ अध्यादेश खारेज गर्न राजपाको माग

सोमबार सरकारले पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएका २ अध्यादेश खारेज गर्नको लागि राष्ट्रिय जना पार्टी (राजपा) नेपालले माग गरेको छ । राजपाका संयोजक शरदसिंह भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । उनले...

विराटनगरको बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर सुचारू

विराटगगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर (प्रसूति सेवा) सुचारु भएको छ । मंगलबार एक समारोहका बीच बर्थिङ सेन्टरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । अब बैजनाथपुर अस्पतालबाटै प्रसूति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्