मापसेसँगै मोरङ ट्राफिक प्रहरीको लापसे अभियान पनि सुरु

 न्यूज विराट
मापसेसँगै मोरङ ट्राफिक प्रहरीको लापसे अभियान पनि सुरु

विराटनगर । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोसँग समन्वय गरेर ट्राफिक प्रहरीले प्रदेश १ मै पहिलोपटक विराटनगरबाट चेकजाँच सुरु गरेको हो ।

सार्वजनिक सवारीसाधनका चालक, सहचालक, परिचालकलाई लक्षित गरेर मंगलबारदेखि चेकजाँच सुरु गरिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।
चेकजाँचबाट सार्वजनिक सवारीका चालक, सहचालक तथा परिचालकले लागूऔषध सेवन गरे÷नगरेको पत्ता लाग्ने कार्कीले बताए । ट्राफिक प्रहरीले लामो समयदेखि मापसे (मादक पदार्थ सेवन) चेकजाँचलाई निरन्तरता दिँदै आएको छ । ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे÷नगरेको पत्ता लाग्छ ।
ट्राफिक प्रमुख कार्कीले मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालक निरुत्साहित हुँदै गएको बताए ।
तर मापसे छाडेर सवारीका चालक तथा सहचालक लापसेतिर लागेको सूचना आएपछि चेकजाँच अभियान सुरु गरिएको उनको भनाइ छ ।
‘चालकले लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्,’ कार्कीले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुका कारण एउटा यो पनि हुनसक्छ ।’
उनका अनुसार लागूऔषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ । एक प्रकारको विशेष किटको प्रयोग गरेर लागूऔषध सेवन सम्बन्धी चेकजाँच गर्ने गरिएको उनले बताए । यातायात क्षेत्रलाई लागूऔषधमुक्त बनाएर सुधार गर्दै लागू पदार्थ सेवनलाई निरुत्साहित गराउने उदेश्य रहेको जानकारी कार्कीले दिए । चेकजाँचलाई तीव्र पार्दै विस्तार गरेर लगिने उनको भनाइ छ ।
चेकजाँचका लागि आवश्यक पर्ने किट प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीको पहलमा प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको हो ।
किटमा मानिसको पिसाब मिसाएर चेकजाँच गर्दा लागूऔषध सेवन गरे÷नगरेको पत्ता लाग्ने प्रहरीले जनाएको छ । उनका अनुसार मानिसको पिसाबलाई किटमा मिसाएपछि रातो धर्का देखिन्छ । ‘एउटा मात्रै धर्का देखियो भने लागूऔषध सेवन गरेको यकिन हुन्छ। अर्थात रिपोर्ट पोजिटिभ आयो भन्ने बुझ्नुपर्छ,’ उनले भने, ’दुईवटा राता धर्का देखियो भने लागूऔषध सेवन गरेको छैन भन्ने प्रष्ट हुन्छ। त्यस्तो रिपोर्ट नेगेटिभ हो ।’
उनका अनुसार चेकजाँचबाट ४ दिनअघिसम्मको लागूऔषध सेवन पनि पत्ता लाग्छ ।

लागूऔषध सेवन गर्ने चालक पक्राउ

चेकजाँचका क्रममा चालकले लागूऔषध सेवन गरेर बस चलाउने गरेको पनि खुलेको छ । लागूऔषध सेवन गरेर चलाइएको मे १ ख ३०८९ नम्बरको बसका चालक सुनसरीको इटहरी घर भएका २३ वर्षीय शौरभ लाखेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार विराटनगरबाट धरानका लागि यात्रु लिएर छुटेको बसका चालक लाखेलाई विराटनगर बसपार्कनजिकबाट पक्राउ गरिएको हो ।
उनीविरुद्ध लागूऔषध सेवनमा मुद्दा चलाउने तयारी प्रहरीको छ । प्रहरीका अनुसार चेकजाँचबाट लाखेले लागूऔषध गाँजा र ब्राउन सुगर सेवन गरेको पत्ता लागेको छ ।

सम्बन्धित समाचार

विराट एक्स्पो २०७६ सुरु, अर्थमन्त्री खतिवडाले गरे उद्घाटन

विराटनगर, फागुन २–विराटनगरमा शुक्रबारदेखी विराट एक्स्पो (अन्तराष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी) सुरु भएको छ । एक्स्पोको केहीवेर अघि अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका हुन् । व्यापार मेलामा हेलिकोप्टरबाट विराटनगर अवलोकन, पाथीभरा दर्शन, हात्तीको सवारीलगायत विभिन्न...

विराटनगरमा शिक्षाका लागि संगीत कार्यक्रम सुरू

विराटनगर । मन्जिना मुभिज क्रीयसनको आयोजनामा शिक्षाका लागि संगीत कार्यक्रम सुरु भएको छ । हरेक बर्ष आयोजना गरिने लक्ष्यका साथ उक्त कार्यक्रम सुरु भएको हो । विराटनगरको सरस्वती माविमा शुक्रबार संगीतिक कार्यक्रम आयोजना गरी यो...

१ साताअघि भारतबाट आएका थिए आज कोरोना पुष्टि भएका कपिलवस्तुका ३ किशाेर

बुटवल, २७ वैशाख-आज कोरोना भाइरस संक्रमण पुष्टि भएका कपिलवस्तुका तिनै जना यसअघि संक्रमित भएकाहरूसँगै १ साताअघि भारतबाट आएको खुलेको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले यसअघि कोरोना संक्रमण देखिएका मायादेवी गाउँपालिकाका युवासँगै उनीहरू...

इण्डो नेपाल क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा होराइजनको विजय सुरूवात

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता विराटनगरको जुटमिट खेलमैदानमा सुरू रुपमा सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा घरेलु टिम विराटनगरको होराइजन क्रिकेट क्लबले पाहुना टोली प्रशान्त क्रिकेट क्लब...

सुत्केरी महिलाहरुलाई स्वास्थ्य सामाग्री र पोषिलो खानेकुरा

विराटनगर, ५ साउन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित कोशी अस्तालको प्रसुती गृहका सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुरा र स्वास्थ्य सामाग्री वितरण गरेको छ ।  शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको...

बाँकेमा क्वारेन्टाइनमै युवकको मृत्यु

बाँके, ४ जेठ-बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका १ युवकको ज्यान गएको छ । ३० वैशाखमा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै ज्यान गएको हो ।...

जेभिर्यस स्कुलले मनायो वार्षिक उत्सव र अभिभावक भेला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभिर्यस बोर्डिङ स्कुलले ९ औं वार्षिक उत्सव तथा अभिभावक भेला विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सव...

प्रदेश १ को मन्त्रीपरिषद विस्तारः साम्सुहाङ र तिवारीले लिए सपथ

विराटनगर, ११ भदौ । बिहिबार शपथग्रहणसँगै कार्यभार सम्हालेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा तेह्रथुमका सांसद लछुमन तिवारी र सामाजिक विकास मन्त्रीमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्