राशिफल

पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटलको पहिलो अडिसन सम्पन्न, दोस्रो अडिसन असोज १६ र १७ गते हुदै

 न्यूज विराट
पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटलको पहिलो अडिसन सम्पन्न, दोस्रो अडिसन असोज १६ र १७ गते हुदै

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल कोशीको पहिलो अडिसन सम्पन्न भएको छ । प्रतियोगिताको पहिलो अडिसन विराटनगरमा सम्पन्न भएको हो । पहिलो अडिसनमा ७० जना बालबालिकाहरूको सहभागिता रहेको थियो ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा यो प्रतियोगिता हुँदै आएको छ । जय मिडियाले बालबालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरेको यो प्रतियोगिता प्रदेश १ को सबैभन्दा ठुलो हो । विगत चार वर्षदेखि उक्त प्रतियोगिता हुँदै छ ।

दोस्रो अडिसन असोज १६ गते इनरुवा र इटहरीमा हुनेछ । असोज १७ गते धरान र विराटनगमरा हुनेछ सिइओ निशा खतिवडाले बताइन् । अडिसनमा सहभागिहरूको लागि आवेदन पनि खुल्ला गरिएको छ । अडिसन सकिएपछि छनौट भएका प्रतियोगहरूलाई दशै र तिहारको बिचमा प्रशिक्षण दिने जय मिडिया म्यानेजमेन्टका चियरमेन जय राज रायले जानकारी दिए । विजेताहरूले जनही ३०–३० हजार रुपैयाँको साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...