विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययनरत दिया अग्रवालले कक्षा १२ को परीक्षामा नेपाल प्रथम भइन् । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा लिएको परीक्षामा व्यवस्थापन सङ्कायमा नेपालमै उच्चतम अङ्क ३.९६ जिपिए ल्याएर अग्रवाल नेपाल प्रथम भएकी हुन् । देशभरीको उच्च माविलाई पछि पार्दै दिया नेपाल प्रथम भएपछि मेरील्याण्ड कलेजले विशेष सम्मान पनि गरिसकेको छ । संविधान दिवसको अवसर पारेर कलेजले भव्य कार्यक्रम आयोजना गरी नगद ५१ हजार रूपयाँ सहित विशेष सम्मान गरेको थियो । नेपाल प्रथम हुने हुने दियाको बुबा सुचित र आमा रीता अग्रवाल हुन् । १७ वर्षीय दियाले नेपाल प्रथमदिया अग्रवालले कक्षा १२ को परीक्षामा नेपाल प्रथम गरेपछि संविधान दिवसको अवसर पारेर कलेजले नगद ५१ हजार रूपयाँ सहित विशेष सम्मान गरेपछी उनीसँग गरिएको संक्षिप्त कुराकानी :
पहिलोपटक परीक्षाफल थाहा पाउँदा कस्तो महसूस भयो ? – परीक्षा दिएप्छि कक्षा १२ को परीक्षाफलको पर्खाइमा थिए । सोचेअनुरूप नै ३.९६ जिपिए आएको छ । अझ छात्रा त्यो पनि नेपाल प्रथम भएको थाहा पाएपछि निकै खुशी भएँ । नेपाल प्रथम भएको खबर मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल सरले फोन गरेर बधाइ दिनुभएपछि झन धेरै उत्साहित भए ।
यो सफलता कसरी प्राप्त भयो ? – सफलताका लागि सबैभन्दा पहिलो त अनुशासन तथा मेहनत नै हो । कलेजमा एकाग्र भएर अध्ययन गर्ने, गुरुहरूले पढाएको नबुझेमा तुरुन्तै सोध्ने गर्दा पनि यो सफलता प्राप्त भएको हो । त्यसमा कक्षा ११ देखि आफु पढने मेरिल्याण्ड कलेज र अभिभावकको सहयोग पनि थियो । मेरो सफलताको पछाडि आफ्नो मेहनतसँगै बुबाआमा र गुरुहरूको ठूलो हात छ ।
कसरी अध्ययन गर्दा यस्तो सफलता मिल्दो रहेछ ? – सबैभन्दा पहिला अध्ययनशील, लगनशील र अनुशासित हुन जरुरी छ । विद्यार्थीले सधैं कक्षामा शिक्षकले अध्यापन गराइरहेको बेला ध्यान दिनु जरुरी छ । विद्यार्थीको कितावलाई आफ्नो सबभन्दा ठूलो साझी मान्नुपर्छ । पढाइप्रति दिक्क मानेर उम्किने अवस्था होइन विद्यार्थीको, किनभने यतिबेला अलिकति संघर्ष गरेर भए पनि भविष्य उज्वल पार्न भविष्यमा नपछुताउने गरी आफ्नो उद्देश्यमा लगनशील हुनुपर्छ । विद्यार्थीको सबैभन्दा ठूलो गुण अनुशासन हो । अनुशासित विद्यार्थी कहिल्यै असफल हुनै सक्दैन । पढाएको विषयमा ध्यान दिने, नबुझेको कुरा शिक्षकलाई सोध्ने । त्यस्तो गर्न सकेमा सफता प्राप्त हुनेछ । आचकालका विद्यार्थीहरु परीक्षा आउने बेलामा मात्रै पढने बानी रहेको छ । त्यसो गर्नुभन्दा पनि दैनिक ३–४ घण्टा रुटीन बनाएर पढने गरेमा सफलता सजिलै प्राप्त गर्न सकिन्छ । यस्तै दैनिक ५ देखि १५ मिनेटसम्म योगा गरेमा दिमाग सधै स्वस्थ्य रहन्छ भन्ने मेरो भनाई छ ।
भविष्यको योजना के छ ? – व्यवस्थापन संकाय अध्ययन गरेको कारणले सिए बन्ने इच्छा रहेको छ । सिए पढेर देशको सेवा गर्ने मेरो इच्छा रहेको छ ।
नेपाल प्रथम गरेकी दिया अग्रवाललाई प्रदेश १ सामाजिक विकास मन्त्री राजन राइसहित कलेजका प्रिन्सिपल र शिक्षकहरूले पुरस्कार रकम हस्तान्तरण गर्दै ।
काठमाडौं, ९ असोज । नेपाली क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक डेभ वाटमोर भारतको बरोडा क्रिकेट एसोसियसनको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । यसै हप्ता ओमानमा भएको एकदिवसीय शृंखलापछि पारिवारिक कारण देखाउँदै उनले नेपाली राष्ट्रिय क्रिकेट...
विराटनगर, ३१ वैशाख । मोरङको सुनवर्षी नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता कायम गरेको छ । हालसम्म वडा नम्बर १ को ३६८ मतगणना हुदा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार यज्ञबादुर कार्कीले १५६ मत प्राप्त गर्दै झिनो मतले...
काठमाडौं, १६ भदौ-कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा ११ जनाको निधन भएको छ । २४ घण्टाको अवधिमा ४ वर्षीया बालिकासहित ११ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी...
विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी...
काठमाण्डौ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । बुधबार बसेको परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको बोर्ड अध्यक्ष महाश्रम शर्माले नेपाल प्रेसलाइ जानकारी दिए ।...
विराटनगर । विराटनगर – ५ मा रहेको किड्स भिलेज स्कुलमा ४७ जना नयाँ विद्यार्थीले अक्षरारम्भ गरेका छन् । स्कुल परिसरमा बुधबार बसन्तपञ्चमीको अवसर पारेर सो संख्यामा विद्यार्थीहरुले अक्षरारम्भ गरेका हुन् । बसन्तपञ्चमीमा किड्स भिलेज स्कुल...
विराटनगर, ३ जेठ । प्रदेश १ मा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । आइतबार रातिदेखि सोमबार विहानसम्म विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा एक, नोबेल शिक्षण अस्पतालमा पाँच र सुनसरीको धरानस्थित बीपी...