जीवन विकास गोल्डकप सुरू, उद्घाटन खेलामा पशुपति युवा क्लबको विजयी सुरूवात

 न्यूज विराट
जीवन विकास गोल्डकप सुरू, उद्घाटन खेलामा पशुपति युवा क्लबको विजयी सुरूवात

विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरू भएछ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरू भएको हो ।

उद्घाटन खेलमा पशुपति युवा क्लब दादरबैरियाले हातिबन्धा युवा क्लब भातीगन्जलाई ४– ० गोलले हराउँदै पशुपति सेमिफाइनलमा पुगेको हो । जितको लागि पशुपतिका विशाल सरदार, आषिश खवास, सिजन चौधरी र हरी खवासले गोल गरेका थिए ।

पहिला हाफदेखि दबावमा राखेको पशुपतिका बिशाल सरदारले खेल सुरू भएको २८ औं मिनेट गोल गरी सुरूवाती अग्रता बनाएका थिए । पशुपतिका आशिषले ४७, सिजनले ५५ र हरीले ५६ औं मिनेटमा गोल गरी टिमको जित सुनिश्चत गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच पशुपतिका सिजन सिंह खवास घोषित भए । उनले १ हजार पाँच सय रुपैयाँ पाए ।
आइतबारको खेल रानी युवा क्लब विराटनगर र लक्ष्मी युवा स्पोर्टिङ्ग क्लब जहदा बीच हुनेछ ।

असोज ८ देखि १५ गतेसम्म संचालन हुने गोल्डकपमा ८ वटा टिमको सहभागि रहेको रहेको लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबका अध्यक्ष श्रवण कुमार राजवंशीले जानकारी दिए । प्रतियोगिताको बिजेताले नगद ७५ हजार र उपबिजेताले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

उद्घाटन खेलको प्रमुख अतिथि जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साह रहेका थिए । कार्यक्रममा जीवन विकासका अध्यक्ष योगेन्द्र मण्डलले खेलकुद र शिक्षाबाट जीवन विकासको उत्पती भएको जानकारी गराउँदै खेलक्षेत्रको विकास गर्ने उद्देश्यले मुख्य प्रयोजक भएर खेलकुद गराएको बताए ।

सम्बन्धित समाचार

आगामी एपिसोडदेखि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुदै

काठमाडौं, १६ कात्तिक । कलाकार जितु नेपालले निर्माण निर्देशन र सञ्चालन गर्दै आएको हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । आगामी साताको एपिसोडसँगै उक्त सो बन्द हुन लागेको हो । कार्यक्रममा...

औषधी व्यवसायीद्धारा कारवाहीको माग राख्दै मेयर कोइरालालाई बुझाए ज्ञापनपत्र

विराटनगर । विराटनगरको कोशी अस्पताल अगाडी रहेको स्नेहा फार्मेसीमा औषधि ब्यवसायी तथा जनता समाजबादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादबलाई आक्रमण गर्ने नगर प्रहरीलाई कारवाहीको माग राख्दै नेपाल औषधि ब्यबसायी सघं मोरङले कारवाहीको माग राखेको छ...

नक्सा जारी गर्न प्रचण्ड–माधव नेपालको भुमिका महत्वपूर्णः मण्डल

विराटनगर, साउन १९–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले भारतले अतिक्रमण गरेको लिपुलेक–लिम्पियाधुरासहितको भुभाग समेटेर नक्सा जारी गर्न अन्य नेताहरुको पनि महत्वपूर्ण भुमिका रहेको बताएका छन् । प्रचण्ड पक्षिय नेताका रुपमा...

ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गाडीमा आक्रमणको प्रयास

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा आक्रमणको प्रयास भएको छ। सोमबार विभिन्न कार्यक्रममा सहभागी हुन ओखलढुङ्गा पुगेका मुख्यमन्त्री कार्कीमाथि प्रदेशको नाम कोशीको विरोधमा आन्दोलन गरिरहेका असन्तुट पक्षले आक्रमणको प्रयास गरेका हुन । स्थानीयबासीका...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकका लागि आज एउटा मात्रै एजेन्डा राखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी...

थप ७१० जनामा कोरोना पुष्टि, ११७५ डिस्चार्ज

काठमाडौं, ४ पुस-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ७१० जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७८० नमुना पीसीबर विधिबाट परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको हो...

अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाल दोस्रो

विराटनगर । अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाली खेलाडी दोस्रो भएको छ । भारतको हिमान्चल प्रदेशमा हालै सम्पन्न भएको अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाली खेलाडीहरुले ५ स्वर्ण, ३ रजत र १ कास्य पदक जितेर द्धितीय भएको...

एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु

विराटनगर, २२ फागुन । सुनसरी दुहबी नगरपालिका ८ बस्ने ६५ बर्षीया जगबती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । मंगलबार साँझ ६ बजे सोनापुर चौक स्थित कोशी राजमार्गमा प्रदेश १-०२-००२च३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्