२५ भन्दा बढी स्वादको चिया पाइने ‘चिया वालाज्’ क्याफे विराटनगरमा

 न्यूज विराट
२५ भन्दा बढी स्वादको चिया पाइने ‘चिया वालाज्’ क्याफे विराटनगरमा

विराटनगर । चिया पारखीहरूको लागि विराटनगरमा २५ बढी स्वादमा चिया पस्किने चिया वालाज् फेमिली क्याफे सञ्चालनमा आएको छ । नयाँ अवधारणका साथ विराटनगर ९ भानु टोलको कलेज रोडमा क्याफे सञ्चालनमा ल्याइएको हो ।

क्याफेमा साधारण चियाका साथै केशर चिया, म्याङ्गो टी, पामोग्रनेट टी, कोकोनट टी र कर्डिमोम टी लगायतको २५ भन्दा बढी भेराईटी र स्वादमा चिया उपलब्ध हुने सञ्चालक युसुफ रजा खानले जानकारी दिए क्याफेमा उपलब्ध हुने चियाको मूल्य न्यूनतम २० देखी अधिकतम ७५ रुपैयाँ राखिएको छ ।
यसका साथै नेपाली, इन्डियन र चाइनिज परिकारका भेज तथा ननभेज स्न्याक्सहरु समेत क्याफेमा उपलब्ध रहेको छ । विद्यार्थी, कर्मचारी र परिवार सँग चिया–नास्ता खान आउने व्यक्तिहरूलाई लक्षित गरेर क्याफे सञ्चालनमा ल्याइएको हो । क्याफेमा मदिराको विक्री वितरण नगरिने खानले जानकारी दिए । सुरुमा १० लाखको लगानी गरिए पनि क्रमिक रूपमा लगानी थप गर्दै जाने सञ्चालकले बताएका छन् ।

क्याफेमा कुक,वेटर र म्यानेजरगरि १० जनाले रोजगार पाएका छन् । क्याफे निर्माणका लागि फलामको प्रयोगगरि कुशल ईन्जीनियरिङबाट आकर्षक संरचना निर्माण गरिएको छ ।

सम्बन्धित समाचार

असन्तुष्टको सहमतिविना देउवाले गरे ७ विभागीय प्रमुख नियुक्त

काठमाडौं, फागुन १९–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट नेताहरूको सहमतिविना नै पार्टीका ७ केन्द्रीय सदस्यलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका छन् । सभापति देउवाले विभाग गठनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहमति लिन खोजे पनि...

कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

विराटनगर, १५ असोज–कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ का छुट्छा छुट्टै स्थानमा थप तीन जनाको मृत्यु भएको छ । मोरङको उर्लाबारीमा बिहिबार बिहान एक बृद्धा, र बुधबार राती मोरङ कारागारका एक कैदी र इटहरी उपमहानगरपालिकाका एक...

प्रतिपक्षका सबै खर्च कटौती प्रस्ताव अस्वीकृत

काठमाडौं, २८ जेठ-प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा प्रतिपक्ष दलका सदस्यद्वारा प्रस्तुत २६ वटै खर्च कटौतीसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले ती प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत गरेकामा सदनको बहुमतले अस्वीकृत...

कोशी कोभिडलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने

विराटनगर, असार १–प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला...

लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध संघर्ष गर्ने नेकपाको घोषणा

काठमाडौं, २८ वैशाख-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपालको भूमि लिपुलेकमाथि हस्तक्षेप गर्दै भारत सरकारले सडक निर्माण गरेपछि त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष सुरु गर्ने बताएको छ । पार्टी केन्द्रीय समितिका तर्फबाट पार्टी सचिवालय...

एमाले बैठक- १० बुँदे सहमति अनुमोदन, कार्यदल भंग

एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गरेको छ ।शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति ग्रहणसहित कार्यदललाई धन्यवाद दिँदै कार्यदल...

माओवादीको निष्कर्ष, ओली नेतृत्वको सरकारले गर्दा प्रतिगामी शक्तिलाई बल पुग्यो

काठमाडौँ । केपी ओली नेतृत्वको गठबन्धन सरकारको नालायकीले गर्दा प्रतिगामी शक्ति आशावादी भएको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले निष्कर्ष निकालेको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले ओली सरकारको जनविरोधी गतिविधिले प्रतिगामी...

जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको कोरोनाबाट मृत्यु

काठमाडाैं, १६ साउन-नारायणी अस्पताल वीरगञ्जमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । बिहीबार २ जनाको कोोनाको कारण मृत्यु भएकोमा शुक्रबार फेरी अर्को १ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।  शुक्रबार मृत्यु हुने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्