युवा समाजसेवी राहुल भट्टराईद्वारा विद्यार्थीलाई ब्याग वितरण

 न्यूज विराट
युवा समाजसेवी राहुल भट्टराईद्वारा विद्यार्थीलाई ब्याग वितरण

विराटनगर । विराटनगरका युवा समाजसेवी राहुल भट्टराईले मोरङको ग्रामीण क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ब्याग वितरण गरेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत १ सय ५० जना विद्यार्थीहरूलाई भट्टराईले ब्याग वितरण गरेका हुन् । संविधान दिवसको अवसर पारेर विद्यार्थीहरूलाई सोमबार स्कुल परिसरमा विद्यार्थीहरूलाई पाठ्यक्रम राख्ने ब्याग वितरण गरिएको हो ।

विद्यार्थीहरूलाई समाजसेवी भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्की, विद्यालयका प्रधानाध्यापक चन्द्र मगर, व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराइली लगायतले ब्याग वितरण गरेका थिए ।
कक्षा पाँच सम्म पठनपाठन हुने यो विद्यालयमा कानेपोखरी गाउँपालिका भित्रका आर्थिक विपन्न परिवारका विद्यार्थीहरू अध्ययन गर्दछन् ।

पछिल्लो समय कानेपोखरी गाउँपालिका भित्रमा सरस्वती आधारभूत विद्यालय नमुना विद्यालयको रूपमा विकास हुँदै आएको छ । अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा सुरू भयो तेस्रो नेवा : महोत्सव (फोटो फिचर)

विराटनगर । विराटनगरमा तेस्रो नेवा : महोत्सव तथा पर्यटन हाट सुरू भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव शुक्रबारबाट सुरू भएको हो...

रेडक्रसको तदर्थ समितिद्वारा पदवहाली

काठमाडौं, १८ साउन-नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । यही १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले रेडक्रसको तत्कालीन कार्यसमिति विघटन गरी डा. नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय...

संशोधन विधेयकमा कुनै पनि दलले विरोध नजनाएपछि संसदमा छलफलका लागि बाटो खुल्ला

काठमाडौं, १८ जेठ-संविधान दोस्रो संशोधन विधेयकमा कुनै पनि दलले विरोध नजनाएपछि संसदमा छलफलका लागि बाटो खुल्ला भएको छ । सभामुख अग्नि साप्कोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पेस गरेको नेपालको संविधानको दोस्रो...

जिल्ला बचत तथा ऋण सहकारीमा निर्वाचन, ६ सदस्य पदको लागि १४ जनाको उम्मेदवारी

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको पदाधिकारी सर्वसम्मत रूपमा चयन भएपनि संचालक समितिको खुल्ला सदस्यहरूमा भने निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको हो...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं, जेठ १५-नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना-६ स्थित तुइनखोला पुलमा २ सवारी साधन एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । आज बिहान करिब ७ बजे नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौंबाट...

भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ जिल्ला पूर्ण सिल

कोरोना भाइरस (कोभिड- १९) संक्रमण फैलिन नदिन भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ वटा जिल्लालाई पूर्ण रूपमा सिल गरिएको छ । मानिसको आवतजावत रोक्ने भारतसँग सीमा जोडिएका जिल्लाहरूलाई पूर्ण रूपमा सिल गरिएको हो ।...

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण थप

पोखरा, २० जेठ-गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित स्याङ्जा र पर्वत जिल्लामा हुन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोही नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, ३२, ४० बर्षका ४...

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने गठबन्धन दलले निर्णाय गरेको छ । गठबन्धन दल माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए । मुख्यमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्