आर्या न्यूरोमा सात वर्षीय बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

 न्यूज विराट
आर्या न्यूरोमा सात वर्षीय बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

विराटनगर । विराटनगर – ३ कंञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा सात वर्षीय बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । संखुवासभाको सावापोखरी गाउँपालिका १ लेबराङ घर भएकी सपना जोगीको ब्रेन ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया भएको हो ।

अस्पतालका कन्सल्ट्यान्ट वरिष्ठ न्युरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकज राज नेपालको टीमले बालिकाको मस्तिष्कमा रहेको ६ सेन्टिमिटर ट्युमरको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । हिडडुल र राम्रोसँग बोल्न नसकेर सपना ओछ्यानमा थला परेकी थिइन् । साउनको अन्तिम तिर संखुवासभाबाट आमा जानुका जोगीले छोरी सपनालाई लिएर विराटनगरको हस्पिटल आएकी थिइन् । उनले छोरीलाई विराटनगरको एक प्रख्यात हस्पिटलमा लगिन । त्यहाँ उपचार नहुने बताएपछि आफन्तको सहयोगमा जानुकाले छोरीलाई आर्या न्यूरो हस्पिटलमा १ भदौमा लिएर आइन् । ‘आर्या न्यूरो हस्पिटलको चिकित्सकलाई देखाएपछि डा. पंकज राज नेपालले छोरीलाई सकभर बचाउने प्रयास गर्छु भन्नुभयो । त्यसपछि भदौको पहिलो साता छोरोको शल्यक्रिया भयो । शल्यक्रियापछि अहिले छोरी राम्रोसँग हिडडुल गर्न सक्ने भएकी छिन्,’ आइतबार डिस्चार्ज भएपछि घर जाने तयारीमा रहेकी जानुकाले भनिन्, ‘छोरीले नयाँ जीवन पाएकी छिन् । अरु हस्पिटलले माया मारेर घर पढाएको छोरीले पुनः जन्म पाएकी छिन् ।’ छोरीको उपचारमा खटेर जीवन बचाइदिने चिकित्सकप्रति उनी कृतज्ञ छिन् ।

आर्या न्यूरोमा सात वर्षीय बालिकाको सफल उपचार भएपछि छारीको साथमा आमा जानुका जोगी ।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. नेपालले बच्चामा हुने ब्रेन ट्युमरको आठ घण्टा लगाएर सफल उपचार गरेको बताए । ‘बच्चाको मतिष्कमा ठूलो ट्युमर रहेको थियो । जसले पानी बल्क पनि गरेको थियो । जसले गर्दा आँखा नदेख्ने, चक्कर लाग्ने, हिडडुल गर्न नसक्ने खालको लक्ष्ण देखा परेको थियो । ट्युमरले ब्रेनलाई थिचेको कारणले यस्तो समस्या भएको थियो ,’ उनले भने, ‘शल्यक्रिया गरेपछि ६ सेन्टिमिटर ठुलो ट्युमर निकालेका छौं । अहिले बच्चाको स्वास्थ्य अवस्था सुधार भएकाले डिस्चार्ज दिएका छौं ।’
आर्थिक अवस्था नाजुक रहेको जोगी परिवारले उपचारपछि भएको खर्च पूर्ण रुपले भुक्तानी गर्न नसकेर पिर मानिरहेको अवस्थमा हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष सौलियत दिएर बच्चालाई घर पढाएको अस्पतालका निर्देशक दिनेश ठाकुरले बताए ।

स्थापनाको छोटो समयमा आर्या न्युरो अस्पतालले दर्जन बढी जटिल प्रकृतिका बिरामीको सफल उपचार गरेको छ । जसको कराणले आर्या न्यूरो हस्पिटल विरामीहरुका लागि भरोसाको केन्द्रको रुपमा स्थापित हुदै गएको छ । उपचार सम्भव नभएको भन्दै अन्य अस्पतालले हात उठाईसकेको अवस्थामा आर्याले उनीहरुलाई नयाँ जीवन प्रदान गरेको हो ।

सम्बन्धित समाचार

भारतमा एकै दिनमा संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै

एजेन्सी, ६ असोज-भारतमा एकै दिनमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरूको संख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले बिरामी संक्रमणमुक्त भएका छन् । केन्द्रीय...

शुक्रबारबाट ‘प्याब्सन विराट कप’, पहिलो खेल डनबस्को र सनसाईनबीच प्रतिस्पर्धा

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट शुक्रबारबाट सुरू हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो । प्रतियोगिताको...

गुरुङ राष्ट्रिय परिषद विराटनगरको अध्यक्षमा कविमान, प्रचार सचिवमा भली

विराटनगर । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरको अध्यक्षमा कविमान गुरूङ चयन भएका छन् । विराटनगरमा आइतबार भएको भेलाबाट कविमानलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।कमिटिको वरिष्ठ उपाध्यक्षमा विश्व...

सरकारविरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना

विराटनगर, जेठ २९–कोरोना भाईरस महामारीको जोखिम न्यूनिकरण गर्न नेपाल सरकारले खर्च गरेको १० अर्व कहाँ गयो भन्दै विराटनगरका युवाहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका छन् । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा विभिन्न संघसंस्थामा...

बाल संसारको दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगर ५ मा रहेकोे बाल संसार बोर्डिङ स्कुलले आज दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । गुरुकुल नाटकघरमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि ५ सम्मका विद्यार्थीले नृत्य, कथा तथा विभिन्न खेल कौशलहरु प्रस्तुत...

अन्तर्राष्ट्रिय शृंखला: कतारविरुद्धको अन्तिम टी-२० आज

काठमाडौं । एक खेल अगावै शृंखलाल आफ्नो पक्षमा पारेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बिहीबार टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल खेल्दै छ । नेपाली समयअनुसार दिउँसो ३: ४५ बजे कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय...

१० राउण्ड हवाई फायर, ५ राउण्ड गोली, १ को मृत्यु, ३ घाइते

जनकपुरधाम, ३० जेठ-सर्लाहीमा सशस्त्र प्रहरीले चलाएको गोलीबाट १ जनाको मृत्यु भएको छ भने ३ जना भारतीय नागरिक घाइते भएका छन् । सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा भारतीय समूहले शुक्रबार बिहान सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण...

बाबुराम भट्टराईको नयाँ पुस्तक बजारमा

काठमाडौं, २५ मंसिर-पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नयाँ पुस्तक 'अर्थ-राजनीतिक विमर्श' प्रकाशित भएको छ । पुस्तकमा भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ, जसमा राजनीतिक 'वाद'देखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरू समेटिएका छन्  । पुस्तकका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्