धरानमा वृद्धा महिलाको सुन लुटेर हत्या

 न्यूज विराट
धरानमा वृद्धा महिलाको सुन लुटेर हत्या

विराटनगर । सुन र नगद लुटेर सुनसरीको धरान उपमहानगरपालिका – २० स्थित टोकेमा एक वृद्ध महिलाको हत्या गरिएको छ । लुटेराको समूहले स्थानीय ६५ वर्षीय पूर्णिामाया राईको सुन र नगद लुटेर हत्या गरिएको अवस्थामा आज दिउँसो शव फेला परेको हो ।

पूर्णिमाया एक्लै घरमा एक्लै बस्दै आएकी थिइन् । उनको शव मृत अवस्था घरमा फेला परेको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । ‘प्रारम्भिक अनुसन्धानबाट वृद्ध महिलालाई हत्या गरेको देखिएको छ,’ एसपी ढकालले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’ घटनास्थलमा तालिमप्राप्त कुकुरलाई पनि लगेर अनुसन्धान सुरु भएको छ । अहिले घटनास्थलमा सुनसरी प्रहरी प्रमुख एसपी ढकाल स्वयम पुगेर घटनाको अनुसन्धान सुरु गरेका छन् ।

वृद्धा महिला एकै बस्ने गरेकोमा लुटेराहरूको समूहले सुन र नगद लुटेर हत्या गरिएको प्रहरीले जनाएको छ । हत्या गरिएकी महिला घरमा एक्लै बस्ने गरेको र घाँटीमा र कानमा सुनका गहना लगाउने गरेका कारण लुटेराहरूले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । वृद्धा महिलाको चार छोरी र एक छोरा रहेका छन् । छोरीहरूको विवाह भएर गएको र छोरा पोखरामा बस्दै आएका छन् । श्रीमान् दुई वर्ष अगाडी मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

२४ घण्टामा कोरोना संक्रमण देखिनेभन्दा डिस्चार्ज हुने बढी

काठमाडौं, २२ असार-पछिल्लो २४ घण्टाको अवधिमा थपिएका संक्रमितभन्दा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या बढी छ । सोमबार नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ  भने  सय ६४ जना संक्रमित निको...

आज लक्ष्मीपूजा, कुकुर तिहार पनि आजै

काठमाडौं, २९ कात्तिक-यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका...

मिक्लाजुङका शिक्षक हत्याका आरोपी विप्लव समुहका मोरङ इन्चार्ज पक्राउ

विराटनगर, ८ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इन्चार्ज पक्राउ परेका छन् । ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विक हतियारसहित पक्राउ परेका हुन् । उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट प्रहरीले पक्राउ...

गृहमन्त्रीमा बादल पुन: नियुक्त

नेकपा एमालेका नेता रामबहादुर थापा बादल गृहमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बादललाई गृहमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएसँगै बादल गृहमन्त्रीबाट पनि स्वत: पदमुक्त भएका थिए...

लक्षण पटक्कै नदेखिएका व्यक्तिबाट पनि सर्न सक्छ कोरोना : विज्ञ

काठमाडौं, ५ वैशाख-लक्षण नै देखिएको व्यक्तिबाट पनि कोरोना भाइरस सर्न सक्ने विज्ञले बताएका छन् । स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मलेनमा फोक्सो रोग तथा आइसियू विशेषज्ञ डा. अर्जुन कार्कीले कोरोना भाइरसको लक्षण नदिखिएको व्यक्तिबाट पनि सर्न सक्ने...

नेकपा (एमाले) सुनवर्षी नगर कमिटी अध्यक्षमा विष्णु कँडेल चयन, ७५ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन

विराटनगर । नेकपा (एमाले) सुनवर्षी नगर कमिटीको अध्यक्षमा युवा नेता विष्णु कँडेल चयन भएका छन् । नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले स्थानीयस्तरमा लोकप्रीय युवा नेता कँडेललाई अध्यक्षमा चयन गर्दै ७५...

सांसदलाई अर्थमन्त्रीको जवाफ : वर्षैपिच्छे ‘पार्टी’को सिद्धान्त फेरेर बजेट ल्याइँदैन

काठमाडौं, २९ वैशाख-अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बदलिदो विश्व परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकता निर्धारण गरेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र...

माछापुच्छ्रे सहकारी घोटला प्रकरण, सहकारीका अध्यक्ष अमलेश कर्ण जेल चलान

विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्णलाई पुर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले कर्णलाई आज थुनामा राख्ने आदेश दिएका हुन् । अदालतको आदेशपछि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्